Sotang, Yearly Peer Reviewed Journal https://nepjol.info/index.php/sotang
Sotang, Yearly Peer Reviewed Journal is published by the Sotan Public Campus (affiliated to Tribhuvan University), Sotang, Solukhumbu, Nepal. It is a blind peer reviewed journal committed to publishing articles/papers on researching, teaching, and learning of multi-disciplinary subjects.
Sotang Multiple Campus en-US Sotang, Yearly Peer Reviewed Journal 2676-1440 स्वास्नीमान्छे नाटकमा स्वैरकल्पना https://nepjol.info/index.php/sotang/article/view/65056
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्याक्सन, मानलोभ, बोर्मनका स्वैरकल्पनासम्बन्धी अवधारणालाई आधार मानी विवेच्य कृतिको विश्लेषण गरिएको छ । यसका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी पाठविश्लेषण गरिएको छ । बालकृष्ण समको स्वास्नीमान्छे नाटकमा नारीराज्यको कल्पना गरी असम्भव क्रियाकलाप प्रस्तुत गरिएको छ । यस नाटकमा चोभारको गुफाबाट पसेको बालकृष्ण नयाँ नारीको राज्यमा पुग्छ जहाँ नारी पुरुषबिच कुनै विभेद देखिँदैन । त्यहाँका नारी आत्मनिर्भर भएको, घुम्न हिमालय पुगेको, आफ्नै देशमा प्रविधिको आविष्कार गरेको र विभेदयुक्त सोच भएका पुरुषबाट भाव परिवर्तन गराई नारी र पुरुषबिच समानता ल्याएको कल्पना नाटकमा गरिएको छ । राम्रो राज्यको कल्पना गरिए पनि पुरुषप्रधान सोच भएका व्यक्तिबाट त्यस कार्यलाई असफल बनाइएको र युद्धमा सबै नारी मारिएको, बालकृष्ण बचेर आफ्नै देश फर्किएका अतिकाल्पनिक घटना नाटकमा प्रस्तुत छन् । यस नाटकमा दुई घण्टाभित्र बालकृष्ण नयाँ राज्यमा पुगी कैयौँ दिन बिताएर फर्किएको घटनालाई अद्भुत रूपमा प्रस्तुत गरिएकाले नाटकमा प्रयुक्त स्वैरकल्पना स्वाभाविक बनेको निष्कर्ष यस अध्ययनको रहेको छ ।
उषा आचार्य Usha Acharya Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 1 13 10.3126/sotang.v5i1.65056 दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन https://nepjol.info/index.php/sotang/article/view/65058
भाषा मानवीय विचार विनिमयको सबैभन्दा प्रभावकारी र वैज्ञानिक माध्यम हो । नेपालमा हाल १२४ मातृभाषा बोलिन्छन् । यी भाषाहरूमध्ये सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको अधिकांश ठाउँहरूमा दार्चुलेली भाषा प्रयोग व्यवहारमा रहेको छ भने बैतडेली जिल्लाको अधिकांश भागमा बैतडेली भाषा प्रयोग व्यवहारमा रहेको छ । प्रस्तुत लेखको उद्देश्य दार्चुलेली र बैतडेली भाषामा रहेको समानता र असमानता पत्ता लगाउनु रहेको छ । उल्लिखित उद्देश्य प्राप्तिका लागि गुणात्मक अनुसन्धान विधिको उपयोग गरिएको छ । यसका लागि तुलनात्मक भाषाविज्ञानको समकालीन पद्धतिअनुरूप आधारभूत शब्दसूचीका आधारमा दार्चुलेली भाषा र बैतडेली भाषाको तुलनात्मक अध्ययन गरिएको छ । प्रस्तुत लेखका लागि प्राथमिक सामग्री सङ्कलन गर्न दार्चुलेली मातृभाषी वक्ताहरूसित अन्तर्वार्ता लिइएको छ भने द्वितीयक सामग्रीका सङ्कलनका लागि भाषा, भाषाविज्ञानका सैद्धान्तिक पुस्तकहरू, बैतडेली भाषाको व्याकरणात्मक अध्ययन गरिएको शोधप्रबन्धको उपयोग गरिएको छ । यसरी दार्चुलेली र बैतडेली भाषाको तुलनात्मक अध्ययन गर्दा २१० आधारभूत शब्दसूची प्रयोग गरिएको छ । ती शब्दसूचीमध्ये ७९.०४ प्रतिशत शब्द समान र २०.९५ प्रतिशत शब्द असमान भेटिए । प्रस्तुत तथ्यले दार्चुलेली र बैतडेली भाषाका आधारभूत शब्दसूचीमा भिन्नता भएपनि निकट सम्बन्ध रहेको देखिन्छ । यो लेख तुलनात्मक भाषाविज्ञानमा रुचि राख्ने तथा दार्चुलेली र बैतडेली भाषाका अध्येताहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।
