भाषानीतिको आधारभूत अवधारणा
DOI:
https://doi.org/10.3126/ire.v9i1.69744Keywords:
भाषानीति निर्माण, भाषानीतिका घटक, भाषानीति निर्धारण, भाषानीतिको उपलब्धता र कार्यान्वयनAbstract
प्रस्तुत लेख भाषानीतिको आधारभूत अवधारणामा आधारित रहेको छ । भाषानीतिको ऐतिहासिक तथा सैद्धान्तिक सन्दर्भ पहिचान गर्नु, भाषानीतिको निर्माण र प्रक्रियाबारे चर्चा गर्नु, भाषानीतिका घटकहरू उल्लेख गर्नु, भाषानीति निर्धारणका पक्ष प्रस्तुत गर्नु यस लेखका प्रमुख उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस क्रममा सोद्देश्यमूलक तरिकाले आवश्यक सामग्रीहरूको सङ्कलन गरिएको छ । यसमा अङ्ग्रेजी तथा नेपाली सैद्धान्तिक सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यहरूको विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा भाषानीति शब्दको पहिलो प्रयोग सन् १९४५ मा गरिएको, भाषानीतिको निर्माणमा सरकार, राजनीतिक दल, भाषाविदलगायतको संलग्नता रहने गरेको, भाषानीति निर्माणमा समस्याको पहिचान, अनुमान, छनोट, कार्यान्वयन र मूल्याङ्कनजस्ता प्रक्रिया अवलम्बन गर्ने गरिएको, भाषानीतिका घटकअन्तर्गत भाषिक अभ्यास, भाषिक विश्वास एवम् यससम्बद्ध विचार र भाषिक व्यवस्थापनलाई लिने गरिएको, भाषानीतिको निर्धारणमा राज्यका आधिकारिक नियम, अन्तर्निहित संयन्त्रलगायतको भूमिका रहने गरेको लगायतका निष्कर्ष निकालिएको छ । यस अध्ययनले भाषानीति र यससम्बद्ध क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने जोकोहीलाई आवश्यक सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.