सार्वजनिक मूल्यमा आधारित शासनको अवधारणा र निजामती प्रशासनको परिवेश

Authors

  • Damodar Regmi नेपाल सरकार

Abstract

सरकारको भूमिका मूलतः लोक कल्याणकारी राज्यको सिद्धान्तमा आधारित हुने भएकोले सो अनुरूपको सेवा प्रवाहको संयन्त्रको आवश्यकता पर्दछ। यस्तो संयन्त्र सकारात्मक, सृजनशील, व्यावसायिक, परिणाममुखी र जनमैत्री हुन अपरिहार्य हुन्छ। सेवा प्रवाहको यस आयाममा निजामती सेवा सक्षम हुनु आवश्यक हुन्छ। सेवा प्रवाहमा पालना गर्नुपर्ने प्रक्रिया पारदर्शी, तटस्थ र प्रतिबद्धता जस्ता स्वच्छताका गुणहरूले युक्त हुनु अनिवार्य पक्ष हो। सरकारको भूमिकालाई केवल सेवा प्रदायकको रूपमा मात्र नहेरी नागरिकका लागि मूल्य सिर्जना गर्ने संस्थाको रूपमा पुनः परिभाषित गर्ने विषय सार्वजनिक प्रशासनको अवधारणा अन्तर्गत पर्ने गर्दछ। प्रशासनले सकारात्मक सक्रियता, पारदर्शिता र परिणाममुखी कार्यशैलीमार्फत नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउन सकेमा मात्र राज्यप्रति विश्वास, अपनत्व र दिगोपन सुनिश्चित हुन्छ। परिवर्तित शासकीय परिवेशमा निजामती प्रशासनलाई केवल संरचना होइन, सार्वजनिक मूल्य सिर्जनाको गतिशील शक्तिका रूपमा विकास गर्नु आजको सामयिक विषय हो।

Abstract
0
PDF
0

Author Biography

Damodar Regmi, नेपाल सरकार

पूर्व सचिव

Downloads

Published

2026-07-21

How to Cite

Regmi, D. (2026). सार्वजनिक मूल्यमा आधारित शासनको अवधारणा र निजामती प्रशासनको परिवेश. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 34-47. https://doi.org/10.3126/prashasan.v58i1.96794

Issue

Section

Articles

How to Cite

Regmi, D. (2026). सार्वजनिक मूल्यमा आधारित शासनको अवधारणा र निजामती प्रशासनको परिवेश. Prashasan: The Nepalese Journal of Public Administration, 58(1), 34-47. https://doi.org/10.3126/prashasan.v58i1.96794