शिक्षकको पेसागत विकासको अवधारणा र यसका सम्बद्ध पक्ष

Authors

  • शिव प्रसाद तिमल्सेना

DOI:

https://doi.org/10.3126/ire.v5i1-2.34747

Abstract

शिक्षकको पेसागत विकास भनेको शिक्षकलाई पेसाप्रति कर्तव्यनिष्ठ, अद्यावधिक र कार्यकुशल बनाउने प्रव्रिmया हो । शिक्षण सिकाइको सम्पूर्ण नेतृत्व शिक्षककै हातमा रहेको हुन्छ । शिक्षककै पूर्वतयारी र सक्षमताले शिक्षण सिकाइका कार्यहरू प्रभावकारी र परिणाममुखी हुन सक्छन् । पेसागत रूपमा सिर्जनशील, दक्ष, उत्प्रेरित र समसामयिक परिवर्तनसँग परिचित शिक्षकले सिकारुलाई मात्र होइन, विद्यालय, समाज, समुदाय र राष्ट्रलाई नै मार्गदर्शन गर्न सक्छ । तसर्थ सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तनको नेतृत्व गर्ने शिक्षकको पेसागत विकास हुनु अत्यावश्यक छ । तर वर्तमान सन्दर्भमा शिक्षकका पेसागत विकास कार्य सन्तोषजनक रूपमा भएका छैनन् नै, यसको सैद्धान्तिक अवधारणाका बारेमा पनि अस्पष्टताहरू रहेका देखिन्छन् । यसै सन्दर्भमा शिक्षकको पेसागत विकासको अवधारणा र यसका सम्बद्ध पक्ष शीर्षकको लेख तयार गरिएको छ । गुणात्मक ढाँचामा संरचित गरिएको यस लेखमा पुस्तकालय पद्धतिबाट तथ्याङ्क सङ्कलन गरी शिक्षकको पेसागत विकाससँग सम्बन्धित सैद्धान्तिक पक्षको चर्चा, त्यसको आवश्यकता, उपादेयता, तालिमसँगको सम्बन्ध, पेसागत विकासका विविध पक्ष तथा तिनको कार्यान्वयन र मूल्याङ्कनका उपायहरूलाई प्रस्ट्याउँदै निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
1196
PDF
2285

Downloads

Published

2021-02-05

How to Cite

तिमल्सेना श. प. (2021). शिक्षकको पेसागत विकासको अवधारणा र यसका सम्बद्ध पक्ष. Interdisciplinary Research in Education, 5(1-2), 169–186. https://doi.org/10.3126/ire.v5i1-2.34747

Issue

Section

Articles