कक्षा ११ को ‘नेपाली’ पाठ्यपुस्तकका कथा विधामा प्रयुक्त नमुना अभ्यास

Authors

  • दिनेश घिमिरे

DOI:

https://doi.org/10.3126/ire.v7i2.50466

Keywords:

नमुना अभ्यास, विधा शिक्षण , सिकाइ उपलब्धि , शिक्षण प्रयोजन

Abstract

प्रस्तुत लेखमा कक्षा ११ को ‘नेपाली’ (२०७७) पाठ्यपुस्तकका कथा पाठहरूमा प्रयुक्त नमुना अभ्यासका प्रश्नहरूलाई कथा शिक्षणको विधागत प्रयोजन र पाठ्यव्रmमका उद्देश्यअनुरूप विश्लेषण गरी तिनको उपयुक्तता र पर्याप्तता पहिल्याइएको छ । यसमा पुस्तकालयीय अध्ययनबाट सामग्री सङ्कलन र वर्णनात्मक विधिबाट व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कक्षा ११ को नेपाली पाठ्यपुस्तकको नमुना अभ्यास भाषिक सिप विकासमा केन्द्रित रहेको देखिन्छ । त्यस्तै यस पुस्तकमा भाषिक सिपहरूमध्ये सबैभन्दा बढी लेखाइ सिपमा, त्यसपछि व्रmमशः पढाइ, बोलाइ र सुनाइमा जोड दिनु उक्त कक्षामा विधा शिक्षणका दृष्टिले उपयुक्त मान्न सकिन्छ । कथा पाठका नमुना अभ्यासमा प्रश्नगत पर्याप्तता र विविधता पाइन्छ । साथै उक्त कक्षाको नेपाली भाषा पाठ्यव्रmमले अपेक्षा गरेअनुरूपका भाषिक सिपगत सक्षमता हासिल हुने खालका प्रश्नहरू रहेकाले यो सबल रहेको देखिन्छ । कथा विधा शिक्षण प्रयोजनका दृष्टिका साथै अभ्यासका प्रश्नहरूबाट निर्देशित सिकाइ व्रिmयाकलापलाई आधार मान्दा कथा पाठको नमुना अभ्यास, शब्दभण्डार र पठनबोध क्षमता विकासका दृष्टिले उत्तम, प्रश्नोत्तर, घटनाव्रmम, समीक्षा, प्रतिव्रिmया लेखन, सिर्जना र परियोजना कार्यसम्बद्ध क्षमता विकासका दृष्टिले मध्यम अनि बुँदाटिपोट र सारांश लेखन क्षमता विकासका दृष्टिले निम्न रहेको देखिन्छ । नमुना अभ्यासमा सुनाइ पाठ र त्यससम्बद्ध अभ्यासलाई छुट्टै शीर्षक दिई सुनाइ र बोलाइ सिपका अभ्यास गराउन खोज्नु यस पुस्तकको नवीन पक्षहो । तथापि सुनाइ र बोलाइका अभ्यासमा लेखाइसम्बद्ध प्रश्नहरू समेत रहेकाले तिनको सट्टा यस खण्डमा सुनाइ बोलाइको मात्र अभ्यास गराउँदा अझ प्रभावकारी हुने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
54
pdf
100

Downloads

Published

2022-12-31

How to Cite

दिनेश घिमिरे. (2022). कक्षा ११ को ‘नेपाली’ पाठ्यपुस्तकका कथा विधामा प्रयुक्त नमुना अभ्यास. Interdisciplinary Research in Education, 7(2), 1–10. https://doi.org/10.3126/ire.v7i2.50466

Issue

Section

Articles