https://nepjol.info/index.php/ps/issue/feed Pragnya Sarathi प्रज्ञा-सारथि 2023-11-02T14:15:06+00:00 Bahakti Ram Neupane neupanebhakti@gamil.com Open Journal Systems
Pragnya Sarathi प्रज्ञा-सारथि is published by Tribhuvan University Teachers Association, Unit Committee, Dhawalagiri Multiple Campus, Baglung, Nepal. The journal’s scope encompasses various topics, disciplines, and research methodologies. It includes original research articles, literature reviews, case studies, theoretical frameworks, methodological discussions, critical analyses, and new books.
https://nepjol.info/index.php/ps/article/view/59466 Editorial Vol.21 2023-10-25T14:07:10+00:00 Bhakti Ram Neupane neupanebhakti@gmail.com
No abstract available.
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 Bhakti Ram Neupane https://nepjol.info/index.php/ps/article/view/59647 धवलागिरिको साहित्यिक इतिहाससँग जोडिएका सन्दर्भहरू 2023-11-02T01:43:43+00:00 दिनबहादुर Dinbahadur थापा Thapa din21036@gmail.com
नेपाली साहित्यको इतिहासमा धवलागिरि क्षेत्रको आफ्नै मौलिक पहिचान छ । धवलागिरि क्षेत्रको साहित्यसँग यहाँका प्रागैतिहासिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक, संस्थागत र वैयक्तिक सन्दर्भहरू जोडिएका छन्। साहित्यसँग जोडेर यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्नु यो अध्ययनको मुख्य उद्देश्य रहेको छ । नेपाली साहित्यको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक गरी तीन चरणमा विभाजन गरिएको छ । धवलागिरि क्षेत्रको साहित्यिक इतिहासलाई पनि यिनै तीन चरणमा अध्ययन गरिएको छ । यो अध्ययनमा पुस्तकालयीय, जातिभाषिक र क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरी यी विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयत्न गरिएकोछ । घाटु, सोरठी, गोविचन, थानहरू, लोकसाहित्य आदि यस क्षेत्रका प्रागैतिहासिक किंवदन्ती हुन्भने कोटेराज्यहरूसँग यहाँको ऐतिहासिक सन्दर्भ जोडिएको छ । यस क्षेत्रमा बसोबास गर्ने जातजाति र तिनका विभिन्न गतिविधिहरू सामाजिक र सांस्कृतिक सन्दर्भहरू हुन्। यहाँको छाँगा–छहरा, हिमालहरू, वनजङ्गल, हरियाली पार्क आदि प्राकृतिक सन्दर्भहरू हुन्। विद्यालय, पुस्तकालय, क्याम्पस, सङ्घसंस्थानहरू आदि संस्थागत सन्दर्भहरूहुन्भने नेपाली साहित्यका धरोहर मानिने कवि वीरशाली पन्त, प्रेमनिधि पन्त, कालीभक्त पन्त, भूपी शेरचन, कृष्णबम मल्ल, मोहनबहादुर मल्ललगायतका व्यक्तित्वहरू पनि यसै क्षेत्रका वैयक्तिक प्रतिभा हुन्। यिनै विभिन्न सन्दर्भहरूको खोजी गर्ने प्रयास यो आलेखमा गरिएको छ ।
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59648 सिरुबारीको अर्थोपार्जनका आधारहरू र युवा सहभागिता 2023-11-02T01:54:56+00:00 सुदर्शन Sudarshan सिलवाल Silwal s.silwal11@yahoo.com
