राष्ट्रिय सुरक्षाको अवधारणा र चुनौती {The concept and challenge of national security}

Authors

  • चिरन Chiran कोइराला Koirala नेपाल सरकार Government of Nepal

DOI:

https://doi.org/10.3126/prashasan.v52i1.44707

Keywords:

आणविक परीक्षण, पर्यावरणीय सङ्कसट, विश्वव्यापीकरण, आतङ्करवाद

Abstract

सुरक्षित, स्वतन्त्र एवम् सम्मानपूर्वक जीवनयापन मानिसको नैसर्गिक अधिकार हो । मानवीय हित एवम् कल्याण गर्नु सरकारको दायित्व हो ।मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नागरिकको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समृद्धि र समुन्नति एवम् राष्ट्रिय चाहनाको संरक्षण आर्थिक, राजनैतिक, कूटनैतिक तथा शक्ति प्रक्षेपणका माध्यमबाट गरिने व्यवस्थापकीय क्रियाकलाप नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो । परम्परागत अवधारणामा राष्ट्रिय सुरक्षालार्इ एक राष्ट्रले अर्को राष्ट्रमाथि गरिने आक्रमण वा अतिक्रमणको विरुद्धमा लिइने रक्षा नीतिलाई मात्र बुझिन्थ्यो। अहिले मानवीय सुरक्षा, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, वातावरणीय सुरक्षा आदिलाई मानवोचित व्यवहारका पक्षहरूबाट हेर्ने गरिन्छ । विज्ञान र प्रविधिको विकाससँगै राष्ट्रले अपनाउने सुरक्षाका विविध विषयहरू जस्तैःराजनैतिक, आर्थिक, सामाजिक, कुटनैतिक, सूचना र पर्यावरण आदि समेत यसमा समावेश हुन आउँछन्। आजको सन्दर्भमा विश्वको प्रमुख सुरक्षा चुनौतीको रूपमा पर्यावरणीय सङ्कट, आणविक युद्ध प्रसार,राजनैतिक बहिष्करणएवम् प्रविधिले निम्त्याउने सङ्‍कट मानवीय अस्तित्वको विनाशका कारणका रूपमा रहेका छन् भने उन्नत प्रविधिका कारण पनि जोखिम बढ्दो छ, उक्त जोखिम व्यवस्थापन गर्न शक्तिशाली सङ्‍गठन, उत्तम राष्ट्रिय सुरक्षा नीति, कुशल नेतृत्व, प्रविधिको प्रयोग, साइबर सुरक्षा नीतिको निर्माण र कार्यान्वयन गर्न आवश्यक छ । यसका लागि सरकारको इच्छाशक्ति, कर्मचारीतन्त्रको साथ, सचेत नागरिकहरूको सक्रिय सहभागिता एवम् खबरदारी आवश्यक देखिन्छ ।

{Living a safe, free and dignified life is a natural human right. It is the responsibility of the government to safeguard the humanitarian interests and welfare of the country. That is national security management. The traditional concept of national security was defined as a defense policy taken by one nation against an attack or encroachment on another. At present, human security, food security, social security, environmental security, etc. are viewed from the perspective of humane behavior. Along with the development of science and technology, various security issues adopted by the nation such as political, economic, social, diplomatic, information and environment are also included. The traditional concept of national security was defined as a defense policy taken by one nation against an attack or encroachment on another. At present, human security, food security, social security, environmental security, etc. are viewed from the perspective of humane behavior. Along with the development of science and technology, various security issues adopted by the nation such as political, economic, social, diplomatic, information and environment are also included.}

Downloads

Download data is not yet available.
Abstract
136
PDF
256

Author Biography

चिरन Chiran कोइराला Koirala, नेपाल सरकार Government of Nepal

अनुसन्धान अधिकृत Research Officer

Downloads

Published

2021-10-01

How to Cite

कोइराला Koirala च. C. (2021). राष्ट्रिय सुरक्षाको अवधारणा र चुनौती {The concept and challenge of national security}. Prashasan: The Nepalese Journal of Public Administration, 52(1), 125–136. https://doi.org/10.3126/prashasan.v52i1.44707

Issue

Section

Articles