पर्याशैक्षणिक दृष्टिले माध्यमिक नेपाली भाषापाठ्यपुस्तका चित्रको विश्लेषण
DOI:
https://doi.org/10.3126/ire.v9i1.69743Keywords:
पर्यावरण, पर्याशैक्षणिकता, पर्याचेत, पर्यावरण सन्तुलन, पर्यावरण संरक्षणAbstract
प्रस्तुत लेखमा माध्यमिक तहका नेपाली पाठ्यपुस्तकमा समाविष्ट चित्रमा प्रविष्ट पर्यावरणीय पक्षको पहिचान गरी तिनको विश्लेषण गरिएको छ । गुणात्मक ढाँचामा आधारित यस लेखमा कक्षा नौ र दशका नेपाली पाठ्यपुस्तकमा समाविष्ट पर्यावरणीय सन्दर्भ रहेका चित्रहरू प्राथमिक स्रोत बनेका छन् भने सम्बद्ध सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको छ । आलोचनात्मक विश्लेषण प्रक्रिया अपनाइएको यस लेखमा निर्दिष्ट पुस्तकमा पर्यावरणीय पक्ष समावेश भएका चित्र मूल तथ्य बनेका छन् । कक्षा नौ र दशमा राखिएका चित्रमध्ये पर्यावरणीय सन्दर्भको सामान्य किसिमले प्रस्तुत भएका जम्मा १४ ओटा चित्र छन् । कक्षा नौमा आठओटा र कक्षा दशमा छओटा चित्रमा पर्यावरणीय सन्दर्भ रहेको देखिन्छ । कक्षा नौमा रहेका उक्त चित्रमध्ये प्रत्यक्षतः पर्याचेत विकास गराउने किसिमका जम्मा दुईओटा मात्र देखिन्छन् । कक्षा दशमा पर्यावरणको सामान्य सङ्केत भएका छओटा चित्रमध्ये पर्याचेत विकास गराउने खालको एउटा चित्र पनि छैन । यो तथ्यबाट उक्त पुस्तकमा राखिएका चित्रहरू पर्याशैक्षणिक दृष्टिले मूल्याङ्कन गर्दा उपयुक्त देखिएनन् किनभने उक्त चित्रबाट पर्याचेत विकास गर्ने अपेक्षा देखिएन । उक्त पाठ्यपुस्तकमा समाविष्ट चित्र पर्यावरणीय सन्तुलन एवम् संरक्षणको सचेततामा केन्द्रित छैनन् । सम्बद्ध विद्यार्थी तथा शिक्षकमा पर्याशैक्षणिक ज्ञान, सुझ तथा व्यवहार विकासका निम्ति उपयोगी नभएको देखिन्छ । समकालीन समयमा पर्यावरणीय सन्तुलन तथा संरक्षणका औपचारिक शिक्षामा पनि तदनुकूलका सामग्री प्रविष्ट गर्नु आवश्यक छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.