वीरहरू निबन्धमा कोशीय संसक्ति

Authors

  • Netra Atom

Keywords:

कोशीय पद, पर्याय, पुनरुक्ति, विन्यास, संसक्तिका युक्ति

Abstract

प्रस्तुत लेखमा लक्ष्मीप्रसाद देवकोटाको ‘वीरहरू’ निबन्धमा प्रयुक्त कोशीय संसक्तिका विभिन्न पक्षहरूबाट उक्त निबन्धको पाठलाई अर्थयुक्त सङ्कथनका रूपमा सिर्जना गर्ने एकीकृत शक्तिको अध्ययन गरिएको छ । कोशीय संसक्तिले पाठलाई कोशीय पदहरूको आर्थतात्त्विक आधार लिएर विचारमा केन्द्रित गर्छ । ‘वीरहरू’ निबन्धमा वीरहरूको स्वार्थरहित कार्य, उनीहरूले मान्छेको मनमा बनाएको उच्च स्थान र मार्गचित्रका निम्ति लिने प्रेरणात्मक वैचारिकतालाई प्रभावकारी अर्थयुक्त बनाउन यसका वाक्यगत, अनुच्छेदगत र कृतिगत शब्दशृङ्खलाले खेलेको भूमिका कोशीय शब्दको चयन र संसक्तिबाट उद्घाटन भएको छ भन्ने प्रस्ट पार्दै पाठको एकीकृत शक्तिले वक्ताको मनसाय र पाठकमा पर्ने प्रभावकारिताबिच सम्बन्ध स्थापित गर्नु यस लेखको उद्देश्य हो । यसको सैद्धान्तिक ढाँचाको रचना गर्दा सङ्कथन विश्लेषणको पद्धति अवलम्बन गरिएको छ । त्यसमा पनि कोशीय संसक्तिका विभिन्न युक्तिहरूको अध्ययनका निम्ति चाहिँ ह्यालिडे र हसन (सन् १९७६) र म्याक्कार्थी (सन् २०१०) का भाषिक प्रकार्यपरक मान्यताबाट विश्लेषणको मूल आधार लिई गुणात्मक शोधपद्धतिमा चयन गरिएका पाठको सघन विश्लेषण गरिएको छ । यसमा कोशीय पद, पुनरुक्ति र विन्यास गरी तीन ओटा उपकरणअन्तर्गत अर्थतात्त्विक एकत्वको विश्लेषणसहित निष्कर्षसम्म पुग्ने मार्ग अवलम्बन गरिएको छ । यसबाट कोशीय शब्दशृङ्खलाको समुचित आयोजनाबाट निबन्धको केन्द्रीय अर्थको स्थापना र प्रबल प्रभाव सिर्जना भएको हुन्छ भन्ने स्पष्ट पारिएको छ । ‘वीरहरू’ निबन्धमा प्रयुक्त वक्ताले वीरहरूप्रति प्रकट गरेको आस्था, प्रशंसा र तिनलाई सांसारिक लोलुपतायुक्त व्यक्तिसँग गरेको तुलना संसक्त बनाउने, काव्यिक सौन्दर्य बढाउने र पाठकमा दीर्घकालीन प्रेरणा दिने कार्यमा शब्दभण्डारबाट पुनरुक्ति एवम् विन्यास प्रयुक्त उपयुक्त अर्थयुक्त शब्दहरूको छनोटले महत्त्व पाएको हुँदा यो निबन्ध विचारको प्रवाहपूर्ण सम्प्रेषणमा शक्तिशाली बनेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Abstract
179
pdf
0

Downloads

Published

2024-11-08

How to Cite

वीरहरू निबन्धमा कोशीय संसक्ति. (2024). Interdisciplinary Research in Education, 9(1), 49-58. https://doi.org/10.3126/ire.v9i1.69745

Issue

Section

Research Article

How to Cite

वीरहरू निबन्धमा कोशीय संसक्ति. (2024). Interdisciplinary Research in Education, 9(1), 49-58. https://doi.org/10.3126/ire.v9i1.69745