स्नातकोत्तर नेपाली शिक्षा शोध प्रतिवेदनहरूमा एपिए शैली तथा सन्दर्भाङ्कन प्रयोग स्थिति
DOI:
https://doi.org/10.3126/ire.v6i1.43434Abstract
प्रस्तुत लेख शिक्षाशास्त्र सङ्काय त्रि.वि.अन्तर्गतनेपाली शिक्षा विषयमा स्नातकोत्तर तहका शोध प्रतिवेदनहरूमा शैली, सन्दर्भाङ्कन र सन्दर्भ ग्रन्थसूची प्रयोगसम्बन्धी अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । शोध प्रतिवेदनहरूमा एपिए शैलीलाई आधारमानी उद्देश्यपरक किसिमले चुनिएका उपत्यका वरपरका पाँचओटा क्याम्पसका २५ ओटा शोध प्रतिवेदनहरूलाई नमुनालिएर गुणात्मक ढाँचा र वर्णनात्मक विधि अवलम्बन गरीक्षेत्रकार्य र पुस्तकालयीय अध्ययनबाट सङ्कलित सामग्रीको विश्लेषणबाट निष्कर्षमा पुगिएको छ । यस अध्ययनबाट उक्त शोध प्रतिवेदनहरू एपिए शैलीमा आधारित रहे पनि त्यसको पूर्ण पालना हुन नसकेको, शोध प्रतिवेदन लेखनमा विभिन्न संस्थाहरूका बिच र अझ एउटै संस्थाका विभिन्न निकायहरूका बिचमा समेत एकरूपताको अभाव रहेको, निर्दिष्ट शैलीको सबैभन्दा कम अनुपालन शीर्षक रखाइ, सन्दर्भाङ्कन र शोधसार लेखनमा अनि सबैभन्दा बढी यसको छपाइमा भएको देखिएको छ । त्यस्तै शोध प्रतिवेदनहरूको विधि तथा प्रव्रिmयाअति छोटो, कतिपयमा त अपूर्ण रहेको अनि सम्बद्ध साहित्यको पुनरावलोकन पक्ष पनि अपूर्ण र कमजोर रहेको देखिन्छ । यसबाट शोध प्रतिवेदनहरूमा एकरूपता कायम गर्र्नेतर्फ शोधार्थीलगायत सम्बन्धित निकाय सबै सजग हुनुपर्ने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.