नेपालको मानव संशाधन विकास र व्यवस्थापनमा शिक्षाको भूमिका

The Role of Education in Human Resource Development and Management in Nepal

Authors

  • हरिप्रसाद Hari Prasad लम्साल Lamsal सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

DOI:

https://doi.org/10.3126/prashasan.v54i1.53218

Keywords:

मानव संसाधन, मानवीय क्षमता, सिप विकास, अभिवृत्ति, सार्वजनिक प्रशासन, सार्वजनिक सेवा

Abstract

शिक्षाको अर्थ व्यापक छ, व्यक्ति, समाज र मुलुक विकासमा यसको भूमिका आफैमा विशाल छ । शिक्षा आफैमा सामाजिकीकरणको औजार पनि हो । शिक्षाले व्यक्तिलाई ज्ञान र सिपले सुसज्जित गर्नुका साथै परिवर्तनका लागि पनि तयार बनाउँछ । व्यक्तिले जीवन जिउनका लागि आवश्यक ज्ञान, सिप, अनुभव, कला आदि शिक्षाकै कारण सिक्दछ, हासिल गर्दछ । शिक्षाले वैयक्तिक लाभका साथमा सामाजिक लाभ पनि सिर्जना गरिरहेको हुन्छ । यसरी शिक्षाले मानव संशाधन विकास गरिरहेको हुन्छ। मानव पुँजी निर्माण गरिरहेको हुन्छ ।

शिक्षा मानव संसाधन विकासको आधार हो । मानव संशाधन व्यवस्थापन पनि शिक्षाबाट अछुतो रहन सक्दैन् । यी सबै काममा शिक्षाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै ढङ्‍गबाट आफ्नो भूमिका निर्वाह गरिरहेको हुन्छ । शिक्षाले यी भूमिका निर्वाह गरिरहँदा आफै पनि समायोजित र परिवर्तित भइरहेको हुन्छ । यसको अर्थ मानव संशाधन विकास र निर्माणको क्रममा शिक्षा आफैले पनि परिवर्तन महसुस गरिरहेको हुन्छ । शिक्षा र मानव संशाधन निरपेक्ष सम्बन्धमा होइन कि सापेक्षित र समयानुकुल एवम् सान्दर्भिक रूपमा एकअर्कामा जोडिइरहेका हुन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
28

Author Biography

हरिप्रसाद Hari Prasad लम्साल Lamsal, सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Downloads

Published

2023-01-01

How to Cite

लम्साल Lamsal ह. H. P. (2023). नेपालको मानव संशाधन विकास र व्यवस्थापनमा शिक्षाको भूमिका: The Role of Education in Human Resource Development and Management in Nepal. Prashasan: The Nepalese Journal of Public Administration, 54(1), 51–62. https://doi.org/10.3126/prashasan.v54i1.53218

Issue

Section

Articles