'ओक्कल दोक्कल पिपलपात' कवितासङ्ग्रहमा प्रतीकविधान
DOI:
https://doi.org/10.3126/ire.v5i1-2.34746Abstract
‘ओक्कल दोक्कल पिपलपात’ कवितासङ्ग्रहमा उपयोग गरिएका प्रतीक पहिचान गरी तिनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत लेख वर्णनात्मक विधिमा आधारित छ । पुस्तकालीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी कतिमा प्रयुक्त प्रतीकको पहिचान एवम् विश्लेषण गरिएको छ । प्रतीकका विविध पक्षमध्ये प्राणीजन्य, स्थानजन्य, वस्तुजन्य तथा परिवेशजन्य प्रतीक पहिचान गरी सोहीअनुसार विश्लेषण गरिएको छ । कवितासङ्ग्रहमा रहेका समग्र प्रतीकमध्ये ९५ ओटा प्रतीक पहिचान गरिएको छ । सङ्कलित प्रतीकमध्ये २५ ओटा प्राणीजन्य, १२ ओटा स्थानजन्य, ३४ ओटा वस्तुजन्य तथा २४ ओटा परिवेशजन्य प्रतीकका रूपमा निरूपण गरिएको छ । सबैभन्दा बढी वस्तुजन्य प्रतीक उपयोगमा आएकाले स्रस्टा उक्त प्रतीकमा विशेष केन्द्रित रहेको देखिन्छ । स्वतन्त्र शब्द मात्र पनि प्रतीक हुने भए पनि यस कवितासङ्ग्रहमा पदावलीकै रूपमा मात्र प्रतीकको प्रयोग भएको देखिन्छ । समस्या तथा चुनौती प्रस्तुत गर्नका लागि स्थानजन्य प्रतीकको बढी उपयोग गरिएको छ भने विसङ्गति तथा अन्याय एवम् गतिहीनता प्रस्तुत गर्न वस्तुजन्य प्रतीकको अधिक प्रयोग गरिएको छ । त्यस्तै, स्वतन्त्रता, काल्पनिकता तथा खुसी प्रस्तुत गर्नका निम्ति परिवेशजन्य प्रतीकको उपयोग गरिएको छ । सुख तथा दुःखका सन्दर्भहरूमा प्राणीजन्य प्रतीकको प्रयोग गरिएको छ । कवितासङ्ग्रहमा रहेका विभिन्न प्रतीकमध्ये अधिकांश पर्यावरणसँग सम्बद्ध छन् । प्रतीक चयनको स्रोत मूलतः पर्यावरण भएको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ । तसर्थ विश्लेषित कृतिमा प्रयुक्त प्रतीकका माध्यमबाट पर्यावरणीय सन्दर्भ र साहित्यबिच अभेद्य सम्बन्ध रहेको समेत प्रस्ट हुन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.