नेपालको आर्थिक विकासमा बहुराष्ट्रिय कम्पनीहरूको भूमिका

Authors

  • Bishnu Gharti नेपाल सरकार

Keywords:

वैदेशिक लगानी , आर्थिक विकास, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण

Abstract

नेपालले वर्तमान विश्वव्यापीकरणको युगमा आर्थिक, सामाजिक र कूटनीतिक रूपान्तरणको सामना गर्दै आएको छ । यस सन्दर्भमा बहुराष्ट्रिय कम्पनीहरू (MNCs) ले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । बहुराष्ट्रिय कम्पनीहरूले वैदेशिक प्रत्यक्ष लगानी (FDI), प्रविधि हस्तान्तरण, राजस्व सङ्कलन, रोजगारी सिर्जना, बजार विस्तार र अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध आदिमा योगदान पुर्‍याउँछन् । यस अध्ययनको उद्देश्य नेपालमा बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक विकासका सम्बन्धमा विश्लेषण गर्नु हो । यस अध्ययनमा गुणात्मक र परिमाणात्मक विधि अपनाइएको छ । अध्ययनले बहुराष्ट्रिय कम्पनीहरूले नेपालको आर्थिक वृद्धि, राजस्व सङ्कलन, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक योगदान पुर्‍याएको देखाउँछ । यद्यपि, आर्थिक असमानता, सांस्कृतिक प्रभाव र वातावरणीय चुनौतीहरू पनि देखा परेका छन् । तसर्थ, यी चुनौतीको सामनाका लागि नीति निर्माताहरूले बहुराष्ट्रिय कम्पनीको नियमन, लगानी प्रोत्साहन र नकारात्मक आर्थिक प्रभाव न्यूनीकरणका उपाय अपनाउनुपर्छ । यस अध्ययनले बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक विकासका सन्दर्भमा अहम् भूमिका र प्रभावको व्यापक मूल्याङ्कन प्रदान गर्दछ, जसले नेपालको आर्थिक विकाससम्बन्धी नीति निर्माणमा उचित मार्गदर्शन पहिल्याउँछ ।

 

Abstract
0
PDF
0

Author Biography

Bishnu Gharti, नेपाल सरकार

शाखा अधिकृत

Downloads

Published

2026-07-21

How to Cite

Gharti, B. (2026). नेपालको आर्थिक विकासमा बहुराष्ट्रिय कम्पनीहरूको भूमिका. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 122-135. https://doi.org/10.3126/prashasan.v58i1.96800

Issue

Section

Articles

How to Cite

Gharti, B. (2026). नेपालको आर्थिक विकासमा बहुराष्ट्रिय कम्पनीहरूको भूमिका. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 122-135. https://doi.org/10.3126/prashasan.v58i1.96800