भ्रष्टाचारका प्रवृत्ति र नियन्त्रणका उपायहरू {Corruption trends and control measures}

Authors

  • शिवराम Shivaram न्यौपाने Neupane नेपाल सरकार Government of Nepal

DOI:

https://doi.org/10.3126/prashasan.v52i1.44653

Keywords:

नतिजामुखी, कारबाही, सुशासन, निष्पक्ष

Abstract

मुलुकमा सुशासन कायम गरी समृद्ध नेपाल, सुखी नेपालीको उद्देश्य हासिल गर्ने मुख्य जिम्मेवारीमा राज्य निरन्तर रहेको हुन्छ । राज्यका सबै संयन्त्रहरू सुशासनप्रतिको जिम्मेवारीमा संवेदनशील एवम् जवाफदेही हुनसक्दा मात्र सुशासनको अभियानलाई गतिशील गराउन सकिने तथ्य सर्वस्वीकार्य  छ । नेपालको संविधानमा उल्लेख भएको सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भष्टाचारमुक्त, उत्तरदायी र सहभागितामूलक बनाउन राज्यबाट प्रदान हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने राज्यको नीतिलाई अनुभूतियोग्य गराउन आवश्यक भएको छ । नेतृत्व तहदेखि कार्यकारिणी तहसम्मका साथै सङ्घी य तहदेखि स्थानीय तहसम्मको संरचनामा संस्थागत रूपमा फैलिँदै गएको भ्रष्टाचार नियन्त्रणको कार्य चुनौतीपूर्णहुँदै गएको छ । भ्रष्टाचार नियन्त्रणका प्रयासहरू अपेक्षित रूपमा प्रभावकारी हुन सकेका छैनन् । यस सन्दर्भमा मुलुकमा विद्यमान परम्परागत एवम् नयाँ स्वरूपमा वृद्धि भएका भ्रष्टाचारका प्रवृत्तिहरूको अध्ययन, अनुसन्धान एवम् विश्लेषण समेत गरी सरकारी, गैरसरकारी, सहकारी एवम् सामुदायिक क्षेत्रका अतिरिक्त निजी क्षेत्रसमेतको भ्रष्टाचारजन्य प्रवृत्तिहरूको नियन्त्रण गर्नु अपरिहार्य भएको छ । यसका लागि शासकीय नेतृत्वको संवेदनशीलता, जिम्मेवारी एवम् कार्यगत अग्रसरता प्रभावकारी हुनुपर्ने आवश्यकता एकातर्फ रहेको छ भने अर्कातर्फ राज्यका सम्पूर्ण संयन्त्रहरूको जिम्मेवारपूर्ण समन्वय, साझेदारी र सहकार्य अत्यावश्यक भएको छ। यसबाट सङ्घीसय तहदेखि स्थानीय तहसम्म व्यापक भएको भ्रष्टाचार न्यूनीकरण भई सदाचार अभिवृद्धि हुनेमा आशावादी हुन सकिन्छ ।

{The state has the main responsibility of achieving the objective of prosperous Nepal and happy Nepalis by maintaining good governance in the country. The fact that the campaign for good governance can be accelerated only when all the mechanisms of the state are sensitive and accountable for their responsibility towards good governance is universally accepted. To make the public administration mentioned in the constitution of Nepal clean, competent, fair, transparent, corruption free, accountable and participatory by ensuring equal and easy access of the people to the services provided by the state. It has become necessary to make the policy of the state that guarantees good governance feasible. The task of controlling corruption, which is spreading institutionally from the leadership level to the executive level as well as from the federal level to the local level, is becoming challenging. Efforts to control corruption have not been as effective as expected.  In this context, it has become imperative to control the corrupt tendencies of the government, non-government, cooperative and community sectors as well as the private sector by studying, researching and analyzing the existing traditional and new forms of corruption in the country. For this, the sensitivity, responsibility and working initiative of the governing leadership needs to be effective on the one hand and on the other hand, responsible coordination, partnership and cooperation of all the mechanisms of the state has become essential. From this, one can be hopeful that corruption, which has spread from the federal level to the local level, will be reduced and morality will increase.}

Downloads

Download data is not yet available.
Abstract
89
PDF
86

Author Biography

शिवराम Shivaram न्यौपाने Neupane, नेपाल सरकार Government of Nepal

सहसचिव Joint Secretary

Downloads

Published

2021-10-01

How to Cite

न्यौपाने Neupane श. S. (2021). भ्रष्टाचारका प्रवृत्ति र नियन्त्रणका उपायहरू {Corruption trends and control measures}. Prashasan: The Nepalese Journal of Public Administration, 52(1), 71–84. https://doi.org/10.3126/prashasan.v52i1.44653

Issue

Section

Articles