प्रस्तुत आलेखलाई स्याङ्जा जिल्लाको पर्यटकीय गाउँ सिरुबारीको अर्थोपार्जनका मूल आधारहरू र यसमा युवा सहभागिताको अवस्था केलाउनुमा केन्द्रित गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा तयार गरिएको यस आलेखमा प्राथमिक तथा द्वितीयक प्रकृतिका स्रामग्रीहरू प्रयोग गरिएको छ । सूचनाहरू सङ्कलन गर्ने क्रममा सिरुबारीका होमस्टे सञ्चालकहरू र सिरुबारी पर्यटन विकास समितिका पदाधिकारी एवम्सदस्यहरूसँग यहाँका अर्थोपार्जनका आधार र यसमा युवा सहभागिताको अवस्थाका बारेमा औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरी त्यसबाट प्राप्त हुन आएका सूचना एवम्जानकारीहरूलाई वर्णनात्मक तथा विश्लेषणात्मक विधिको माध्यमबाट समीक्षा गरी योआलेख तयार गरिएको हो । स्थानीय संस्कृति झल्किने गरी पर्यटकहरूलाई गरिने सेवा तथा सत्कार, मौलिक प्रकृतिको घरबास व्यवसाय, घरको बनावट र सरसफाइ, समूह परिचालनको विधि, आर्थिक पारदर्शिता, क्षमताअनुसार पाहुना तथा श्रमविभाजन, एकै प्रकृतिको खानाका परिकारहरू, आयको संस्थागत अभिलेखीकरण र सार्वजनिकीकरण, अतिरिक्त आय (टिप्स) को सामूहीकरण, अर्गानिक ÷प्राङ्गारिक खाद्यवस्तुको उत्पादन, आत्मसन्तुष्टि र फरक पहिचान, गुरुङ संस्कृति, परम्परित पेसा व्यवसाय र सामाजिक सेवा नै यहाँको अर्थोपार्जनका मूल आधारहरू भएको अध्ययनबाट देखिन्छ । साथै कुल घरधुरीको ४८ प्रतिशत घरपरिवार, कुल जनसंख्याको ३६.३२ प्रतिशत जनसंख्या र व्यवसायमा संलग्न भएका मध्येमा पनि ४४.४४ प्रतिशत युवा मात्रै यस होमस्टे व्यवसायमा सम्लग्न हुनुले युवा वर्गलाई यसमा आकर्षित गर्न नसकिएको तथ्यलाई यस आलेखले उजागर गरेको छ ।
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59649 पन्चासे क्षेत्रमा पर्यटन विकासका सम्भावना तथा चुनौतीहरू 2023-11-02T02:35:08+00:00 हिरालाल Heeralal रेग्मी Regmi hira.regmi@dmc.tu.edu.np
नेपालमा मानवीय सभ्यतासँग जोडिएका अनेकौँ प्राकृतिक स्थलहरू रहेका छन्। पूर्वीय संस्कृति तथा हिन्दू धर्मसँग सम्बन्धित वाङ्मयमा नेपालका विभिन्न क्षेत्रहरूका बारेमा उल्लेख गरिएको पाइन्छ । यिनै विभिन्न स्थलहरूमध्येको पर्वत, स्याङ्जा र कास्की जिल्लाको सङ्गमस्थलमा अवस्थित पन्चासेक्षेत्र हो । खास गरेर स्थानीयबासीहरूले बालाचतुर्दशीका दिन पन्चासेमा रहेको ताल र सिद्धथानसम्मको विभिन्न क्षेत्रमा सत्बीज छर्दै आएको परम्परालाई वैदिक युगसँग जोडिएका तथ्य फेला पर्नुले यस क्षेत्रको पौराणिक महत्त्वलाई थप उचाइ प्राप्त गर्ने आधार प्रदान गरेको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको समेत आधारका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । जैविक विविधतायुक्त यो क्षेत्र प्राकृतिकरूपले सुन्दर रहेको छ । यहाँस्थित विभिन्न कुटीहरू, सिद्धथान, पन्चासे ताल, प्राचीन संरचनाहरू, पुराणहरूसँग जोडिएका प्रसङ्गहरू नै पन्चासेक्षेत्रका पर्यटन विकासका आधारका रूपमा रहेका छन्। पर्वत, स्याङ्जा र कास्की जिल्लाका सदरमुकामहरूबाट सहज रूपमा पुग्न सकिने यो क्षेत्रलाई योग, ध्यान र साधनाकेन्द्रका रूपमा विकसित गर्न