सिरुबारीको अर्थोपार्जनका आधारहरू र युवा सहभागिता

Authors

  • सुदर्शन Sudarshan सिलवाल Silwal धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

DOI:

https://doi.org/10.3126/ps.v21i1.59648

Keywords:

अर्थोपार्जनका आधारहरू, होमस्टे, पर्यटन, युवा सहभागिता, लोकसाहित्य र संस्कृति, सिरुबारी

Abstract

प्रस्तुत आलेखलाई स्याङ्जा जिल्लाको पर्यटकीय गाउँ सिरुबारीको अर्थोपार्जनका मूल आधारहरू र यसमा युवा सहभागिताको अवस्था केलाउनुमा केन्द्रित गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा तयार गरिएको यस आलेखमा प्राथमिक तथा द्वितीयक प्रकृतिका स्रामग्रीहरू प्रयोग गरिएको छ । सूचनाहरू सङ्कलन गर्ने क्रममा सिरुबारीका होमस्टे सञ्चालकहरू र सिरुबारी पर्यटन विकास समितिका पदाधिकारी एवम्सदस्यहरूसँग यहाँका अर्थोपार्जनका आधार र यसमा युवा सहभागिताको अवस्थाका बारेमा औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरी त्यसबाट प्राप्त हुन आएका सूचना एवम्जानकारीहरूलाई वर्णनात्मक तथा विश्लेषणात्मक विधिको माध्यमबाट समीक्षा गरी योआलेख तयार गरिएको हो । स्थानीय संस्कृति झल्किने गरी पर्यटकहरूलाई गरिने सेवा तथा सत्कार, मौलिक प्रकृतिको घरबास व्यवसाय, घरको बनावट र सरसफाइ, समूह परिचालनको विधि, आर्थिक पारदर्शिता, क्षमताअनुसार पाहुना तथा श्रमविभाजन, एकै प्रकृतिको खानाका परिकारहरू, आयको संस्थागत अभिलेखीकरण र सार्वजनिकीकरण, अतिरिक्त आय (टिप्स) को सामूहीकरण, अर्गानिक ÷प्राङ्गारिक खाद्यवस्तुको उत्पादन, आत्मसन्तुष्टि र फरक पहिचान, गुरुङ संस्कृति, परम्परित पेसा व्यवसाय र सामाजिक सेवा नै यहाँको अर्थोपार्जनका मूल आधारहरू भएको अध्ययनबाट देखिन्छ । साथै कुल घरधुरीको ४८ प्रतिशत घरपरिवार, कुल जनसंख्याको ३६.३२ प्रतिशत जनसंख्या र व्यवसायमा संलग्न भएका मध्येमा पनि ४४.४४ प्रतिशत युवा मात्रै यस होमस्टे व्यवसायमा सम्लग्न हुनुले युवा वर्गलाई यसमा आकर्षित गर्न नसकिएको तथ्यलाई यस आलेखले उजागर गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
55
PDF
45

Author Biography

सुदर्शन Sudarshan सिलवाल Silwal, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ

अर्थशास्त्र विभाग

Downloads

Published

2023-11-02

How to Cite

सिलवाल Silwal . स. S. (2023). सिरुबारीको अर्थोपार्जनका आधारहरू र युवा सहभागिता . Pragnya Sarathi प्रज्ञा-सारथि, 21(1), 11–17. https://doi.org/10.3126/ps.v21i1.59648

Issue

Section

Articles