समसामयिक नेपाली उपन्यासको शिक्षण प्रक्रिया

Authors

  • नेत्र एटम

Keywords:

पूरक संसाधन , मार्गदर्शक प्रश्न , विनिर्माण , शाश्वत सारवस्तु

Abstract

प्रस्तुत अध्ययनमा नयनराज पाण्डेको ‘उलार’ (२०५५) उपन्यासलाई नमुना पाठका रूपमा लिई समसामयिक नेपाली उपन्यासको शिक्षणका प्रक्रियाको विश्लेषण गरेर त्यसको एउटा प्रतिमान तयार परिएको छ । स्नातक तहमा गरिने समसामयिक नेपाली उपन्यासको शिक्षण प्रक्रियामा अवलम्बन गर्न सकिने प्रभावकारी ढाँचा दिई त्यस क्रममा वास्तविक जीवनसँग तिनको अन्तरसम्बन्ध अनुकूलन गरेर शिक्षकले विद्यार्थीलाई गराउनुपर्ने क्रियाकलापको खोजी गर्दै तिनको मूल्याङ्कन प्रक्रियाको रूपरेखा प्रस्तुतयस लेखको उद्देश्य हो । यसमा उपन्यासको शिक्षणको विधागत, विषयवस्तुगत र शैलीगत मान्यतालाई सैद्धान्तिक पर्याधारका रूपमा लिई सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट ‘उलार’ उपन्यासको प्रतिनिधित्व गराएर पाठगत तथ्याङ्क सङ्कलन तथा विमर्श गरिएको छ । त्यसका निम्ति उपन्यासको गहन पठन, शाश्वत सारवस्तुसँग उपन्यासको सम्बन्ध स्थापना, मार्गदर्शक प्रश्नहरूको विकास, उपन्यासको विनिर्माण र पूरक संसाधनहरूको छनोटका सन्दर्भलाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरी सम्पन्न गरिएको छ र त्यसको मूल्याङ्कन प्रक्रियाको रेखाङ्नसमेत गरिएको छ ।समसामयिक नेपाली उपन्यासको शिक्षण गर्दा शिक्षणसिकाइ क्रियाकलापमा आलोचनात्मक ज्ञानको महत्त्वका साथै विद्यार्थीलाई सांसारिक यथार्थ, भाषिक व्यवहार र उपन्यासको प्रस्तुतिका कल्पनात्मक आधारहरूलाई सैद्धान्तिक रूपले उपयोग गर्न सक्ने बनाउनु नै शिक्षण र मूल्याङ्कनको प्रयोजन हो भन्ने निष्कर्ष यसमा निकालिएको छ ।

Abstract
243
pdf
0

Downloads

Published

2022-09-05

How to Cite

समसामयिक नेपाली उपन्यासको शिक्षण प्रक्रिया. (2022). Interdisciplinary Research in Education, 7(1), 17-30. https://doi.org/10.3126/ire.v7i1.47494

Issue

Section

Research Article

How to Cite

समसामयिक नेपाली उपन्यासको शिक्षण प्रक्रिया. (2022). Interdisciplinary Research in Education, 7(1), 17-30. https://doi.org/10.3126/ire.v7i1.47494