सङ्‍घीय नेपालको सार्वजनिक वित्त व्यवस्थापन

Fiscal Management of Federal Nepal

Authors

  • अच्युत Achyut वाग्ले Wagle रजिष्ट्रार तथा प्राध्यापक, काठमाडौं विश्वविद्यालय

DOI:

https://doi.org/10.3126/prashasan.v54i1.53214

Keywords:

वित्तीय सङ्‍घीयता, उपराष्ट्रिय तह, आफ्नै’ बजेट, वित्तीय हस्तान्तरण, ऋणको दिगोपन

Abstract

सङ्‍घीय राज्य संरचनाको सबैभन्दा आकर्षक पक्ष ‘वित्तीय सङ्‍घीयता’ जसले सङ्‍घीय राज्य प्रणालीमा सङ्‍घीय एकाइहरूले गर्ने सार्वजनिक वित्त व्यवस्थापन र विभिन्न तहका सरकारहरूबिचको आर्थिक कारोबारलाई परिभाषित र परिचालित गर्छ । खासगरी उपराष्ट्रिय तहहरू (Subnational Levels) लाई दिइने खर्चको जिम्मेवारी, राजस्वको क्षेत्राधिकार, अन्तरसरकारी वित्तीय हस्तान्तरण, वित्तीय पारदर्शिता र आर्थिक सुशासन, उपराष्ट्रिय तहहरूको ऋण उठाउने अधिकार, ऋण दिगोपन वित्तीय सङ्‍घीयताका प्रमुख अवयवहरू हुन् । नेपालको संविधानले सङ्‍घीय, प्रादेशिक र स्थानीयसहित तीनै तहका सरकारहरूलाई ‘आफ्नै’ बजेट तर्जुमा गर्ने अधिकार दिएको छ । अहिले प्रादेशिक र स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनमा सबैभन्दा ठुलो चुनौती मानवस्रोत व्यवस्थापन देखिएको छ । योजना निर्माण, तिनको प्राथमिकीकरण, त्यसअनुरूपको बजेट लेखन, सार्वजनिक खरिद, योजना कार्यान्वयन, खर्च प्रभावकारिता र खर्च अनुगमनसम्मका लागि प्रदेशस्तरमै पनि विषयगत र क्षेत्रगत दक्षता भएका जनशक्ति पाउन र उनीहरूलाई टिकाइराख्न मुस्किल परिरहेको छ । साथमा अनुदान, राजश्व र अन्य आर्थिक स्रोतहरूको बाँडफाँटका सूत्रहरूको पुनरावलोकन र सबै तहमा सार्वजनिक वित्त व्यवस्थापनको क्षमता वृद्धि अपरिहार्य देखिएको छ। यो लेख नेपालको वित्तीय सङ्‍घीयतासम्बद्ध नीतिगत, संरचनागत र सञ्चालनगत पक्षहरूको समीक्षामा केन्द्रित छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
40

Author Biography

अच्युत Achyut वाग्ले Wagle, रजिष्ट्रार तथा प्राध्यापक, काठमाडौं विश्वविद्यालय

रजिष्ट्रार तथा प्राध्यापक, काठमाडौं विश्वविद्यालय

Downloads

Published

2023-01-01

How to Cite

वाग्ले Wagle अ. A. (2023). सङ्‍घीय नेपालको सार्वजनिक वित्त व्यवस्थापन: Fiscal Management of Federal Nepal. Prashasan: The Nepalese Journal of Public Administration, 54(1), 1–10. https://doi.org/10.3126/prashasan.v54i1.53214

Issue

Section

Articles