‘प्रिय मौनता’ कविता सङ्ग्रहमा प्रतीकको उपयोग
DOI:
https://doi.org/10.3126/ire.v8i1.56723Keywords:
प्राणीजन्य प्रतीक, वस्तुजन्य प्रतीक, परिवेशजन्य प्रतीक, प्रतीकात्मकAbstract
‘प्रिय मौनता’ कविता सङ्ग्रहमा उपयोग गरिएका प्रतीक पहिचान गरी तिनको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । वर्णनात्मक विधिमा आधारित यस लेखमा पुस्तकालीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी तिनको विश्लेषण गरिएको छ । यस लेखमा प्रतीकविधानको सैद्धान्तिक स्वरूप उल्लेख गरिएको छ । उक्त सिद्धान्तमा आधारित भई प्राणीजन्य प्रतीक, वस्तुजन्य प्रतीक तथा परिवेशजन्य प्रतीक पहिचान गरी विश्लेषण गरिएको छ । विश्लेष्य कवितासङ्ग्रह समाविष्ट कविताहरूमा भावनात्मक प्रकटन मात्र नभई ज्ञान र अनुभवको मिश्रण पनि पाइन्छ । सङ्गृहीत कविताहरूमध्ये अधिकांश कवितामा नारीवादी विचार सघन देखिन्छ भने लैङ्गिक समभाव एवम् सन्तुलनको अपेक्षा पनि गरिएको छ । सङ्ग्रहका केही कवितामा सांस्कृतिक सचेतना प्रकट भएको छ भने कतिपय कवितामा समसामयिक नेपाली समाजका विकृति एवम् विसङ्गतितर्पm व्यङ्ग्य पनि गरिएको छ । कविद्वारा वर्गीय, लैङ्गिक तथा मानवतावादी विचारलाई प्रभावमय बनाउनका निम्तिसान्दर्भिक प्रतीकको उपयोग गरिएको छ । कविता सङ्ग्रहमा प्रायः प्रतीक पदावलीकै रूपमा उपयोग गरिएको छ । विभिन्न कवितामा एउटै प्रतीक पनि दुई वा सोभन्दा बढी स्थानमा प्रयुक्त छन् । कवितामा वस्तुजन्य प्रतीकको आधिक्य पाइन्छ । कविताको शीर्षक र विषयवस्तुअनुसारका प्रतीक प्रयोगले प्रस्तुति अर्थपूर्ण र प्रभावकारी बनेको देखिन्छ । कवितामा प्रतीकका कारण कविले व्यक्त गर्न चाहेको भाव तथा विचार शिष्ट र आलङ्कारिक शैलीमा सघन किसिमले प्रकट भएको देखिन्छ । सघन भाव र विचार प्रस्तुतिका लागि प्रतीकको समीचीन प्रयोगमा कवि सचेत र सक्षम देखिन्छन् ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.