कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan

Authors

  • उमेश Umesh काफ्ले Kafle शिक्षाशास्त्र केन्द्रीय विभाग (नेपाली) त्रिभुवन विश्वविद्यालय, काठामाडौं Central Department of Education, TU. Kirtipur

Keywords:

भाषा, Bhasha, परीक्षण Parikshan, प्रारूप Prarup, सक्षमता Sakshamata, सम्पादन sampadan, Kathmandu

Abstract

प्रस्तुत लेख कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षणसँग सम्बन्धित छ । यस अध्ययनमा काठमाडौँ जिल्लाको कक्षा १० मा अध्ययनरत ४० जना विद्यार्थीलाई नमुनाको रूपमा लिइएको छ । लैङ्गिकता, भाषिक पृष्ठभूमि र विद्यालय प्रकृतिलाई आधार बनाई तथ्याङ्कशास्त्रीय विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । विद्यार्थीको सक्षमतालाई विषयवस्तुको सङ्गठन, भाषा र व्याकरण, शब्दचयन र पुनरावृत्ति, प्रस्तुतीकरण, प्रारूप र शैली तथा स्पष्टताका आधारमा अङ्कन गरी परीक्षण गरिएको छ । समग्रमा विद्यार्थीको भाषा सम्पादन सक्षमता ५०.६२ प्रतिशत रहेको छ । छात्रा, पहिलोभाषी र संस्थागत विद्यालयका विद्यार्थीको भाषा सम्पादन राम्रो रहेको देखिन्छ । स्पष्टता, विषयवस्तुको सङ्गठन र भाषा तथा व्याकरणमा विद्यार्थीको सक्षमता पनि मध्यम स्तरको देखिए पनि शब्दचयन र पुनरावृत्ति (४१.८७%) तथा प्रस्तुतीकरण, प्रारूप र शैलीमा भने कमजोर देखिएको छ । यसर्थ विद्यार्थीले लेख्य सामग्रीको पुनः परिष्कार, पुनः परिमार्जन र सम्पादन गर्न सक्ने सीपको विकास गर्न आवश्यक रहेको तथ्य पुष्टि हुन्छ । यस अध्ययनले भाषा सम्पादन सक्षमताप्रति चासो राख्ने सम्पूर्ण सरोकारवालालाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

Abstract
1471
pdf
0

Author Biography

उमेश Umesh काफ्ले Kafle, शिक्षाशास्त्र केन्द्रीय विभाग (नेपाली) त्रिभुवन विश्वविद्यालय, काठामाडौं Central Department of Education, TU. Kirtipur

उप–प्राध्यापक, (नेपाली) Deputy Professor

 

Downloads

Published

2019-09-23

How to Cite

काफ्ले Kafle उ. U. (2019). कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan. Interdisciplinary Research in Education, 4(1), 87-98. https://doi.org/10.3126/ire.v4i1.25738

Issue

Section

Articles

How to Cite

काफ्ले Kafle उ. U. (2019). कक्षा दशमा अध्ययनरत विद्यार्थीको भाषा सम्पादन सक्षमताको परीक्षण Kakshya dashma Adhyanrat Biddhyarthiko Bhasha Sampadan Sakshyamatako Parikshan. Interdisciplinary Research in Education, 4(1), 87-98. https://doi.org/10.3126/ire.v4i1.25738