नेपालका मातृभाषाहरूको प्रयोगावस्था
DOI:
https://doi.org/10.3126/ire.v9i1.69742Keywords:
बहुभाषिकता, भाषिक मृत्यु, भाषिक सर्वेक्षण, लोपोन्मुखताAbstract
प्रस्तुत लेख नेपालमा बोलिने मातृभाषाको वितरण, परिवर्तन र लोपोन्मुखताको स्थितिसँग सम्बन्धित छ । नेपालमा भएका पछिल्ला तीन दशकका राष्ट्रिय जनगणनाले प्रस्तुत गरेका तथ्यमा आधारित रही नेपालका मातृभाषाहरूको वितरणको अवस्था, परिवर्तनको प्रवृत्ति र लोपोन्मुखताको अवस्था पत्ता लगाउनु यस लेखको मुख्य उद्देश्य हो । भाषाका लोपोन्मुखताको कारण र जीवन्तताका लागि अपनाउनुपर्ने नीति पनि यस लेखमा सङ्केत गरिएको छ । गुणात्मक ढाँचामा आधारित वर्णनात्मक र विश्लेषणात्मक विधिमा आरित भई यो लेख तयार पारिएको छ । लेख तयार पार्ने व्रmममा नेपालका राष्ट्रिय जनगणनाबाट प्रस्तुत तथ्य, मातृभाषा तथा भाषाका बारेमा लेखिएका विभिन्न पुस्तक, जर्नल आर्टिकल लगायतलाई उपयोग गरिएको छ । जनगणनाबाट प्रस्तुत तथ्यलाई विश्लेषणका व्रmममा चित्रात्मक, तुलनात्मक र विश्लेषणात्मक पद्धतिलाई उपयोगमा ल्याइएको छ । बहुभाषिक राष्ट्र नेपालका प्रदेश, जिल्ला र अधिकांश स्थानीय निकायहरू बहुभाषिक रहेका, केही सीमित भाषाबाहेक धेरै भाषाका प्रयोक्ताका सङ्ख्या र कुल जनसङ्ख्याको प्रतिशत घट्दै गई पुस्तान्तरण हुन नसक्दा लोपोन्मुखतातर्फ उन्मुख अवस्था पहिचान गरिएको छ । शिक्षाको अवसर, रोजगारी लगायतका कारणबाट विविध मातृभाषी वक्ताहरू आफ्नो भाषाको प्रयोगलाई छाडेर अन्य प्रभावशाली भाषातर्फ अग्रसर भएका कारण नेपालका धेरै भाषाहरू पुस्तान्तरण हुन नसकी लोपोन्मुखतातर्फ अगाडि बढेका छन् । बहुभाषिक राज्य नेपालका भाषाको संरक्षणका माध्यमबाट सम्बद्ध भाषिक प्रयोक्ताका संस्कृति, सभ्यता र पहिचान संरक्षण गर्न राज्यको बहुभाषिकता र भाषाको वितरणलाई समस्याका रूपमा नलिई प्रभावकारी भाषानीति र योजनाका माध्यमबाट लोपोन्मुख बनेका भाषालाई संरक्षण गर्नु आवश्यक देखिन्छ ।