बहुभाषिक परिवेशमा भाषानीतिको प्रभावकारी कार्यान्वयन: चुनौती र रणनीति {Effective Implementation of Language Policy in a Multilingual Context: Challenges and Strategies}

Authors

DOI:

https://doi.org/10.3126/ire.v10i1.86759

Keywords:

बहुभाषिक परिवेश, सन्दर्भसापेक्ष, संस्कार, समावेशिता, सहकार्य

Abstract

स्थानीय भेषभूषा, संस्कार, संस्कृति, रितिरिवाज र चालचलन जोगाई भाषिक विविधताको संरक्षण र सम्बर्धन गरी देशको स्वाभिमान जोगाउनु राज्यको कर्तव्य हो । प्रस्तुत लेख बहुभाषिक परिवेशमा भाषानीतिको कार्यान्वयनमा देखिने चुनौती र समाधानका उपायहरूसँग सम्बन्धित छ । बहुभाषिक परिवेशका भाषानीतिगत प्रावधानहरू पहिचान गरी नेपालको सन्दर्भमा भाषानीति कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरूको खोजी गर्नु यस लेखको प्रमुख उद्देश्य हो । यस लेख गुणात्मक विधिको तुलनात्मक र समीक्षात्मक कार्यमा आधारित छ । यस अध्ययनमा विभिन्न देशहरूका बहुभाषिक भाषानीति कार्यान्वयनका अभ्यासहरू केलाई चुनौतीको पहिचान र समाधानका उपायको खोजी गरिएको छ । सन्दर्भसापेक्ष भाषानीति, सहभागीमूलक वातावरण र आवश्यक स्रोत उपलब्ध गराउन सकेमा बहुभाषिक परिवेशको भाषानीति कार्यान्वयनमा सहजता भई सामाजिक समावेशिता, शैक्षिक गुणस्तर र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन सकिन्छ । आर्थिक स्रोत जुटाउनका लागि सरकारी र गैरसरकारी स्तरका राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाको सहकार्यका साथै स्वयंसेवकको श्रमदान र स्थानीयको साथ सहयोगमा कम खर्चमा भाषिक नीतिलाई कार्यान्वयन गर्न सक्ने निष्कर्ष निकालिएको छ । अत: बहुभाषिक परिवेशको भाषिक नीति कार्यान्वयनका लागि सबै भाषा र जाति केन्द्रित संस्कृति, भेषभूषा, चाडपर्व जस्ता बहुज्ञान आदानप्रदान गर्ने भाषिक वातावरण निर्माण गरिनु आवश्यक छ ।  यस अध्ययनले बहुभाषिक परिवेशको भाषानीति र यससँग सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने जो कोहीलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Srijana Devi Khadka , Tribhuvan University

Mahendra Ratna Campus, Tahachal

Downloads

Published

2025-11-24

How to Cite

Khadka , S. D. (2025). बहुभाषिक परिवेशमा भाषानीतिको प्रभावकारी कार्यान्वयन: चुनौती र रणनीति {Effective Implementation of Language Policy in a Multilingual Context: Challenges and Strategies}. Interdisciplinary Research in Education, 10(1), 151–160. https://doi.org/10.3126/ire.v10i1.86759

Issue

Section

Research Article