नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण
DOI:
https://doi.org/10.3126/ire.v6i2.43546Abstract
नेपाली बालउपन्यासमा प्रस्तुत सपनाको विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट तथ्य सङ्कलन गरी नेपाली बालउपन्यासलाई प्राथमिक सामग्रीका रूपमा उपयोग गरिएको छ । बालमनोविज्ञान तथा सपनासँग सम्बन्धित विभिन्न सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । नेपाली बालउपन्यासमा सपनाका सन्दर्भलाई बालमनोवैज्ञानिक पक्षसँग सम्बन्धित गरी स्वाभाविक तरिकाबाट प्रस्तुत गरिएको छ । नेपाली बालउपन्यासमा सामाजिक परिवेश तथा संरचनाको प्रभाव बालमस्तिष्कमा परेको र तिनले सपनाका माध्यमबाट अभिव्यक्त गरेको देखाइएको छ। बालबालिकाहरूले आपूmले चाहेका विषय वा वस्तु प्राप्त गर्न नसक्दा सपनाका माध्यमबाट इच्छापूर्ति गरेको देखाइएको छ । त्यस्तै उनीहरूले आपूmले भोेगेका पीडा तथा अपमानको पनि बदला सपनामा नै लिएर सन्तुष्ट भएको सङ्केत गर्दै बालमनोवैज्ञानिक पक्षको सघन उठान गरिएको छ । बालबालिकाहरू साथीहरूबिचका प्रेम, ईष्र्या, खुसी, रिस आदि संवेग पनि बालबालिकाले सपनामा देखेका सन्दर्भ पनि नेपाली बालउपन्यासमा व्यक्त भएका छन् । नेपाली बालउपन्यासमा व्यक्त सपनाको सन्दर्भ विश्लेषण गर्दा बालबालिका आपूmले चाहेका, कल्पना गरेका तथा भोगेका विषय वा वस्तुलाई सपनामा देखेका सन्दर्भलाई समावेश गरिएको निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.