नेपालमा आरोग्य पर्यटनको संभावना र बागलुङमा यसको अवस्था: एक अध्ययन

Authors

  • Netra Subedi नेपाल सरकार

Keywords:

समृद्धि, माइन्डफुलनेस, आरोग्य पर्यटन , मानव कल्याण

Abstract

आरोग्य एक स्वस्थ र आनन्दित जीवनयापनको बृहत् अवधारणा हो। खासगरी कोभिड-१९ को महामारीपश्चात् विश्वभर नै आरोग्यका क्षेत्रमा गरिने लगानी तथा संस्थागत संलग्नता बढेर गएको छ। विशेष गरी नेपाल, भारत र पूर्वी एसियाली मुलुकहरूमा आरोग्य प्राप्तिका लागि गरिने क्रियाकलापहरू विश्वभरका पर्यटकका लागि आकर्षणका विषय बनेका छन्। वर्तमान समयमा जीवन व्यवस्थापनसम्बन्धी पुस्तक एवं खोजमूलक लेखहरूको लेखन तथा पठन संस्कृतिमा विकास हुनुका साथै कुनै न कुनै किसिमको योगसाधना गर्ने क्रम समेत बढेर गएको छ। हालसालै जीवन विज्ञान प्रतिष्ठानले आरोग्य पर्यटनको अवधारणापत्र सार्वजनिक समेत गरेको छ भने संयुक्त राष्ट्रसङ्घको निर्णय अनुसार हरेक वर्ष अप्रिल १५ का दिन अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने क्रमको थालनी भई पहिलो दिवस भव्य रूपमा सम्पन्न भइसकेको छ। यस आलेखमा बागलुङ जिल्लामा क्रियाशील आरोग्यसँग सम्बन्धित संस्थाहरू तथा तिनका गतिविधिहरू समेटिएका छन्। यस लघु अध्ययनको निष्कर्षले बागलुङमा आरोग्यमा आधारित व्यवसाय र पर्यटन फस्टाउने बलियो आधार रहेको देखाउँछ।

 

Abstract
0
PDF
0

Author Biography

Netra Subedi, नेपाल सरकार

सहसचिव

Downloads

Published

2026-07-21

How to Cite

Subedi, N. (2026). नेपालमा आरोग्य पर्यटनको संभावना र बागलुङमा यसको अवस्था: एक अध्ययन. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 48-68. https://doi.org/10.3126/prashasan.v58i1.96796

Issue

Section

Articles

How to Cite

Subedi, N. (2026). नेपालमा आरोग्य पर्यटनको संभावना र बागलुङमा यसको अवस्था: एक अध्ययन. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 48-68. https://doi.org/10.3126/prashasan.v58i1.96796