गोकर्ण जोशी Gokarna Joshi Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 14 27 10.3126/sotang.v5i1.65058 नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण https://nepjol.info/index.php/sotang/article/view/65059
नारीवादी दृष्टिकोणले मसान नाटकको विश्लेषण शीर्षकमा तयार पारिएको प्रस्तुत लेखमा नारीवादका मान्यताका आधारमा नाटकमा प्रयुक्त नारी पात्रले भोगेको उत्पीडनको अवस्था विश्लेषण गरिएको छ । पाश्चात्य जगत्मा नवीन समालोचना पद्धतिका रूपमा देखिएको नारीवादले साहित्यिक कृतिमा नारी पात्रको भूमिका, अवस्था विश्लेषण गर्छ । यसले नारीमाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अध्ययन गहन रूपले गर्छ । यस आलेखमा मसान’ नाटकमा नारी पात्रले भोगेको विभेद र उत्पीडनको अवस्था कस्तो छ ? भन्ने समस्यामा आधारित भई नाटकका पात्रमा तत्कालीन नेपाली समाजमा नारीहरूले भोगेका समस्याको विश्लेषण गर्ने उद्देश्य राखिएको छ । पुस्तकालय विधिबाट सामग्री सङ्कलन गरी तयार पारिएको यस लेखमा वर्णनात्मक विधि प्रयोग गरी तथ्य विश्लेषण गरिएको छ । यस लेखले मसान नाटकमा रहेको नारी उत्पीडनको अवस्थालाई शुक्ष्म ढङ्गले केलाउनुका अतिरिक्त नेपाली साहित्यका अन्य कृतिहरुमा नारी विभेदको विश्लेषणमा सहयोग गर्ने ठानिएको छ । लेखभित्र तत्कालीन समाजमा लिङ्गगत विभेदका कारण नारीहरूले भोग्नुपरेका उत्पीडनको विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । नाटकमा तत्कालीन समाजमा लिङ्गका आधारमा नारीहरूले सामाजिक न्याय पाउन सकेका छैनन् । यस्तो अन्याय र उत्पीडनको आधार पितृसत्तात्मक समाज र पुरुष हैकमका कारण समाजमा निर्मित भएको लिङ्गविभेद रहेको छ । यस नाटकका लेखक पनि नारी यथार्थको चित्रणमा सीमित रहेको र उनले नारीलाई सकारात्मक विभेद गर्न नसकेको कुरालाई यसमा उल्लेख गरिएको छ ।
प्रकाशचन्द्र खत्री Prakash Chandra Khatri Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 28 37 10.3126/sotang.v5i1.65059 ताप्लेजुङ स्थित पाथिभरा देवस्थलको सांस्कृतिक सम्पदा https://nepjol.info/index.php/sotang/article/view/65060
ताप्लेजुङ जिल्लाको सदरमुकाम फूङलिङ बजारदेखि करिब साढे उन्नाईस किलो मिटर उत्तर ३७९४ मीटर अग्लो पहाडमाथि पाथीभरा देवस्थल रहेको छ । पाथीभरा देवस्थल रहेको डाँडो पाथीमा अन्न भर्दा बन्ने आकृतिसंग दुरुस्तै मिल्ने भएकोले यसको नाम पछिल्लो समयमा पाथीभरा रहेको देखिन्छ । परापूर्व कालदेखि यहाँ बसोवास गर्ने आदिवासी लिम्बू जातिले भने पाथीभरा देवस्थल रहेको पहाडलाई ‘सेमुक्ति मुक्तिगोक वा मुक्कुमलुङ’ नामले पवित्र शक्तिदायिनी पहाडका रुपमा पूज्ने गर्दछन । हाल आएर पाथीभरा देवस्थल किरात, हिन्दू, बौद्ध र बोन धार्मावलम्बीहरुको धार्मिक आस्थाकोे साझा केन्द्रको रुपमा रहेकोले यहाँ हरेक बर्ष हजारौको संख्यामा भक्तजनहरु आउने गर्दछन । यस प्रकारको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस देवस्थलको हालसम्म व्यवस्थित खोज­अनुसन्धान नहँुदा यसको ऐतिहासिक र सांस्कृतिक पक्षहरु सबैसामु प्रकाशमा आउन सकेको छैन । उक्त पृष्ठभूमिमा यस देवस्थलको स्थापना कहिले भएको थियो ? देवस्थलसँग सम्बन्धित के कस्ता मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरु रहेका छन् ? भन्ने मुख्य अनुसन्धान प्रस्नहरुको जवाफ प्राप्त गर्ने उद्देश्यले प्रस्तुत अध्ययन गरिएको छ । यस अनुसन्धानबाट हालसम्म लुप्त रहेको पाथीभरा देवस्थलको उत्पत्ति र स्थापनाको ऐतिहासिक पक्ष