माध्यमिक तहमा सामाजिक अध्ययन शिक्षणको अवस्था

Authors

  • Tej Prasad Sigdel

Keywords:

समाज, संस्कृति, सामाजिक अध्ययन, एकीकृत विषय, समकालिन मुद्दाहरु, सामाजिक घटनाहरु

Abstract

मनिसलाई समय सापेक्ष तथा समाज सापेक्ष बनाउने शिक्षा नै सामाजिक शिक्षा अथात् सामाजिक अध्ययन हो । सामाजिक अध्ययन अन्तर्गत इतिहास, भूगोल, राजनितिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, संस्कृति, सामाजिक मनोविज्ञान, स्वास्थ्य, जनसख्या शिक्षा, समकालिन मुद्दाहरु तथा सामाजिक घटनाहरु, भाषा साहित्य आदि विषयहरु समावेश हुन्छन् । सामाजिक अध्ययनको आधार स्तम्भको रुपमा मानविय सम्बन्ध, समकालिन समाज तथा सामाजिक विज्ञानलाई लिने गरिन्छ । नेपालको सन्र्दभमा माध्यमिक शिक्षा पाठ्यक्रम २०५५ लागु भएपछि इतिहास, भूगोल, राजनीतिकशास्त्र, नागरिकशास्त्र तथा अर्थशास्त्र आदि बिषयका विषयवस्तुलाई समावेश गरी एकीकृत विषयको रुपमा सामाजिक अध्ययन विषयको पाठ्यक्रम निमार्ण गरी अनिवार्य विषयको रुपमा पठनपाठन हुदै आएको छ । यसरी एकीकृत पाठ्यक्रम अनुसार तयार पारिएको माध्यमिक तहको सामाजिक अध्ययन विषयको शिक्षण कार्य चुनौतिपूर्ण छ । यसै सन्र्दभमा माध्यमिक तहको सामाजिक अध्ययन विषय शिक्षणको लागि आवश्यक जनशक्ति उपलब्धताको अवस्था, शिक्षण सामग्रीको उपलब्धताको अवस्था तथा शैक्षिक उपलब्धिको अवस्था पत्ता लगाउने उद्देश्यले ४ वटा सामुदायिक माध्यमिक विद्यालय र ती विद्यालयका प्रधानाध्यापक तथा सामाजिक शिक्षकहरुलाई नमुनाको रुपमा छनोट गरी अन्तर्वार्ता प्रश्नावाली, रुजुसूची, अवलोकन तथा विद्यालयको अभिलेख अध्ययनको माध्यमबाट संकलित प्राथमिक तथ्याङ्कमा आधारित भएर यो लेख तयार पारिएको छ । यस लेखमा सामुदायिक माध्यमिक विद्यलयहरुमा सामाजिक अध्ययन विषय शिक्षण गर्नको लागि सामाजिक विज्ञान समुहबाट विशिष्टिकरण हासिल गरेका विषयगत शिक्षकहरु उपलब्ध नभएको, सामाजिक अध्ययन विषय शिक्षण गर्दा आवश्यक पर्ने शैक्षिक सामग्रीहरु विद्यालयमा पर्याप्त मात्रा उपलब्ध नभएका र उपलब्ध भएका कतिपय शिक्षण सामग्रीहरुको भौतिक अवस्था नाजुक र प्रयोगमा ल्याउन नसकिने अवस्थामा रहेका तथा एसइइ परीक्षामा अन्य अनिवार्य विषयको तुलनामा सामाजिक अध्ययन विषयको औसत प्राप्ताङ्क कम आउने गरेको र त्यसका विभिन्न कारणहरुमध्ये एउटा कारण विषयगत शिक्षक उपलब्ध नहुन पनि भएको निश्र्कष निकालिएको छ ।

Abstract
9499
pdf
0

Downloads

Published

2019-12-31

How to Cite

माध्यमिक तहमा सामाजिक अध्ययन शिक्षणको अवस्था. (2019). Interdisciplinary Research in Education, 4(2), 208-214. https://doi.org/10.3126/ire.v4i2.27940

Issue

Section

Articles

How to Cite

माध्यमिक तहमा सामाजिक अध्ययन शिक्षणको अवस्था. (2019). Interdisciplinary Research in Education, 4(2), 208-214. https://doi.org/10.3126/ire.v4i2.27940