सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिः सैद्धान्तिक तथा व्यवहारिक विश्लेषण {Improving Quality of Public Service Delivery: Theoretical and Practical Analysis}

Authors

  • मेघनाथ Meghnath रिजाल Rijal नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v56i2.75328

Keywords:

सार्वजनिक सेवा गुणस्तर, Public Service Quality, गुणस्तर मोडेल, SERVQUAL, नागरिक सन्तुष्टी, Customer Satisfaction, कार्यसम्पादन, Performance

Abstract

यस अध्ययनले नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिको सैद्धान्तिक र व्यावहारिक विश्लेषण गर्दछ। विशेषत: राज्यको एकल कार्यको रूपमा सार्वजनिक सेवा प्रवाहको विकास र बहुसरोकारवाला निकायहरूको सहकार्यको अवधारणागत परिवर्तनमा ध्यान केन्द्रित गरिएको छ। यस अध्ययनको प्रमुख उद्देश्य सार्वजनिक सेवाको गुणस्तर मापनका सैद्धान्तिक र व्यावहारिक ढाँचाहरूलाई अध्ययन गर्नु, साथै नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिका प्रयासहरूको विश्लेषण गर्नु हो। यसले सार्वजनिक सेवा प्रवाहमा देखिएका कमजोरीहरू र सुधारका लागि आवश्यक उपायहरू पहिचान गर्न मद्दत पुर्याउँछ। प्रस्तुत अध्ययनमा सैद्धान्तिक अध्ययन र प्रायोगिक (व्यावहारिक) विश्लेषणको संयोजन गरिएको छ। अध्ययनमा प्रमुख रूपमा विद्वानहरूको मापदण्ड र सार्वजनिक सेवा प्रवाहको गुणस्तर सुधारको लागि विभिन्न वैचारिक तथा व्यावहारिक ढाँचाहरूलाई समेटिएको छ। नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिका लागि नयाँ अवधारणात्मक तथा व्यावहारिक ढाँचाहरूको आवश्यकता छ। सार्वजनिक सेवामा देखिएका कमजोरीहरू, प्रक्रियामुखी सेवा प्रवाह र अप्रत्यक्ष उत्तरदायित्वजस्ता समस्याहरूले सेवाको गुणस्तरलाई न्यून बनाएका छन्। नेपालको सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिका लागि नयाँ दृष्टिकोण र सुधारका उपायहरू प्रदान गर्नेमा छ। यसले सार्वजनिक प्रशासन र राजनीतिक निकायहरूको सहकार्यात्मक प्रयास आवश्यकताबारे सन्देश प्रवाह गर्छ र गुणस्तरीय सेवा प्रवाहका लागि उपयुक्त रणनीतिहरू विकास गर्न मद्दत पुर्‍याउँछ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
13

Author Biography

मेघनाथ Meghnath रिजाल Rijal, नेपाल सरकार

उपसचिव

Downloads

Published

2024-12-13

How to Cite

रिजाल Rijal म. M. (2024). सार्वजनिक सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिः सैद्धान्तिक तथा व्यवहारिक विश्लेषण {Improving Quality of Public Service Delivery: Theoretical and Practical Analysis}. Prashasan: The Nepalese Journal of Public Administration, 56(2), 31–47. https://doi.org/10.3126/prashasan.v56i2.75328

Issue

Section

Articles