दोस्रो भाषाका रूपमा नेपाली सिकाइ {Learning Nepali as a second language}

Authors

  • झगिन्द्रराज Jhagindraraj ढकाल Dhakal

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47598

Keywords:

सिकाइ, भाषा, भाषिक कठिनाइ, अध्ययन दृष्टिकोण

Abstract

कुनै पनि व्यक्ति विभिन्न कारणले एक भाषा जानिसकेपछि अर्को भाषा सिक्न अग्रसर हुन्छ भने त्यो उसले दोस्रो भाषाका रूपमा सिकिरहेको हुन्छ । त्यही सिक्ने व्रmममा केही अवसर र केही चुनौतिहरू आउने गर्दछन् । भाषा सिक्ने व्रmममा शिक्षक र विद्यार्थीको दृष्टिकोण, व्यक्तिगत र सामूहिक समस्या तथा अप्ठ्याराहरू पर्न जान सक्छन् । यस लेखको उद्देश्य दोस्रो भाषाका रूपमा नेपाली सिक्ने व्रmममा विद्यार्थीहरूलाई पर्ने सहजता तथा जटिलताको अध्ययन गर्नु, शिक्षकले शिक्षणका व्रmममा गर्ने व्यावहार तथा दोस्रो भाषाका रूपमा नेपाली सिक्नुपर्ने कारणका बारेमा खुलाउनु हो । यसैको आधारमा रही दोस्रो भाषाका रूपमा नेपाली सिकाइको अध्ययन विश्लेषण र सैद्धान्तिक रूपरेखाको चर्चा गरिएको छ ।

दोस्रो भाषाका रूपमा नेपाली शिक्षण गर्दा सामाजिक तथा सांस्कृति वातावरण अनुसार गराउनु उपयुक्र्त देखिन्छ । खासगरी दोस्रो भाषाको प्रयोगकर्ताकारूपमा उनीहरूको सामाजिक भूमिकाको निर्वाहलाई प्रभावकारी बनाउन दोस्रो भाषाका रूपमा नेपाली शिक्षणलाई व्यवस्थित गर्नु आवश्यक छ ।

दोस्रो भाषाका रूपमा नेपाली सिकाइका सन्दर्भमा केही अध्ययन अनुसन्धान भएको पाइए तापनि दोस्रो भाषाका रूपमा नेपाली सिक्न आउने विद्यार्थी आफँैले कस्तो अनुभव गरिरहेका छन् ? मातृभाषाले के कस्तो सहयोग पु¥याएको छ ? किन विद्यार्थीहरू आफ्नो मातृभाषा नपढी दोस्रो भाषाका रूपमा नेपाली सिक्न लालायित छन् ? र दोस्रो भाषाका रूपमा नेपाली शिक्षण गर्ने शिक्षकहरूले के कस्तो अनुभव गरिरहेका हुन्छन भन्ने कुराको अध्ययन हालसम्म हुन सकिरहेको देखिँदैन । यस अध्ययनमा उक्त विषयवस्तुका बारेमा चर्चा गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
44
PDF
31

Downloads

Published

2020-12-31

How to Cite

ढकाल Dhakal झ. J. (2020). दोस्रो भाषाका रूपमा नेपाली सिकाइ {Learning Nepali as a second language}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 67–73. https://doi.org/10.3126/sotang.v2i1.47598

Issue

Section

Articles