प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरुको बुझाइ Prarambhik Tahama Matribhjashamaa Shikshyaprati Sarokarwalaharuko Bujhai

Authors

  • गीता Geeta खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग (नेपाली) त्रिभुवन विश्वविद्यालय, काठमाडौं Central department of education, TU. Kirtipur

Keywords:

मातृभाषा, Matribhasha, बहुभाषिक कक्षा, Bahubhashik kakshya, संज्ञानात्मक विकास जातीय पहिचान, एक भाषिक सोच, Ek Bhashik Soch, बहुभाषिक सोच, Bahubhashik Soch

Abstract

प्रस्तुत अध्ययनको उद्देश्य प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरूको बुझाइ पत्ता लगाउनु हो । यो अध्ययन स्थानीय मातृभाषा शिक्षाको माध्यम हुनुपर्छ भन्ने अभिमत
सङ्कलनमा आधारित भएर गरिएको छ । गुणात्मक ढाँचामा गरिएको यो अध्ययन व्याख्यात्मक प्रकृतिको छ । असंभावनात्मक नमुना छनौट विधिद्वारा छानिएका सरोकारवालाहरुसँगको अन्तर्वार्ताबाट र विद्यालयका शैक्षिक गतिविधिको अवलोकनबाट सूचना सङ्कलन गरिएको छ । यसमा स्थानीय मातृभाषाका रूपमा नेवारी भाषालाई लिइएको छ । नेवारी भाषालाई माध्यम भाषाका रूपमा र विषयका रूपमा पढाइने गरेका दुईओटा विद्यालयमा आधारित भएर सामग्री सङ्कलन गरिएको छ ।
बहुभाषिक मिश्रित समाजमा रहेको विद्यालयमा एउटा स्थानीय भाषालाई माध्यम र विषयका रूपमा शिक्षण गर्दा अन्य मातृभाषी विद्यार्थीको अवस्था के हुन्छ, उनीहरूका लागि कस्तो सोच बनाइएको छ भन्ने कुराको खोजी गरिएको छ । अध्ययनबाट एक वा द्विभाषिक कक्षाका लागि मातृभाषामा शिक्षा दिन सकिए पनि बहुभाषिक कक्षामा स्थानीय मातृभाषामा शिक्षा दिँदा स्थानीयहरूमा आफ्नो पहिचानवादी सोच हावी भएको र नीति निर्माण तहमा रहेकाहरूले स्थानीय मातृभाषालाई जोड दिँदा अल्पसङ्ख्यामा रहेका अन्य मातृभाषीहरुले आफ्नो मातृभाषामा शिक्षा पाउनुका सट्टा आफूले नजानेको थप भाषा पढ्न बाध्य हुनुपर्ने अवस्था देखिएको छ ।

Abstract
962
pdf
0

Author Biography

गीता Geeta खनाल Khanal, शिक्षाशास्त्र केन्द्रीय विभाग (नेपाली) त्रिभुवन विश्वविद्यालय, काठमाडौं Central department of education, TU. Kirtipur

उपप्राध्यापक  (नेपाली) Deputy Professor, Nepali

Downloads

Published

2019-09-23

How to Cite

प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरुको बुझाइ Prarambhik Tahama Matribhjashamaa Shikshyaprati Sarokarwalaharuko Bujhai. (2019). Interdisciplinary Research in Education, 4(1), 77-86. https://doi.org/10.3126/ire.v4i1.25737

Issue

Section

Articles

How to Cite

प्रारम्भिक तहमा मातृभाषामा शिक्षाप्रति सरोकारवालाहरुको बुझाइ Prarambhik Tahama Matribhjashamaa Shikshyaprati Sarokarwalaharuko Bujhai. (2019). Interdisciplinary Research in Education, 4(1), 77-86. https://doi.org/10.3126/ire.v4i1.25737