‘बाघ मार्ने सियो’ लोककथाको विधातात्त्विक अध्ययन

Authors

  • Shiva Saran Gyawali Saraswati Multiple Campus, Kathmandu

DOI:

https://doi.org/10.3126/ps.v22i1.64846

Keywords:

अतिप्राकृतिक, अभिप्राय, नूतन, मुखपात्र, रैखिक, रूढीबुढी, स्वैरकाल्पनिक

Abstract

यो लेख गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिकामा प्रचलित ‘बाघ मार्ने सियो’ लोककथाको विधातात्त्त्विक अध्ययनमा केन्द्रित छ । कथाको कथानक सामाजिक विषयवस्तुसँग सम्बन्धित छ । कथाका चरित्रहरू मानवीय र मानवेत्तर पशुप्राणी तथा निर्जीव वस्तुहरू रहेका छन् । परिवेश सुखान्त प्रकृतिको रहेको छ । यो कथाले मनोरन्जन दिनुका अतिरिक्त मिलेर काम गरेमा जस्तोसुकै कठिनाइ पनि सजिलै पार गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । भाषा सरल तथा बोधगम्य छ । रैखिक शैलीको कथामा वर्णनात्मक र संवादात्मक दुवै प्रकारको भाषिक विन्यास छ । अध्ययन गर्दा क्षेत्रकार्य गरेर तथ्याङ्क सङ्कलन गरिएको छ भने द्वितीयक स्रोतको प्रयोग गरेर विधातत्त्वको सिद्धान्त तयार गरिएको छ । त्यही सिद्धान्तका आधारमा यो कथाको विश्लेषण गरिएको छ । लेखलाई विषयपरिचय, अध्ययन विधि, लोककथाका तत्त्व, व्याख्या विश्लेषण, प्राप्ति र निष्कर्षमा विभाजित गरिएको छ । मौखिक परम्परामा रहेको लोककथाको अभिलेखीकरण पनि गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
5
PDF
3

Author Biography

Shiva Saran Gyawali, Saraswati Multiple Campus, Kathmandu

Shiva Saran Gyawali is assiatant professor of Nepali literature at Tribhuvan University, Nepal. He is persuing Mphil degree in Nepali literature from Tribhuvan University, Nepal. His focal area of interest is    Nepali Folk literature

Downloads

Published

2024-04-16

How to Cite

Gyawali, S. (2024). ‘बाघ मार्ने सियो’ लोककथाको विधातात्त्विक अध्ययन. Pragnya Sarathi प्रज्ञा-सारथि, 22(1), 74–78. https://doi.org/10.3126/ps.v22i1.64846

Issue

Section

Articles