नेतृत्व विकासमा सनातन ग्रन्थको मार्गदर्शन {Guidance of Sanatan Granth on Leadership Development}

Authors

  • कमल प्रसाद Kamal Prasad भट्टराई Battarai नेपाल सरकार

DOI:

https://doi.org/10.3126/prashasan.v56i1.67326

Keywords:

नेतृत्व, चरित्र, दर्शन, सिद्धान्त, सनातन ग्रन्थ शास्त्र

Abstract

नेतृत्व मानव सभ्यतासँगै विकास हुँदै आएको अवधारणा हो। सनातन एवम् पौराणिक ग्रन्थ शास्त्रहरु देखि नै नेतृत्वका आधारभूत सिद्धान्तहरुको प्रतिपादन हुँदै आएको पाइन्छ। सनातन दर्शन वा ग्रन्थ अनुसार एउटा समाजको ससानो  सङ्गठनदेखि राष्ट्र र बहुराष्ट्र (राज्य, साम्राज्य, लोक, परलोक) सम्मको समग्र विकासको मार्गदर्शन गर्न सक्‍ने बुद्धिमान र धार्मिक (Righteous)व्यक्तित्व नै नेता/राजा/ शासकका  रुपमा चित्रण हुँदै आएको छ। यस लेखमा नेता भन्नाले राष्ट्रियदेखि स्थानीयसम्म र बृहत् सङ्गठनदेखि सूक्ष्म सङ्गठनसम्मको तह वा निकायलाई अगाडि बढाउने वा व्यवस्थापन गर्ने जिम्मा पाएको वा लिएको अग्रदुतलाई इङ्गित गरिएको छ र त्यस्तो अग्रदुतको कार्यलाई नेतृत्व भनिएको छ। प्रस्तुत लेखमा नेतृत्वका आधुनिक सिद्धान्तहरु, नेतृत्वका सर्वोत्कृष्ट गुणहरु, आधुनिक नेतृत्वमाथि हुने गरेका आलोचनाहरूको चर्चा गर्दै वैदिक कालदेखिका सनातन ग्रन्थहरुमा नेतृत्वका विषयमा के कस्ता गुणहरु उल्लेख गरिएको थियो भन्ने विषय प्रस्तुत गरिएको छ। यसरी विश्लेषण गर्दा प्रभावकारी नेतृत्वमा हुनुपर्ने गुणहरु, आधुनिक समाज रुपान्तरणका लागि नेतृत्वले सामना गर्नुपर्ने चुनौतीको व्याख्या गर्दै वैदिक एवम् सनातन ज्ञानबाट नेतृत्व कौशलका बारेमा के कुरा सिक्‍न सकिन्छ र त्यस्तो ज्ञानबाट दीक्षित असल नेताले कसरी प्रभावकारी मार्गदर्शन प्रदान गरी सफल नेतृत्व प्रदान गर्न सक्छ भन्ने विषयमा चर्चा गरिएको छ। सनातन ग्रन्थहरुले समग्रमा नेतृत्वको सार नै “सर्वेभवन्तु सुखिन ” अर्थात् नेतृत्वको अन्तिम लक्ष्य आफू र जगतको वास्तविकतालाई वा ब्रम्हसत्यलाई बुझ्नु र त्यसैअनुरुप आफूले नेतृत्व गरेका क्षेत्रको समग्र शान्ति र समृद्धिका लागि योगदान दिनु हो भन्ने चर्चा गरेका छन्। नेतृत्वमा वैराग्य, आत्मज्ञान, करुणा, प्रज्ञा निष्काम कर्मलगायतका असाधारण गुणहरु हुन आवश्यक रहेको हुन्छ साथै त्यस्ता गुणहरुले युक्त भएका नेताले मात्र दिगो र प्रभावकारी नेतृत्व प्रदान गर्न सक्दछ भन्ने कुरामा जोड दिंदै सनातन ग्रन्थहरु एकमतले नेताको विकल्पमा समेत धारणा राख्दछन्। शास्त्रका अनुसार यदि नेतामा असल गुणहरु भएनन् भने त्यस्तो नेताले समाजको बृहत्तर शान्ति र अग्रगमनका लागि मार्ग प्रशस्त गर्न नसक्ने हुनाले समाजमा समयानुकुल सुव्यवस्थाका लागि नवीन नेतृत्वको जन्म हुँदै जान्छ भनेर श्लोकका माध्यमवाट “यदा यदा हि धर्मश्य ग्लानिर्भवति भारत, अभ्युत्थानमधर्मश्य तदात्मानं सृजाम्यहमः” भनिएको छ।यस श्लोकले इङ्गित गरेअनुसार समसामयिक नेतृत्वले समाजलाई सुव्यवस्थातर्फ डोर्याउन नसक्ने हो भने उक्त श्लोकले भने झैँ समयचक्रले पुराना नेतालाई पाखा लगाउँदै र नयाँ नेतृत्वलाई जन्माउँदै समाज निरन्तर अगाडि बढ्दै आएको र भविष्यमा पनि यसैअनुसार नेतृत्व विकास हुँदै जाने हुनाले नेतृत्वलाई सजगता प्रदान गर्न यस लेखको उद्देश्य रहेको छ।

Downloads

Download data is not yet available.
Abstract
163
PDF
94

Author Biography

कमल प्रसाद Kamal Prasad भट्टराई Battarai, नेपाल सरकार

सहसचिव

Downloads

Published

2024-07-05

How to Cite

भट्टराई Battarai क. प. K. P. (2024). नेतृत्व विकासमा सनातन ग्रन्थको मार्गदर्शन {Guidance of Sanatan Granth on Leadership Development}. Prashasan: The Nepalese Journal of Public Administration, 56(1), 1–14. https://doi.org/10.3126/prashasan.v56i1.67326

Issue

Section

Articles