सम्पादकीय (Editorial)

Authors

  • उमेश कुमार Umesh Kumar ढकाल Dhakal
  • खिल राज Khil Raj राई Rai
  • गङ्‍ग बहादुर Ganga Bahadur थापा Thapa
  • गौरव Gaurav पन्थी Panthi
  • अबिलाल Abilal राई Rai

Abstract

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रशासन जर्नल प्रकाशन सम्बन्धी कार्यविधि, २०८० बमोजिम प्राज्ञिक जर्नलको रुपमा प्रशासन जर्नलको १३८औँ अङ्क प्रकाशित भएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक व्यवस्थापन, सार्वजनिक नीति तथा विकास नीति, विकास प्रशासन तथा व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास, शासन प्रणाली, शासकीय सुधार, सुशासन, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासनमा सदाचार, शिष्टाचार र सकारात्मक सोँच लगायत समसामयिक अन्य विषयहरुलाई जर्नलमा समावेश गर्ने कार्यविधिको व्यवस्था बमोजिम विभिन्न विचारमूलक तथा अनुसन्धानमूलक/तथ्यमूलक लेख यस अङ्कमा समावेश गरी पाठकसमक्ष पुर्‍याउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ।    

जर्नलमा प्रकाशित लेख/रचनाको विषयविज्ञ समीक्षा (Peer Review) तथा बौद्धिक चोरी परीक्षण (Plagiarism Check) सहित प्रकाशित यस जर्नल प्राज्ञिक क्षेत्रको रोजाईमा पर्ने विश्वास हामीले लिएका छौँ। डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै प्राज्ञिक क्षेत्रको पहुँचमा पुर्‍याउन जर्नललाई विगतदेखि नै NepJOL (Nepal Journals Online) मा आबद्ध गरिएको छ। यसले गर्दा जर्नलप्रतिको रुचिमा बढोत्तरी भएको हामीले पाएका छौँ। यस अङ्कका लेखहरुको भाषा सम्पादन गरिदिनु भएका त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. भीमलाल गौतमप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।  

सार्वजनिक चासो र सरोकारहरुलाई नजिकबाट हेर्दै आउनु भएका बौद्धिक पाठकहरूको रोजाइमा यस जर्नललाई पुर्‍याउन समयानुकूल परिमार्जन र परिस्कृत गरिँदै आइएको छ। आगामी दिनमा यस जर्नललाई  अझ पठनीय बनाई उचाईमा पुर्‍याउन सार्वजनिक प्रशासन सम्बद्ध अध्ययन अनुसन्धानमा रुचि राख्ने सबै बौद्धिक वर्ग तथा पाठकहरूका पृष्ठपोषण, सद्‍भाव र सहयोग हाम्रा लागि मार्गदर्शन हुनेछन्।

Downloads

Download data is not yet available.
Abstract
30
PDF
31

Author Biographies

उमेश कुमार Umesh Kumar ढकाल Dhakal

प्रधान सम्पादक, प्रशासन जर्नल तथा सहसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

खिल राज Khil Raj राई Rai

कार्यकारी सम्पादक, प्रशासन जर्नल तथा उपसचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गङ्‍ग बहादुर Ganga Bahadur थापा Thapa

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

गौरव Gaurav पन्थी Panthi

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

अबिलाल Abilal राई Rai

सम्पादक, प्रशासन जर्नल तथा शाखा अधिकृत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

Downloads

Published

2023-12-31

How to Cite

ढकाल Dhakal उ. क. U. K., राई Rai ख. र. K. R., थापा Thapa ग. ब. G. B., पन्थी Panthi ग. G., & राई Rai अ. A. (2023). सम्पादकीय (Editorial). Prashasan: The Nepalese Journal of Public Administration, 55(2). Retrieved from https://nepjol.info/index.php/prashasan/article/view/63553

Issue

Section

Editorial