र देवस्थलसँग सम्बन्धित मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरुको प्रकाशन हुनेछ । यो अध्ययन विशेषत अन्वेषणात्मक प्रकृतिको गुणात्मक तथा ऐतिहासिक अध्ययन हो । यसमा आवस्यक प्राथमिक तत्थ्यहरु अवलोकन र अन्तर्वार्ताको माध्यमबाट र द्वित्तीयक तत्थ्यहरु देवस्थलसँग सम्बन्धित प्रकाशित अप्रकाशित पुस्तक, लेख–रचना तथा शोधपत्रहरुबाट संकलन गरिएका छन । यी तत्थ्यहरुलाई ब्याख्या र विश्लेषण गरेर हेर्दा पाथीभरा देवस्थलको स्थापना आजभन्दा करिव एक सय पचहत्तर वर्षअघि वा सो समयको आसपासमा भएको देखिन्छ । प्रारम्भमा यस देवस्थल साधा शिला खडागरी स्थापना गरिएकोमा हाल यहाँ विभिन्न देवीदेवताको शिला तथा धातुका मूर्तिहरु स्थापना गरिएका छन । यस देवस्थलमा रहेका प्रमुख मूर्त सांस्कृतिक सम्पदाहरुमा पाथीभरा देवीको पुरानो साधा ढुङ्गेमूर्ति, धातुबाट बनेको कालीका भगवतीको मूर्ति, गणेशको मूर्ति, भैरवको मूर्ति, दुर्गाको मूर्ति, शिवलिङ्ग, पाटीहरु तथा घण्टीहरु रहेका छन । यस्तै अन्य मूर्त सांस्कृतिक सम्पदाहरुमा यस देवस्थल परिसर रहेको मुक्कुमलुङ यूमामाङको माङहिम, हवन कुण्ड र महागुरु फाल्गुनन्दको शिलाको मूर्ति हुन । यस देवस्थलका अमूर्त सांस्कृतिक सम्पदाहरुमा शक्तिपिठको रुपमा यस देवस्थललाई पूजिने विश्वास र परम्परा, पशुपंक्षीको भोगबली वा विना भोगबली पनि फलफूल चढाई देवीको पूजाआजा गर्ने प्रचलन, पाथीभरा देवीको दर्शन गरेमा सन्तान प्राप्ति, व्यपार वृद्धि , रोगव्याधी उन्मुलन ,आफुलाई परेको दुख र समस्याबाट मुक्ति भई परिवारमा आरोग्य, ऐश्वर्य र चिरायु प्राप्ति हुने भक्तजनहरुको विश्वास र यस देवस्थलमा विशेषत दशैंको नौरथा, चैते दशै र चण्डिपूणर््िामाको समयमा लाग्ने जात्रा–पर्वहरु मुख्य रुपमा रहेका छन ।
भूपाल कुमार सेन्दाङ Bhupal Kumar Sendang Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 38 52 10.3126/sotang.v5i1.65060 नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता https://nepjol.info/index.php/sotang/article/view/65061
नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखन क्षमता नै यस लेखको शीर्षक हो । त्रिभुवन विश्वविद्यालय, स्नातक तह, नेपाली शिक्षामा अध्ययनरत जम्मा २१ जना विद्यार्थीलाई मात्र यस लेखमा नमुनाका रूपमा लिइएको छ । यस लेखमा उक्त नेपाली शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको मात्र तार्किक लेखन क्षमताको परीक्षण तथा विश्लेषण गर्ने उद्देश्य राखिएको छ । अध्ययनका लागि अनुच्छेदभित्रको तर्क प्रस्तुतिभित्र दाबी, प्रमाण, उदाहरण, सहयोगी वाक्य तथा शब्द र पुष्टि, तर्कको पक्ष तथा विपक्षलाई विश्लेषणको अध्ययनीय वस्तु बनाइएको छ भने   समग्रता र भाषिक पृष्ठभूूमिलाई अध्ययनको आधार बनाई तथ्याङ्कशास्त्रीय मध्यमान र प्रतिशत विधिद्वारा व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । यस अध्ययनको प्राप्तिअनुसार नेपाली शिक्षाका विद्यार्थीको तर्कको दाबी गर्ने क्षमतामा ६३ प्रतिशत तथा तर्कको प्रमाण तथा सन्दर्भमा ७७.३८ प्रतिशत क्षमता रहेको पाइएको छ । साथै तर्कको पुष्टि गर्ने क्षमता ६७.८५ प्रतिशत रहेको पाइएको छ भने तर्कको उदाहरण तथा तथ्य प्रस्तुति दिने क्षमतामा ५८.३३ प्रतिशत पाइएको छ । यसैगरी तर्कको पक्ष तथा विपक्ष प्रस्तुत गर्ने क्षमता ५९.५२ प्रतिशत रहेको पाइएको छ । समग्रमा नेपाली शिक्षाका विद्यार्थीको तार्किक लेखनको क्षमता ६५.२१% प्रतिशत रहेको छ । त्यसैगरी भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी विद्यार्थीको औसत क्षमता ७३.