नेपालका विद्यालयमामातृभाषामा सिकाइको स्थिति

Authors

  • गोपालबहादुर श्रेष्ठ

Abstract

प्रस्तुत लेख नेपालमा मातृभाषामा सिकाइको स्थितिको विश्लेषणमा केन्द्रित रहेको छ ।यस लेखको प्रमुख उद्देश्य नेपालका विद्यालयमा माध्यम वा विषयका रूपमा मातृभाषा अध्ययन अध्यापन हुने अवस्थाकोअध्ययन गर्नु रहेको छ । मातृभाषालाई बहुसंस्कृति र भाषा, मातृभाषामा शिक्षा र बहुभाषिक शिक्षा, बहुभाषिकता र संज्ञानात्मक विकासकोे कोणबाट हेरिएको छ । विश्वमा भाषाको स्थिति र शिक्षा, नेपालको जनगणनामा मातृभाषाको सङ्ख्या र वक्ता सङ्ख्या, नेपालमा मातृभाषा मानिएका विदेशी भाषा र त्यसको वैधता निर्माणको आधार, नेपालमा मातृभाषामा शिक्षा सञ्चालनको लागि भएका प्रयास र वर्नमान अवस्था जस्ता शीर्षकमा रहेर खोजमूलक सामग्री प्रस्तुत गरिएको छ । दक्षिण एसियाली राष्ट्रहरूमा मातृभाषा शिक्षणमा भएका प्रयास र नेपालले गरेको कानुनी र व्यवहारिक कार्यलाई यस लेखमा समेटिने प्रयास गरिएको छ । सामग्री सङ्कलनमा द्वितीयक स्रोतका सामग्रीको उपयोग गर्दै पुस्तकालयको प्रयोग गरी विभिन्न सन्दर्भ पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धानमूलक लेख, पत्रपत्रिकाको उपयोग गरी वर्णनात्मक, विश्लेषणात्मक रूपमा विश्लेष्य विषयको निष्कर्षमा पुगिने विशुद्ध गुणात्मक विधिको उपयोग गरिएको छ । मातृभाषामा शिक्षाप्रति जिज्ञासा भएका जिज्ञासु, अनुसन्धाता, विद्यार्थी, पाठक वर्गलाई प्रस्तुत लेखले प्राज्ञिक खुराक दिने कुराको विश्वास लिन सकिन्छ ।

Abstract
459
pdf
20

Downloads

Published

2021-12-31

How to Cite

गोपालबहादुर श्रेष्ठ. (2021). नेपालका विद्यालयमामातृभाषामा सिकाइको स्थिति. Interdisciplinary Research in Education, 6(2), 117-132. https://doi.org/10.3126/ire.v6i2.43544

Issue

Section

Research Article

How to Cite

गोपालबहादुर श्रेष्ठ. (2021). नेपालका विद्यालयमामातृभाषामा सिकाइको स्थिति. Interdisciplinary Research in Education, 6(2), 117-132. https://doi.org/10.3126/ire.v6i2.43544