सकिने देखिन्छ । प्रसिद्ध पन्चासेक्षेत्रको प्राकृतिक, वैदिक तथा सांस्कृतिक विशेषताका बारेमा विमर्श गर्नुका अतिरिक्त पन्चासेक्षेत्रमा पर्यटन प्रबद्र्धन तथा आर्थिक विकासको सम्भाव्यता पहिचान गर्ने जस्ता उद्देश्य पूरा गर्नेगरी यो आलेख तयार गरिएको छ । पन्चासे क्षेत्रको सांस्कृतिक, पौराणिक तथा प्राकृतिक विशेषता केकस्तो रहेको छ ? पन्चासे क्षेत्रमा पर्यटन व्यवसायका केकस्ता सम्भावना तथा चुनौतीहरू रहेका छन्? यहाँका सम्पदाहरूको वर्तमान सन्दर्भमा केकति महत्त्व रहेको छ ? भन्ने जस्ता समस्याकथनमा केन्द्रित रही यस क्षेत्रका बारेमा प्रकाशित विभिन्न पुस्तकहरू, बुद्धिजीवीहरूका राय तथा परामर्श, स्थलगत अवलोकनलगायतबाट प्राप्त सूचना साथै प्रचलित जनश्रुतिहरूको सङ्कलन गरी प्राप्त सूचना तथा तथ्यहरूका आधारमा पुस्तकालयीय विधिको समेत प्रयोग गरी वर्णनात्मक र विश्लेषणात्मक ढाँचामा यो आलेख तयार गरिएको छ ।

2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59650 बालविकासमा सहजकर्ता र व्यवस्थापकको भूमिका 2023-11-02T02:43:38+00:00 शिवप्रसाद Shivaprasad पौडेल Poudel paudelshiva82@gmail.com
यो अध्ययन प्रारम्भिक बालविकास सहजकर्ताले बालविकासमा खेलेको भूमिका र केन्द्रको व्यवस्थापकीय पक्षले बालविकासमा पारेको प्रभावमा केन्द्रित रहेर गरिएको छ । अध्ययनको लागि बागलुङ जिल्ला गल्कोट नगरपालिका वार्ड नं. आठका चारवटा प्रारम्भिक बालविकास केन्द्रलाई आधार बनाइएको छ । सुविधाजनक विधिको प्रयोग गरी त्यहाँका भौतिक अवस्था, सहजकर्ता, मातृ विद्यालयका प्र.अ., व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीका अभिभावकलाई नमूनाको रूपमा छनौट गरी सूचना सङ्ककलनमा अभिभावकसँग समूह छलफल, प्र.अ. र सहजकर्ताका लागि प्रश्नावली, अवलोकन फारम र अन्तरवार्ताबाट प्राप्त तथ्यलाई विकसित सिद्धान्तको उपयोग गरी विश्लेषण गरिएको छ । सम्पूर्ण व्यवस्थापकीय पक्ष तथा सहजकर्ताका व्यवहारलाई सीमा निर्धारण गरी मिश्रित अनुसन्धान विधिको प्रयोग गरी यो अध्ययन गरिएको छ । यसबाट सहजकर्ताले उपलब्ध सीमित स्रोत र साधनका बाबजुद पनि कर्तव्यनिष्ठ भएर बालकको सर्वाङ्गीण विकासमा सकरात्मक भूमिका निर्वाह गरेको र व्यवस्थापकीय पक्षले पनि उपलब्ध भएका स्रोतसाधनलाई उचित व्यवस्थापनद्वारा बालमैत्रीपूर्ण व्यवस्थापन गरेर बालविकासमा सहयोग पु¥याए तापनि सहजकर्ता सन्तुष्ट नभएको कारण कार्यान्वयनमा देखिएका समस्यालाई निवारण गर्न विविध स्रोतबाट आर्थिक स्रोत जुटाएर सन्तुष्ट हुने वातावरणको सिर्जना गर्न सकिने कुरालाई यस अध्ययनबाट देखाउन खोजिएको छ ।

2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59652 नेपालमा चट्याङको अवस्था, प्रकृति र असर {Status, nature and effects of lightning in Nepal} 2023-11-02T03:11:10+00:00 सरोजराज Sarojraj पन्त Pant sarojpanta.sp84@gmail.com