५१ प्रतिशत रहेको पाइएको छ भने नेपाली विमातृभाषी विद्यार्थीको औसत क्षमता ७७.९५ प्रतिशत रहेको पाइएको छ । लेखाइ सिपको विशिष्ट अभ्यासका रूपमा तार्किक लेखनलाई लिइने भएकाले विद्यार्थीले लेखन अभ्यासमा एकरूपता, प्राज्ञिक प्रकृतिको तार्किक ढाँचा, परिष्कृत भाषाशैली तथा तथ्ययुक्त लेखनको अभ्यासमा बढी जोड दिनुुपर्ने देखिन्छ । स्थलगत सर्वेक्षण तथा कक्षा अवलोकन विधिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको यस लेखमा परिमाणात्मक अध्ययन पद्धतिलाई अपनाइएको छ । प्राज्ञिक प्रकृतिको तार्किक लेखन जस्तो विशिष्ट प्रकृतिको लेखनमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूले अलि बढी ध्यान दिनुपर्ने देखिन्छ र ती सरोकारवालाहरूलाई यस अध्ययनले तार्किक तथा स्तरीय लेखनका सवालमा सहयोग पुुर्याउने देखिएको छ ।
शक्तिराज नेपाल Shakti Raj Nepal Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 53 67 10.3126/sotang.v5i1.65061 विप्लवी उपन्यासमा लैङ्गिक पहिचान र प्रतिनिधित्व https://nepjol.info/index.php/sotang/article/view/65062
प्रस्तुत अध्ययनमा सानु शर्माको विप्लवी उपन्यासमा अभिव्यक्त विचारलाई साहित्य समालोचना पद्धतिका प्रचलित अवधारणामध्ये लैङ्गिक पहिचान र प्रतिनिधित्वलाई आधार बनाई विश्लेषण गरिएको छ । जुडिथ बटलर, आल्थुसरका पहिचान र प्रतिनिधित्वसम्बन्धी अवधारणालाई आधार बनाई विवेच्य कृतिको विश्लेषण गरिएको छ । विश्लेषणका लागि पुस्तकालयीय अध्ययनका आधारमा सामग्री सङ्कलन गरी निगमनात्मक विधि अपनाई पाठविश्लेषण गरिएको छ । शर्माको विप्लवी उपन्यासमा पुरुषले नारीलाई कसरी आर्थिक, मानसिक र शारीरिक शोषण गर्छ भन्ने कुरा लैङ्गिक पहिचान र प्रतिनिधित्वका माध्यमबाट प्रस्तुत गरिएको छ । यसका साथै नारीहरूले सुरुमा बोल्न नसके पनि बिस्तारै अन्यायका विरुद्ध उत्रिएर आफ्ना आवाज बाहिर ल्याउन खोजेको, उनीहरूमा बिस्तारै आफ्नो अस्तित्व बारे चेतना विकास भएको कुरालाई उपन्यासमा प्रस्तुत गरिएको छ । समाजमा विद्यमान लैङ्गिक विभेदका कारण नारीहरू सधैँ पुरुषको अधीनमा बस्नुपर्ने कुरालाई नकारेर नारी पनि पुरुषसरह अघि बढ्न सक्छन् र आफ्नो पहिचान र प्रतिनिधित्वका लागि आफै कदम उठाउन सक्छन् भन्ने विचार उपन्यासमा प्रकट भएको निष्कर्ष यस अध्ययनको रहेको छ ।
सरस्वती पाण्डे Sharaswoti Pandey Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 68 76 10.3126/sotang.v5i1.65062 ‘सुनामी’ कथाको समाजपरक अध्ययन https://nepjol.info/index.php/sotang/article/view/65064
प्रस्तुत अध्ययन “सुनामी” कथाको सामाजपरक अध्ययनमा केन्द्रित रहेको छ । आठ वर्षको उमेरमा कथा विधामा प्रवेश गरेकी इल्या भट्टराईले “अनि””....कथा सङ्ग्रहमा सङ्ग्रहीत उत्कृष्ट कथा “सुनामी” रचना गरेकी छिन् । कथामा नारी स्वतन्त्रताको चाहाना राख्ने आधुनिक, समसामयिक, सामाजिक यथार्थको चित्रण गर्ने कथाकारको रूपमा परिचित छिन् । यस अध्ययनमा जाति, क्षण र परिवेशको आधारमा सुनामी कथाको सामाजपरक अध्ययन गरिएको छ । यस सुनामी कथाको अध्ययन गर्न कथाका समाजपरक   पक्षहरूलाई जाति,क्षण र परिवेशलाई समाजसँग जोडेर खोजी गरी त्यस आधारमा विश्लेषण नहुनु यस अध्ययनको समस्या देखिएको छ । सुनामी कथाको जाति क्षण र परिवेशका आधारमा सामाजपरक अध्ययन गर्नु यस अध्ययनको उद्देश्य बनेको छ । यो गुणात्मक अध्ययनमा पुस्कालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । प्राथमिक स्रोतको रूपमा सुनामी कथा रहेको छ भने द्धितीयक स्रोतको रूपमा पूर्वकार्य,लेख रचना,पत्रपत्रिका,शोध सामग्री,सन्दर्भ पुस्तक र अध्ययन विश्लेषणबाट प्राप्त तथ्यलाई तर्क र प्रमाणको आधारमा पुष्टि गरिएको छ । समाजका यथार्थ मान्यतालाई प्रभावकारी ढङ्गले देखाइएको छ । सुनामी कथालाई जाति क्षण र परिवेशको आधारमा सामाजिक धरातलमा राखेर अध्ययन गर्न सक्नु नै निष्कर्ष रहेको छ । प्राकृतिक प्रकोपबाट समयमै बचेर सामाजिक र पारिवारिक सम्बन्ध जोगाउनुपर्ने देखिएको छ ।
