शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तह, सेमेस्टर प्रणालीका प्रश्नप्रति विद्यार्थीको दृष्टिकोण
DOI:
https://doi.org/10.3126/ire.v8i2.60212Keywords:
परीक्षण, प्रश्नपत्र, छपाइको गुणस्तर, अङ्कको तालमेलAbstract
यस लेखमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय स्नातक तहको सेमेस्टर प्रणालीमा आधारित प्रश्नपत्रप्रति शिक्षार्थीको दृष्टिकोणलाई प्रस्तुत गरिएको छ । क्षेत्रीय सर्वेक्षण विधिमा आधारित भई मतावलीलाई तथ्य सङ्कलनको साधन बनाइएको यस अध्ययनमा यादृच्छिक नमुना छनोट प्रक्रिया अवलम्बन गरिएको छ । यसमा शिक्षाशास्त्र, स्नातक तहमा अध्ययनरत ३० जना शिक्षार्थीलाई नमुनाका रूपमा लिई उनीहरूको अभिमतको विश्लेषण गरिएको छ । प्रश्नको छपाइमा स्पष्टताप्रति ८४ प्रतिशत परीक्षार्थीहरू सकारात्मक रहेका छन् । यो सन्तुष्टिको मध्यम स्थ्तिि हो । प्रश्नको भाषाशैलीप्रति ९४ प्रतिशत परीक्षार्थीहरूले सकारात्मक मत प्रकट गरेका छन् । यसलाई राम्रो स्तरको प्रतिक्रिया मान्न सकिन्छ । प्रश्नपत्रको समय र अङ्कको तालमेलप्रति परीक्षार्थीहरूले ९३ प्रतिशत सकरात्मक मत दिएका छन् । यसलाई पनि राम्रो स्तरको मान्न सकिन्छ । प्रश्न र शिक्षणसिकाइको सम्बन्धप्रति शत प्रतिशत परीक्षार्थीहरूले सकारात्मक छन् । यसले प्रश्नको स्तर निकै राम्रो रहेको जनाउँछ । प्रश्नपत्रको कागज र छपाइको गुणस्तरप्रति पनि शत प्रतिशत परीक्षार्थीहरू सकारात्मक छन् । यसलाई पनि निकै राम्रो स्तर मान्न सकिन्छ । समग्रमा सामान्य जम्मा पाँचओटा आधारमा लिइएको प्रतिक्रियामध्ये सबैमा ८० प्रतिशतभन्दा बढी नै सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले निर्दिष्ट कक्षाका लागि बनाई उपयोगमा ल्याइएका प्रश्नहरूको गुण र प्रश्नपत्रको संरचना राम्रो रहेको निष्कर्ष प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.