मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण

Authors

  • आनन्दराज Aanandaraj सिलवाल Silwal धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

DOI:

https://doi.org/10.3126/ps.v21i1.59654

Keywords:

औपन्यासिक, कौतुहलता, मनोदशागत, समसामयिक, सौन्दर्यकला

Abstract

प्रस्तुत आलेख मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण शीर्षकमा आधारित रहेको छ । उनका उजेली छामा, पञ्चायत, समयको हुरी, भुमरी र जेली गरी पाँचओटा उपन्यास सामाजिक विषयवस्तुमा आधारित रहेका छन्भने मायारानी, बहादुर नजर र रामछायाँ गरी तीनओटा उपन्यास ऐतिहासिक, राजनीतिक तथा सामाजिक विषयवस्तुमा आधारित रहेका छन्। मल्लका उपन्यासमा सामाजिक, राजनीतिक तथा ऐतिहासिक विषयलाई केन्द्रभागमा राखेर नेपाली समाजको सजीव चित्र उतारिएको छ । प्रयोजनपरक आधारमा मल्लका उपन्यासको अनुसन्धानमूलक अध्ययन नभएको सन्दर्भमा यसैअनुरूप व्यवस्थित ढाँचामा विश्लेषण गर्नु प्रस्तुत आलेखको मुख्य समस्या हो । प्रस्तुत मूल समस्याको समाधानार्थ मल्लका औपन्यासिक कृतिको प्रयोजन के हो ? भन्ने प्राज्ञिक जिज्ञासाको उत्तरका लागि उनका औपन्यासिक कृतिको विश्लेषण गरी समस्यागत रिक्तताको परिपूर्ति गर्ने काम यसमा गरिएको छ । मल्लका औपन्यासिक कृतिको विविध अवधारणामा आधारित पूर्वकार्यको समीक्षा गरी अध्ययनको समस्यागत रिक्तताको खोजी गर्ने काम प्रस्तुत आलेखमा गरिएको छ । प्रस्तुत आलेखमा मल्लका उपन्यासको विश्लेषण गर्नका लागि पुस्तकालयीय अध्ययन कार्यबाट सङ्कलित प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीको समष्टिगत गुणात्मक पद्धतिमा रही अर्थापनढाँचाअनुरुप विश्लेषण गरिएको छ । उपन्यासमा मानव र मानव समाजसँग सम्बन्धित विविध सत्यलाई कलात्मक रुपमा अभिव्यक्त गरिएको हुन्छ । साहित्यका अन्य विधा सिर्जनाको प्रयोजन भएजस्तै उपन्यास विधाको पनि आफ्नै प्रयोजन रहेको छ । औपन्यासिक कृतिको कलात्मक संयोजनबाट समसामयिक यथार्थको उद्घाटन, जनजीवनको विशेष अवस्थाको चित्रण, पात्रका मनोदशागत यथार्थको उद्घाटन, उचित सौन्दर्यकलाबाट कौतुहलताको सिर्जना गर्नुलाई यसको प्रयोजनका रुपमा लिन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
41
PDF
32

Author Biography

आनन्दराज Aanandaraj सिलवाल Silwal, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

नेपाली विभाग

Downloads

Published

2023-11-02

How to Cite

सिलवाल Silwal आ. A. (2023). मोहनबहादुर मल्लका औपन्यासिक कृतिको प्रयोजनगत विश्लेषण . Pragnya Sarathi प्रज्ञा-सारथि, 21(1), 53–59. https://doi.org/10.3126/ps.v21i1.59654

Issue

Section

Articles