अनुसन्धान प्रस्तावका आवश्यक अङ्गहरू {Essential Components of a Research Proposal}

Authors

  • दावा Dawa शेर्पा Sherpa Tribhuvan University

DOI:

https://doi.org/10.3126/sotang.v2i1.47592

Keywords:

विशेष शब्दसूची ः गवेषण, प्राविधिक शब्द, पुनरव्याख्या, ब्लुप्रिन्ट, तथ्य सङ्कलन, प्राथमिक स्रोत ।

Abstract

संसारमा देखिएको विभिन्न समस्याको समाधान अनुसन्धानबाटै गरिन्छ । प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा गरिने शोधअध्ययनले समस्याको समाधान गरी नयाँ तथ्य पत्ता लगाउनु र पुरानो तथ्यको परीक्षण र पुनरव्याख्या गर्नु हो । शोधलाई गवेषण, अन्वेषण र आविष्कार पनि भनिन्छ । प्राज्ञिक क्षेत्रमा उठेका समस्या र त्यसका समाधान गर्न शोधप्रस्तावको आवश्यक हुन्छ । शोधप्रस्ताव कुनै पनि तहको उपाधि प्राप्तिको लागि विषयशीर्षकको छनोट गरी त्यसको समस्या समाधानमा केन्द्रित हुन लेखिन्छ । शोधप्रस्तावको लेखनको मुख्य उद्देश्य समस्याको समाधान नै हो । शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा स्नातकोत्तर, एम.फिल तथा विद्यावारिधि तहको उपाधि प्राप्तिको लागि भाषा, साहित्य, राजनीतिशास्त्र, समाजशास्त्र, भूगोल, दर्शनशास्त्र र अर्थशास्त्र विषयमा लेखिन्छ । शोधप्रस्ताव विश्वविद्यालयको सम्बन्धित विषयको विभाग वा डीन कार्यालयमा प्रस्तुत गर्नुपर्छ । उक्त शोधप्रस्ताव विभाग वा डीन कार्यालयद्वारा स्वीकृत भएपछि मात्र शोध गर्नुपर्छ । शोधप्रस्ताव अनुसन्धानको वैज्ञानिक र विधिसम्मत तथा क्रमबद्घ रूपको विशिष्ट प्रक्रियामा हुनुपर्छ । यसमा अध्ययनको क्षेत्र, शोधशीर्षक, शोधको समस्याकथन, शोधको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य र उपयोगिता, शोधको सीमाङ्कन, तथ्याङ्क सङ्कलनका स्रोत (प्राथमिक र द्वितीय स्रोत), शोधको सैद्घान्तिक ढाँचा तथा शोधविधि (गुणात्मक र परिमाणात्म) र शोधको रूपरेखा शोधप्रस्तावमा हुनुपर्छ ।

Downloads

Download data is not yet available.
Abstract
53
PDF
26

Downloads

Published

2020-12-31

How to Cite

शेर्पा Sherpa द. D. (2020). अनुसन्धान प्रस्तावका आवश्यक अङ्गहरू {Essential Components of a Research Proposal}. Sotang, Yearly Peer Reviewed Journal, 2(1), 16–22. https://doi.org/10.3126/sotang.v2i1.47592

Issue

Section

Articles