आकाशमा विपरीत दिशाबाट आएका बादल एकापसमा ठोक्किँदा त्यसका अणुहरूबीचको घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्गसहितको शक्ति चट्याङ हो । नेपालमा चट्याङबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । नेपालका गाउँटोलमा यस्ता प्राकृतिक दुर्घटना भइरहने भएकाले चट्याङ के हो ? यसको विगतदेखिको असरको अवस्था कस्तो छ ? यसबाट हुने क्षति कसरी कम गर्न सकिन्छ ? भन्ने समास्यामा केन्द्रित रहेर यो लेख तयार गरिएको छ । समग्र नेपालाई अध्ययनकोसीमा क्षेत्र मानेर उद्देश्यमूलक नमूना छनोट विधिको प्रयोग गरी अध्ययन गरिएको यस लेखमा प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्री उपयोग गरिएको छ । चट्याङको बारेमा जनमानसमा चेतना र अपनाउनुपर्ने सुरक्षा सतर्कतामा कमी भएकाले यसबाट बढी क्षति हुने गरेको छ । यसलाई न्यूनीकरण गरी जनधनकोक्षति कम गर्न अपनाउनुपर्ने सतर्कतामा केन्द्रित यस लेखबाट चट्याङको विषयमा सरोकार राख्ने सबैलाई आवश्यक सचेतना दिन खोजिएको छ ।

2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59653 भाषाविज्ञानको उद्भव र विकासमा पूर्वीय संस्कृत परम्पराको योगदान 2023-11-02T03:37:11+00:00 गणेशप्रसाद Ganeshprasad शर्मा Sharma ganeshpaudel959@gmail.com
यो लेख भाषाविज्ञानको उद्भव र विकासमा संस्कृत भाषा र व्याकरणको अध्ययन परम्पराले पु¥याएको योगदानमा आधारित रहेको छ । संस्कृत भाषाका विद्वान्आचार्यहरूले भाषा र व्याकरणको खोजअन्वेषणका क्रममा आधुनिक भाषाविज्ञानलाई पृष्ठपोषण प्राप्त हुने केकस्तो योगदान पु¥याएका छन्भन्ने मूल समस्याको समाधानमा केन्द्रित भएर उक्त समस्याको विश्लेषण गर्ने उद्देश्य रहेको छ । यही उद्देश्यको सीमामा रही मुख्यतः पुस्तकालय र आंशिक रूपमा क्षेत्रीय अध्ययनविधिको प्रयोग गरेर संस्कृत परम्परामा भएका भाषावैज्ञानिक गुणका अध्ययन कार्य र त्यसले आधुनिक भाषाविज्ञानको विकासमा पु¥याएको योगदानलाई यसमा सङ्क्षिप्त रूपमा देखाइएको छ । आधुनिक भाषाविज्ञानको वैज्ञानिक विकास १९औँ शताब्दीदेखि पश्चिमबाट थालनी भएको देखिए पनि पूर्वीय संस्कृत परम्पराका वैदिकयुग, पाणिनियुग र पाणिनिउत्तर युगसम्मको अतिदीर्घ समयावधिमा विद्वान्आचार्यहरूले भाषा र व्याकरणको निकै सम्पन्न परम्परा स्थापित गरेका छन्। यसले आधुनिक भाषाविज्ञानको उद्भव र विकासमा आवश्यक पृष्ठभूमि प्रदान गरेको छ । तसर्थ आधुनिक भाषाविज्ञानको श्रीवृद्धिमा पूर्वीय संस्कृत भाषा र व्याकरण परम्पराको योगदान अविस्मरणीय रहेको छ भन्ने कुरालाई यसमा देखाइएको छ ।
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59654 मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण 2023-11-02T03:58:11+00:00 आनन्दराज Aanandaraj सिलवाल Silwal silwalananda26@gmail.com
