कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणका अभ्यास
DOI:
https://doi.org/10.3126/ire.v7i1.47491Keywords:
वर्णविन्यास , धातु , भाषा पाठ्यपुस्तक विधिAbstract
कक्षा दशको नेपाली पाठ्यपुस्तकमा भएका व्याकरणका अभ्यासहरूको अध्ययन गर्ने उद्देश्यले तयार गरिएको यो लेख गुणात्मक अनुसन्धानको पुस्तकालयीय अध्ययनमा आधारित छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकलाई अध्ययनको मूल सामग्री मानी सोही पुस्तकबाट तथ्यहरू सङ्कलन गरी वर्णन विश्लेषण गरिएको छ । व्याकरणका प्रत्येकपाठ्यवस्तुलाई तालिकीकरण गरी वर्णनात्मक एवम् व्याख्यानात्मक तरिकाले विश्लेषण गरिएको छ । सोहीअनुसार कक्षा दशको नेपाली पाठ्यपुस्तकमा धातु, शब्दवर्ग, लेख्यचिन्ह, काल–पक्ष, मूल–व्युत्पन्न शब्द, उपसर्ग–प्रत्यय, द्वित्व, समास, वर्णविन्यास, वाक्यका प्रकार, पदसङ्गति, वाक्य संश्लेषण–विश्लेषण, कारक–विभक्ति र वाच्यसम्बन्धी व्याकरणका अभ्यासहरूराखिएका छन् ।मूल र व्युत्पन्न, वर्णविन्यास, स्वर वर्ण र अक्षर संरचना, वाच्यसम्बन्धी व्याकरणका अभ्यासलाई सम्बन्धित पाठसँग जोडिएको छ भनेधातु, लेख्यचिन्ह, पदसङ्गति, भाव, वाक्य संश्लेषण र विश्लेषण, कारक र विभक्ति, लघुतावाची, समूहवाची र सिङ्गो शब्दका अभ्यासलाई सम्बन्धित पाठसँग जोडिएको छैन । व्याकरणका अधिकांश पाठ्यांशलाई मूल पाठसँग नजोड्नु शैक्षणिक दृष्टिले पाठ्यपुस्तकको कमजोरी मानिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.