हिमा पौडेल Hima Paudel Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 77 87 10.3126/sotang.v5i1.65064 पूर्वीय भाषिक चिन्तन परम्परामा त्रिमुनिका योगदान https://nepjol.info/index.php/sotang/article/view/65065
प्रस्तुत लेख त्रिमुनि को हुन् र पूर्वीय भाषिक चिन्तन परम्परामा उनीहरूको योगदान के हो ? भन्ने मूल प्रश्नका उत्तर खोज्ने कार्यमा केन्द्रित लेख पुस्तकीय अध्ययनकै आधारमा तयार पारिएको हो । पाणिनि, कात्यायन र पतञ्जलि   पूर्वीय भाषिक चिन्तन परम्परामा केन्द्रीय व्यक्तित्त्व हुन् । पाणिनी विश्वकै सर्वाधिक वैज्ञानिक व्याकरण ग्रन्थ अष्टाध्यायीका रचनाकार हुन् । कात्यायन पाणिनीय व्याकरणका सम्पादक, र आदर्श व्याख्याता हुन् । कात्यायनको वार्तिक पाठ पाणिनिको अष्टाध्यायीलाई पूर्ण बनाउन रचिएको ग्रन्थ हो । पूर्वीय व्याकरण परम्परामा पाणिनिको चिन्तनमा पूर्णता ल्याउन नै कात्यायनको उपस्थिति भएको, पूर्वीय व्याकरण सूत्रको वैज्ञानिक प्रतिपादन पाणिनिले गरेका, अपूर्णता र अष्पस्टतालाई हटाएर स्पष्ट पार्ने काम वर्तिककार कात्यायनले गरेका र पतञ्जलिले योग दर्शन भन्ने गन्थ्र प्रकाशन गरी योगलाई जीवनसँग जोड्दै योगाभ्यासका सूत्रहरू प्रतिपादन गरेर योग शिक्षा मार्फत, भाषिक चिन्तनलाई उजागर गरेका जसले भाषिक चिन्तनका निष्कर्षहरू लोकसमाजमा प्रस्तुत हुन गई व्यवहारिक जीवनमा प्रयोग ब्यवहार हुन थालेको भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ ।
हेरम्वराज बास्तोला Heramba Raj Bastola Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 88 97 10.3126/sotang.v5i1.65065 Consumers Preference towards Various Brands of Noodles in Kathmandu Valley https://nepjol.info/index.php/sotang/article/view/65067
This topic of study aims at finding out whether the consumers’ expectations of matched their satisfaction level on the basis of quality products provided by Noodles companies (i.e. RARA, WAI-WAI, MAYOS, YUM YUM and 2PM). So, the research is to study the preference of the consumers and their satisfaction level. A survey design with a questionnaire tool was used for collecting data with a view to remaining competitive leading position and for businesses to grow, product quality and consumers’ preference are key ingredients. These two paradigms are rather different concepts; however, they are closely correlated. The purpose of this study was to describe how consumers perceive product quality whether they are satisfied with product/Noodles offered by the stated/sample companies. The thrust of this study was to compose an assessment of product quality and consumer satisfaction of the companies. The questionnaire was distributed using a convenience sampling technique among 150 respondents in the Kathmandu Valley. From the analysis, it was found that the overall product quality offered by the companies WAI-WAI and RARA was relatively higher than others. Further, the analysis proved that