प्रस्तुत आलेख मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण शीर्षकमा आधारित रहेको छ । उनका उजेली छामा, पञ्चायत, समयको हुरी, भुमरी र जेली गरी पाँचओटा उपन्यास सामाजिक विषयवस्तुमा आधारित रहेका छन्भने मायारानी, बहादुर नजर र रामछायाँ गरी तीनओटा उपन्यास ऐतिहासिक, राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेका छन्। मल्लका उपन्यासमा सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयलाई केन्द्रभागमा राखेर नेपाली समाजको सजीव चित्र उतारिएको छ । प्रयोजनपरक आधारमा मल्लका उपन्यासको अनुसन्धानमूलक अध्ययन नभएको सन्दर्भमा यसैअनुरूप व्यवस्थित ढाँचामा विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य समस्या हो । प्रस्तुत मूल समस्याको समाधानार्थ मल्लका औपन्यासिक कृतिको प्रयोजन के हो ? भन्ने प्राज्ञिक जिज्ञासाको उत्तरका लागि उनका औपन्यासिक कृतिको विश्लेषण गरी समस्यागत रिक्तताको परिपूर्ति गर्ने काम यसमा गरिएको छ । मल्लका औपन्यासिक कृतिको विविध अवधारणामा आधारित पूर्वकार्यको समीक्षा गरी अध्ययनको समस्यागत रिक्तताको खोजी गर्ने काम प्रस्तुत आलेखमा गरिएको छ । प्रस्तुत आलेखमा मल्लका उपन्यासको विश्लेषण गर्नका लागि पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलित प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको समष्टिगत गुणात्मक पद्धतिमा रही अर्थापनढाँचाअनुरुप विश्लेषण गरिएको छ । उपन्यासमा मानव र मानव समाजसँग सम्बन्धित विविध सत्यलाई कलात्मक रुपमा अभिव्यक्त गरिएको हुन्छ । साहित्यका अन्य विधा सिर्जनाको प्रयोजन भएजस्तै उपन्यास विधाको पनि आफ्नै प्रयोजन रहेको छ । औपन्यासिक कृतिको कलात्मक संयोजनबाट समसामयिक यथार्थको उद्घाटन, जनजीवनको विशेष अवस्थाको चित्रण, पात्रका मनोदशागत यथार्थको उद्घाटन, उचित सौन्दर्यकलाबाट कौतुहलताको सिर्जना गर्नुलाई यसको प्रयोजनका रुपमा लिन सकिन्छ ।
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/ps/article/view/59462 Local-Self Governance in Federal Nepal: A Critical Review 2023-10-25T13:29:59+00:00 Dilli Raj Gautam dilli.gautam@dmc.tu.edu.np
This paper sheds light on local self-governance in Nepal, including its structure, components, practice, prospects, and limitations critically, while raising questions such as: what were the reasons for transforming the unitary system of governance into the federal structure, what are the principles of local government, and how does it work under the federal framework? It is a descriptive and analytical paper that best uses data from secondary sources and observing functions of local governments. The study's theoretical foundation is based on good governance principles, aimed at improving the quality of service delivery by the local government in Nepal. The elected representatives of the local government make plans and policies for public welfare, utilizing the power conferred on them by the law. By evaluating the historical landscapes, practices, and outcomes of local self-governance, it has been concluded that the quality of the government is the result of a continuous interface among system capabilities, public response, and accountability.
