बालकथाको विकास र शैक्षणिकता

Authors

  • केशव भुसाल

DOI:

https://doi.org/10.3126/ire.v8i1.56724

Keywords:

बालकथा, बालकथाको विकास, शैक्षणिकता

Abstract

प्रस्तुत लेख बालकथाको विकास र शैक्षणिकता अध्ययनमा आधारित रहेको छ । यस लेखमा बालकथाको परिचय, नेपाली बालकथाको विकास र शैक्षणिकताबारे अध्ययन गरिएको छ । बालकथाको परिचय दिनु, नेपाली बालकथाको विकासक्रम पहिल्याउनु, बालकथाको शैक्षणिकता प्रस्तुत गर्नु प्रस्तुत अध्ययनका मूलभूत उद्देश्य रहेका छन् । यो अध्ययन मूलतः गुणात्मक अनुसन्धानमा आधारित रहेको छ । यस अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक पद्धतिको अनुप्रयोग गरिएको छ । यसमा आवश्यक सामग्रीहरुको सङ्कलन पुस्तकालयीय अध्ययनका माध्यमबाट गरिएको छ । प्रस्तुत अध्ययनमा द्वितीयक स्रोतका सामग्रीहरूको प्रयोग गरिएको छ । यस क्रममा मुख्यतः नेपाली र अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको उपयोग गरिएको छ । यस अध्ययनबाट बालकथा बालबालिकाका लागि लेखिएको रचनाका रूपमा रहेको , यो प्रौढ साहित्यभन्दा भिन्न एवम् पृथक रहेको, यसको विकासक्रम फरकफरक विद्वान्हरूद्वारा फरकफरक किसिमले प्रस्तुत गरिएको, यसको शैक्षणिकताका लागि बालबालिकाको रुचि, स्तर, मनोविज्ञान र पठनीयतामा ध्यान दिनुपर्ने आवश्यकता रहेकोलगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययन बालकथाको परिचय, विकास र यसको शैक्षणिकताबारे जानकारी लिन चाहने जोकोहीका लागि पनि उपयोगी हुने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
pdf
32

Downloads

Published

2023-08-08

How to Cite

केशव भुसाल. (2023). बालकथाको विकास र शैक्षणिकता. Interdisciplinary Research in Education, 8(1), 31–38. https://doi.org/10.3126/ire.v8i1.56724

Issue

Section

Research Article