the dependency of consumer satisfaction on the quality of product and value for money had high positive correlation. As such, it appears that the most of the Noodles companies need to be very much concerned with the satisfaction of consumers by offering quality products with reasonable prices. The researcher makes a few recommendations based on the findings of the study. First of all, the management of the companies should pay attention to improve the product quality and other factors which may lead to consumer satisfaction thereby improving its performance and the overall brand image and profitability of the companies.
Tulsi Tamang Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1 98 112 10.3126/sotang.v5i1.65067 Editorial Vol.5(1) https://nepjol.info/index.php/sotang/article/view/65055
It is our great pleasure that we have come to you with one more issue of its Yearly Peer Reviewed Journal 'Sotang'. As it is the publication of Sotang Public Campus, Sotang, Solukhumbu, Nepal, the campus feels extrmeely proud of its faculty members the other faculties from outside for their grat contribution with their resercch works.

Teachers with their research articles have proved themselves that they not only impart or disseminate the subject matters included in the course books but also carryout scholarly research that help in the production of knowledge on their own. However making research and finding out something newer than that of the existing knowledge is not an easy task; it needs a great devotion, intensive study of related literature and a great deal of time and our faculty members, the real gems of Sotang Public Campus and all the other guest scholars have done it to bring the dream of the campus of continue its publication true.

This journal is a spectrum of various research works that includes a variety of research articles from diffrent fields of disciplines such as literature, language, pedagogy, management, health, publication etc. The combined feature of them have made the journal a really an interdisciplinary, a sotang coering a wider range of knowledge of various fields have made it true to its name due to its nature, words and spirit. We hope such diversity of knowledge will certainly provide different tastes to the readers of it.

The editorial board finally expresses its gratitude to all respected professors who reviewed all researchable articles and contributed to this journal with their research works without which the publication of this would not be possible. Beside these all the other helping hands that include the other faculty members of the campus, campus administration, campus management committee all deserve our sincere thanks for their timely cooperation, and contribution. We hope even in the days to come, such cooperation, contribution and dedication from all will be available for the continuity of this publication.

Thank You.
Rishi Ram Sharma Copyright (c) 2023 Sotang Public Campus 2023-12-31 2023-12-31 5 1