सामाजिक उत्तरदायित्व बोध गराउने नेपाली बालउपन्यास

Authors

  • राजेन्द्र खनाल

Abstract

बालबालिकाहरूमा सामाजिक सम्बन्धको विकास गराउँदै सामाजिक उत्तरदायित्व बोध गराउने हेतुलाई प्राधान्य दिई सिर्जना गरिएको नेपाली बालउपन्यासको विश्लेषण गर्नु नेपाली समालोचनाको अपेक्षित अध्ययन हो । नेपाली बालउपन्यासमा यस प्रकृतिको विश्लेषण भएको नपाएकाले तथ्यपरक विश्लेषणसहित यो लेख तयार पारिएको हो । सामाजिक उत्तरदायित्व बोध गराउने नेपाली बालउपन्यासको विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य हो । यस लेखमा पुस्तकालयीय अध्ययन कार्यबाट तथ्य सङ्कलन गरी नेपाली बालउपन्यासलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । सामाजिक उत्तरदायित्वसँग सम्बद्ध विविध सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको प्रयोग गरिएको छ । यस लेखमा नेपाली बालउपन्यासमा प्रविष्ट सामाजिक उत्तरदायित्वका विविध सन्दर्भलाई नेपाली समाजका मूल्य तथा व्यवहारका सापेक्षमा अध्ययन गरिएको छ । बालबालिकाहरूलाई आप्mनो परिवार, साथी तथा समाजप्रति उत्तरदायी बनाउने र कर्तव्य निर्वाहतर्पm उन्मुख गराउने व्यवहारको समावेशन नै उपन्यासमा प्रविष्ट सामाजिक उत्तरदायित्वका सन्दर्भ हुन् । नेपाली बालउपन्यासमा सामाजिक उत्तरदायित्वका सन्दर्भले प्रशस्त स्थान पाएको देखिन्छ । मित्रताका सुमधुर सम्बन्ध, समपर्ण एवम् सामाजिक सेवाभावमा बालकालिकालाई सुसूचित गराइएको छ । प्राणीजन्य सहभाव, विवेकसम्मत न्याय, समानता तथा सद्भावका विषयवस्तुलाई पनि उपन्यासमा प्रविष्ट गरी बालबालिकाहरूलाई मानवीय संवेदना तथा अवस्थाअनुसारका भूमिकामा केन्द्रित गरी नेपाली बालउपन्यासमा सामाजिक कर्तव्य तथा उत्तरदायित्वका पर्याप्त सन्दर्भहरू प्रस्तुत गरिएका छन् । सामाजिक उत्तरदायित्वलाई प्राधान्य दिइएका प्रमख नेपाली बालउपन्यासहरू ‘बालक, बिरुवा र पृथ्वीमाता’, ‘एक दिनको यात्रा’, ‘मान्छे, भैंसी र मुरी चामलको भात’, ‘मावलीको यात्रा’, सानी’, ‘मुस्ताङको गुफा’, ‘डा. चिम्पु चिन्पाञ्जी’, ‘मेहनती गौरी’ र ‘सुनपरी’, ‘सङ्गमपुरे दाजुबहिनी’, ‘चोर’, ‘रूपाको रूप’, ‘शिविरकी सुन्तली’, ‘यार्चा’, ‘दुर्गा हजुरमाको भूत’, ‘बहुलाएको रुख’, ‘अचम्मकी सन्ध्या’, ‘मीना’, ‘कालो पाटी’, ‘अमर मित्रता’ तथा ‘सुरुङको बाटो’ रहेका छन् । यस्ता बालउपन्यासले बालबालिकाहरूलाई मनोरञ्जन दिनुका साथै सामाजिक भूमिकाप्रति सचेत तुल्याउने अभिप्राय लिएको प्रस्ट हुन्छ ।

Abstract
244
pdf
78

Downloads

Published

2022-09-05

How to Cite

राजेन्द्र खनाल. (2022). सामाजिक उत्तरदायित्व बोध गराउने नेपाली बालउपन्यास . Interdisciplinary Research in Education, 7(1), 31-48. https://doi.org/10.3126/ire.v7i1.47496

Issue

Section

Research Article

How to Cite

राजेन्द्र खनाल. (2022). सामाजिक उत्तरदायित्व बोध गराउने नेपाली बालउपन्यास . Interdisciplinary Research in Education, 7(1), 31-48. https://doi.org/10.3126/ire.v7i1.47496