मुनामदन खण्डकाव्यको समाज भाषिक अध्ययन
DOI:
https://doi.org/10.3126/ire.v8i1.56725Keywords:
निर्धारणवाद, सापेक्षवाद, समाजपरक, त्रिकोणात्मकAbstract
समाज भाषिक अध्ययन विशेषतः समाजशास्त्र, मानवशास्त्र र मानवीय समाजका सम्पूर्ण पक्षको सांस्कृतिक प्रतिमान, सम्भावना र सन्दर्भसहित भाषामाथिको अध्ययन हुन्छ । खण्डकाव्यका पत्राहरूको प्रयुक्त भाषाका आधारमा समाज र भाषा तथा भाषा र संस्कृतिको अध्ययन गरिएको छ । तसर्थः मुना, मदन, नैनी फुपु, आमा, भोटे र गुन्डाद्वारा प्रयुक्त भाषिक सञ्चारमा भाषाको समाजपरक र समाजको भाषापरक अध्ययन गरिएको छ । समाज भाषिक सिद्घान्तअनुसार मानिसको सोच्ने प्रक्रिया भाषाले निर्धारण गर्दछ, जसलाई भाषिक सापेक्षतावाद भनिन्छ । यहीँ सिद्घान्त नै ‘मुनामदन’को साहित्य, साहित्यकार र समाजशास्त्रीय भाषिक अध्ययनका आधार हुन् । यसमा प्रकृतिक, ईश्वर र मानवताको त्रिकोणात्मक अन्तर सम्बन्ध रहेको छ । पहाड, हिमाल, खोलानाला, वन जङ्गल हिंस्रक जङ्गली जनावर प्रकृतिक हुन् भने ल्हासाका ठुलाठुला बुद्घका सुनौला मूर्ति र गुम्बाहरू तथा नेपालका पशुपति र गुह्येश्वरी मन्दिरहरू ईश्वरका प्रतीक हुन् । गुम्बाका वरिपरि ऊँ मणिपद्मे ! भन्दै माला जप्दै परिक्रम गर्ने बौद्घ भिक्षुहरू र दःखमा ईश्वरका प्रार्थना गर्नु समाजका धार्मिक तथा संस्कृतिक पक्षहरू हुन् । भोटेद्वारा मदनको स्याहार गरी निको पार्नु मानव समाजका आदर्शका उत्कृष्ट रूप हुन् । यी नेपाल र ल्हासा बिच रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक र मानवीय सम्बन्धका प्रतिमान हुन् । खण्डकाव्यमा मदन ल्हासा गई धन कमाएर घर फर्किदा मुना ओइलिएर भुइँमा झरिसक्नु, मदनले अर्को जुनीमा फेरि स्वर्गमा भेट्ने बाँचा गर्नु भाषामाथिको समाजको प्रभाव हो । उनको अनुहार हेर्न व्यग्रताले बसेकी बुढी आमाको परमधाम हुनु तथा अन्त्यमा मदनको समेत देहावसानले समाजमा एउटा सुन्दर परिवारको वियोगान्त अन्त्य भएको छ । देवकोटाको मानवीय स्वतन्त्रता, समानता र भातृत्वको बोधलाई आत्मसात् गर्दै विबेच्य कृतिमा प्रयुक्त भाषाका आधारमा समाज र भाषा तथा भाषा र संस्कृतिको अध्ययन गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.