शोधसार लेखनको सैद्धान्तिक अवधारणा र प्रयोग

Authors

  • केशव भुसाल

DOI:

https://doi.org/10.3126/ire.v6i1.43433

Abstract

प्रस्तुत लेख अनुसन्धान तथा भाषिक अनुसन्धानको एक महŒवपूर्ण पक्ष शोधसार लेखनमा आधारित रहेको छ । यसअन्तर्गत शोधसार लेखनको सैद्धान्तिक परिचय र त्यसको प्रयोगबारे चर्चा गरिएको छ । शोधसार लेखनको परिचय दिनु, शोधसारका प्रकारहरू प्रस्तुत गर्नु, शोधसार लेखनमा ध्यान दिनुपर्ने कुराहरू उल्लेख गर्नु, शोधसारका अङ्गहरूको व्याख्या गर्नु र शोधसारको नमुना प्रस्तुत गर्नु यस लेखका मुख्य उद्देश्य रहेका छन् । प्रस्तुत लेखमा शोधसारबारे चर्चा गरिएका अङ्ग्रेजी सैद्धान्तिक सामग्रीहरूको सूक्ष्म अध्ययन गरिएको छ । जसका आधारमा शोधसार लेखन निश्चित विधि र प्रक्रियामा आधारित हुने, शोधसार लेखनमा यसका सैद्धान्तिक पक्षमा विशेष ध्यान दिनुपर्ने, व्याख्यात्मक, सूचनामूलक, समालोचनात्मक, चित्रात्मक आदि यसका मुख्य प्रकार हुने, परिचय, अध्ययन विधि वा प्रक्रिया, प्राप्ति र निष्कर्ष यसका मुख्य अङ्गका रूपमा रहने लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनमा गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । यस अध्ययनबाट अनुसन्धान तथा भाषिक अनुसन्धान विषय शिक्षण गर्ने शिक्षक, अनुसन्धानरत विद्यार्थी एवम् अनुसन्धानका क्षेत्रमा क्रियाशील जोकोहीलाई पनि शोधसारको प्रकृति, यसको लेखन तथा प्रयोग–व्यवहारबारे जानकारी प्राप्त गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
205
pdf
194

Downloads

Published

2021-06-30

How to Cite

केशव भुसाल. (2021). शोधसार लेखनको सैद्धान्तिक अवधारणा र प्रयोग. Interdisciplinary Research in Education, 6(1), 153–164. https://doi.org/10.3126/ire.v6i1.43433

Issue

Section

Research Article