माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य

Authors

Keywords:

भाषिक प्रकार्य, न्यायिक निर्णय र मूल्याङ्कन, तार्किक खोज र प्रदर्शन, तर्क, कार्यढाँचाको निर्णय, व्यक्तिगत संवेग र भावनात्मक सम्बन्ध

Abstract

प्रस्तुत लेख माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्यको अध्ययनमा आधारित छ। यस लेखको मुख्य उद्देश्य माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्यको अध्ययन विश्लेषण गर्नु रहेको छ। यस अध्ययनमा गुणात्मक अनुसन्धान ढाँचाअन्तर्गत वर्णनात्मक/विश्लेषण विधिको अनुप्रयोग गरिएको छ। पुस्तकालयीय अध्ययनमा आधारित यस अध्ययनमा माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषामा समाविष्ट भाषिक प्रकार्यलाई प्राथमिक स्रोत सामग्रीका रूपमा लिइएको छ। प्राथमिक स्रोतगत तथ्यलाई विश्लेषण गर्न प्रकार्यात्मक सम्प्रेषणात्मक अवधारणा तथा सिद्धान्तलाई उपयोग गरिएको छ। माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषा पाठ्यक्रमअन्तर्गत कक्षा ९ नेपाली भाषा पाठ्यक्रमका प्रत्येक विधा/क्षेत्रमा समाविष्ट १६ वटा र कक्षा १० को नेपाली भाषा पाठ्यक्रमका प्रत्येक विधा/क्षेत्रमा समाविष्ट १७ वटा भाषिक प्रकार्यहरूलाई विल्किन्स (१९७६) द्वारा उल्लिखित न्यायिक निर्णय र मूल्याङ्कन, कार्य ढाँचाको निर्णय, तर्क, तार्किक खोज र प्रदर्शन, वैयक्तिक संवेग र भावनात्मक सम्बन्ध जस्ता सम्प्रेषणात्मक प्रकार्यलाई प्रतिमानका रूपमा लिई विश्लेषण गरिएको छ। भाषिक प्रकार्यलाई विश्लेषण गर्दा माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा न्यायिक निर्णय र मूल्याङ्कनअन्तर्गत दुई वटा, कार्यढाँचाको निर्णयअन्तर्गत दुई वटा, तर्कअन्तर्गत पाँच वटा, तार्किक खोज र प्रदर्शनअन्तर्गत नौ वटा, वैयक्तिक संवेगअन्तर्गत पाँच वटा र संवेगात्मक सम्बन्धअन्तर्गत छ वटा भाषिक प्रकार्य प्रयोग गरिएको पाइयो। यी भाषिक प्रकार्यहरूको उपयुक्त र प्रभावकारी शिक्षणपश्चात् माध्यमिक तह (कक्षा ९ र १०) मा अध्ययनरत विद्यार्थीहरूमा भाषिक प्रकार्यात्मक क्षमताको विकास हुने निष्कर्ष निकालिएको छ।

Abstract
1
PDF
0

Downloads

Published

2026-07-17

How to Cite

Shahi, K. B., & Bhusal, K. . (2026). माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य. Interdisciplinary Research in Education, 11(1), 89-106. https://doi.org/10.3126/ire.v11i1.96707

Issue

Section

Articles

How to Cite

Shahi, K. B., & Bhusal, K. . (2026). माध्यमिक तह (कक्षा ९ र १०) को नेपाली भाषापाठ्यक्रममा समाविष्ट भाषिक प्रकार्य. Interdisciplinary Research in Education, 11(1), 89-106. https://doi.org/10.3126/ire.v11i1.96707