नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति {Language policy, planning and its challenges in Nepal}

Authors

  • हेरम्बराज Herambaraj बास्तोला Bastola Mahendra Ratna Campus, Tahachal, TU

Keywords:

मुख्य शव्द ः भाषिक अवस्था, बहुभाषिक नीति, भाषायोजना, चुनौति ।

Abstract

नेपालको वर्तमान भाषा नीति र योजना कस्तो छ र यसको कार्यान्वयनका लागि केकस्ता चुनौतिहरू छन् ? यी दुई समस्यामा आधारित उद्देश्य तय गरी प्रस्तुत लेख तयार पारिएको छ । भाषामा भौगोलिक सामाजिक, लैङ्गिक आर्थिक उमेरगत परिवेशगत तथा प्रयोगगत रूपमा विविधता सिर्जना हुन्छ । जाति तथा भाषाका आधारमा प्रत्येक समूहका आफ्ना सामाजिक सांस्कृतिक भाषिक र अन्य प्रचलित विशेषताहरू रहेका हुन्छन् । यस्ता विशेषता सुरक्षित राख्न सर्वप्रथम भाषाकै सुरक्षा अपरिहार्य हुन्छ । राज्यको भाषिक अवस्थिति अनुरूप भाषा सम्बन्धी राज्यले लिने भाषा नीति तथा योजनाले भाषिक विविधता संरक्षणमा प्रमुख भूमिका खेल्दछ । भाषाका धेरै भेदहरूमध्ये सम्पर्क भाषाका रूपमा एउटा भेद कसरी छनोट गर्ने, भाषाको स्तरीय रूप विकास गर्न भाषाको मानकीकरण प्रक्रिया कसरी अघि बढाउने, भाषा नीति तथा योजना निर्माणका क्रममा विभिन्न भाषाभाषीका बीच आपसी समझदारी बनाउदै राष्ट्रिय एकता अभिवृद्धि गराउने गरी साझा माध्यम भाषा कसरी विकसित गर्ने, भाषा देशको सामाजिक र सांस्कृतिक पक्षको सम्वद्र्धनको अपरिहार्यता राज्य पक्षलाई कसरी बुझाउने आदि चुनौति खडा हुन पुग्दछन् । यी सबै चुनौतिको कुशलतापूर्वक सामना गर्न सके मात्र नेपालको बहुभाषिकतालाई महत्त्वपूर्ण राष्ट्रिय सम्पदाका रूपमा संरक्षण र संवद्र्धन गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगिएको छ । यस निष्कर्षका लागि   प्रस्तुत अध्ययनमा पुस्तकीय अध्ययन कार्य गरी विश्लेषणात्मक विधि अपनाइएको छ ।

Abstract
338
PDF
16

Downloads

Published

2020-12-31

Issue

Section

Articles

How to Cite

बास्तोला Bastola ह. H. (2020). नेपालमा भाषा नीति, योजना र त्यसका चुनौति {Language policy, planning and its challenges in Nepal}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 51-58. https://doi.org/10.3126/sotang.v2i1.47596