अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्र स्तरोन्नति: नेपालको नीति र अभ्यास

Authors

  • Rajesh Babu Ghimire National Planning Commission

Keywords:

अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (LDC Graduation), प्रतिव्यक्ति कुल राष्ट्रिय आय, सहज सङ्क्रमण रणनीति, आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क

Abstract

संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने परिकल्पना गरेको छ। आम नागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु सोह्रौँ योजनाको मूल उद्देश्य हो। योजनाको अर्थतन्त्रको संरचनागत रूपान्तरणमार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने समष्टिगत रणनीतिले अतिकम विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयनलाई क्षेत्रगत रूपमा अवलम्बन गरिने रूपान्तरणकारी रणनीतिको रूपमा प्राथमिकता दिएको छ।नेपालले अति कम विकसित राष्ट्रबाट हुने स्तरोन्नतिलाई दिगो र टिकाउ राख्नका लागि राष्ट्रिय आवश्यकताअनुरूपका विकासका क्षेत्रहरू समेटी अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति सम्बन्धी सहज स्थानान्तरण रणनीति, २०८० (LDC Graduation Smooth Transition Strategy, 2023) तर्जुमा गरेको छ। मानव सम्पत्ति र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको स्थितिमा भने नेपाल समृद्ध छ। प्रतिव्यक्ति आय बढाउने र अन्य सूचकाङ्कलाई स्थिर र दिगो बनाउनुपर्ने अवस्था रहेको छ। यसरी स्तरोन्नतिपश्चात् नेपालले सामना गर्नुपर्ने सम्भावित असर र चुनौतीको सम्बोधन गर्न राष्ट्रिय योजना आयोगबाट सहज स्थानान्तरण रणनीतितर्जुमा भई कार्यान्वयनको प्रक्रियामा रहेको छ।

 

Abstract
0
PDF
0

Author Biography

Rajesh Babu Ghimire, National Planning Commission

Program Director

Downloads

Published

2026-07-21

How to Cite

Ghimire, R. B. (2026). अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्र स्तरोन्नति: नेपालको नीति र अभ्यास. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 69-93. https://doi.org/10.3126/prashasan.v58i1.96797

Issue

Section

Articles

How to Cite

Ghimire, R. B. (2026). अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्र स्तरोन्नति: नेपालको नीति र अभ्यास. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 69-93. https://doi.org/10.3126/prashasan.v58i1.96797