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 Dilli Raj Gautam https://nepjol.info/index.php/ps/article/view/59463 Ideology in Advertisement: A Critical Discourse Analysis of Selected Nepali Advertisements 2023-10-25T13:34:35+00:00 Prakash Sharma sharmaprakash166@gmail.com
This paper explores the way ideology is embedded in the underlying structure of advertisements, applying Critical Discourse Analysis (CDA) as a theoretical tool focusing on the ideas of Michael Foucault and Norman Fairclough. Four advertisements telecasted in Nepal Television are selected for the analysis. They represent four different fields such as jewelry shop, bathing soap, food supplement and electric cable. Following qualitative research design, this study has used critical, analytical and interpretative method for analyzing the textual data. Critical analysis of these representative advertisements has led to the conclusion that mass media discourse is a fertile playground for ideological games. Keeping in mind the social structure of Nepalese society, they all in a united form impart patriarchal ideology to the audiences. This article proposes a solution to such biased representation. Language is being used as a means of imparting the patriarchal ideology and we should seek a solution from there. We should create critical linguistic awareness for the audience and empower them to resist all such misrepresentations. Resistance is essential for gender equality and only critical linguistic awareness can help create a just society.
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 Prakash Sharma https://nepjol.info/index.php/ps/article/view/59464 Implements and Practices of Fishing in Kathekhola, Baglung, Nepal 2023-10-25T13:46:59+00:00 Dambar Singh Khatri dambar32khatri@gmail.com Manish Kandel manishkandel26@gmail.com Prem Raj Gautam zoologistpremraj@gmail.com
Fishing is the practise of catching fishes from different water resources. The main objective of this work was to list out the different tools and technique that are practiced in capture fishing in Kathekhola, Baglung, Nepal. The study was conducted during October 2021 to April.2022. The study assessed the fishing methods adopted by the fisherman in the study area by the purposive sampling and direct observations method adopted. Information was collected from 53 fishermen in the study area by the purposive sampling and direct observations method adopted in the area Kathekhola by regular field visit. The study identified that fisherman used hooks, cast net, gill net, fishing by hands, blocking and diverting water, umbrella fishing, Kure Thunne, use of plant extract as a traditional or conventional methods for fish catching. In addition, fisherman used insecticides and current for fishing. Electrofishing and insecticides are illegal fishing which were uncommon the study area. The livelihood of 20% fisherman depends on fishing. This study explored the various tools and techniques used to catch fish from the water bodies at Kathekhola, Baglung, Nepal. It is concluded from the study that the concerned body, administration, stakeholders would take necessary actions, strategy for use of convention fishing tools in Kathekhola.
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 Dambar Singh Khatri, Manish Kandel, Prem Raj Gautam https://nepjol.info/index.php/ps/article/view/59465 Analysis of Antifungal Activity of Essential Oil from Orange Peels 2023-10-25T13:55:10+00:00 Narendra Pratapsingh Budhathoki narenbudhathoki@gmail.com Samir Poudel samirpaudel555@gmail.com
The largest fruit in Nepal is citrus, which takes up 2684 of the country's total fruit-growing land. 71.65% of the nation's citrus-growing land is devoted to the planting of citrus called mandarin oranges. Pectin is a structural hetero-polysaccharide that is integral to the motion of terrestrial flora. The fact some components are becoming resistant to specific fungal infections and illnesses has become among the biggest obstacles in treating them at the moment. This necessitated the employment of novel medications to treat infectious disorders brought on by these microbes. Additionally, they are exceedingly low in toxicity and abundant sources of active chemicals. Soxhlet can be used to easily extract the essential oil. The end result confirms that essential oils were successfully extracted as pectin solutes, which is particularly helpful for pectin extraction in industrial sectors both economically and for environmental health.
2023-11-02T00:00:00+00:00 Copyright (c) 2023 Narendra Pratapsingh Budhathoki, Samir Poudel