आवधिक योजना अवधिमा पुँजीगत खर्च र स्रोत व्यवस्थापनको समीक्षा
DOI:
https://doi.org/10.3126/ire.v8i2.60207Keywords:
आवधिक योजना, पुँजीगत खर्च, वैदेशिक अनुदान, राजस्व, सार्वजनिक ऋणAbstract
यो अध्ययन व्याख्यात्मक अध्ययन ढाँचामा आधारित छ । नेपालका आवधिक योजनाहरुलाई संगणना विधिका आधारमा छनोट र पुस्तकालयीय विधिका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनमा द्वितीय तथ्याङ्कको मात्र प्रयोग गरिएको छ । संकलित तथ्यांकहरुको विश्लेशण शाब्दिक, अंक, र प्रतिशतका माध्यमबाट गरिएको छ । यस अध्ययनको उद्देश्य आवाधिक योजनाअवधिमा पूँजीगत खर्चको अवस्था र त्यसको श्रोत व्यवस्थापनको समिक्षा गर्नु रहेको छ । यध्ययनको निश्कर्षमा के देखिन्छ भने पहिलो योजना अवधिमा शासकीय संरचनाका कार्यहरु मात्र भए भने दोस्रोदेखि सातौंसम्म पञ्चायती व्यवस्था अनुकुलका कार्यहरु मात्र भए । त्यसैगरी आठौंदेखि हालसम्म आर्थिक विकासका सुधारात्मक कार्यहरु मात्र भए । विनियोजित पुँजीगत खर्च, राजस्व परिचालन र वैदेशिक सहयोग तथा अनुदान लक्ष्य अनुरुप परिचालन हुनसकेको देखिदैन । दसौं योजनादेखि चालु खर्च पूँजीगत खर्चभन्दा उच्च हुँदै आएको देखिन्छ । सार्वजनिक ऋणको भार तिब्र दरमा बढेको छ । २०७६ असारदेखि २०७९ फागुन मसान्तसम्म (४४ महिनामा) उक्त ऋण झण्डै दोब्बर (९३.५१ प्रतिशत) ले वृद्धि भएको छ । नेपालीको प्रतिव्यक्ति आय अत्यन्तै न्यून दरमा वृद्धि भएको छ । दिगो आर्थिक विकासका लागि देशभित्रको मानव तथा प्राकृतिक साधन र स्रोतको दिगो परिचालन गर्न कुल गार्हस्थ्य बचतमा वृद्धि गर्नुपर्ने देखिन्छ । त्यसका लागि तत्काल सरकारी उपभोगको क्षेत्रमा मितव्ययिता अपनाउँदै राष्ट्रिय अर्थतन्त्रको उत्पादन क्षमतामा वृद्धिका लागि कुल गार्हस्थ्य उत्पादनको बढ्दो अंश लगानीतर्फ प्रवाहित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.