विनिर्माणवादी दर्शन र भाषा शिक्षणको सम्बन्ध {The relation of constructivist philosophy and language teaching}

Authors

  • ढाल बहादुर Dhal Bahadur थापा Thapa

DOI:

https://doi.org/10.3126/irj.v1i1.52521

Keywords:

भाषाशिक्षण, ग्रामाटोलोजी, उत्तरसंरचनावाद, उत्तरआधुनिकतावाद,, विनिर्माणवाद, bhashashikshan, binirvanvad

Abstract

प्रस्तुत लेखमा ज्याक डेरिडाको विनिर्माणवाद र भाषा शिक्षणमा विनिर्माणवादको सम्बन्धका बारेमा अध्ययन गरिएको छ । डेरिडाको विनिर्माणवादलाई उत्तर संरचनावादको विशिष्ट सिद्धान्त मानिन्छ । यो दार्शनिक क्षेत्रबाट साहित्यिक क्षेत्रमा प्रवेश गरेको अवधारणा हो । यो लेख तयार पार्नका निम्ति पुस्तकालय स्रोतको प्रयोग गरिएको छ । यसको अध्ययन विधि विश्लेषणात्मक तथा व्याख्यात्मक रहेको छ । कुनै विषय क्षेत्रलाई फेरि अर्को शिराबाट हेर्नु, सोच्नु तथा अध्ययन गर्नु नै विनिर्माणवाद हो । डेरिडाको विनिर्माणवाद र फरकपना भाषा तथा साहित्यका क्षेत्रमा बहूपयोगी सिद्ध हुनसक्ने देखिएको छ । नेपालको नीति निर्माण, कार्यान्वयन तथा भाषा शिक्षणमा विनिर्माणवादको आवश्यकता खड्कदो रहेको छ । ज्याक डेरिडाको विनिर्माणवाद त्यसको फरकपना र भाषा शिक्षणमा सम्बन्धका बारेमा जानकारी राख्न चाहनेलागि यो लेख महत्वपूर्ण सावित हुनेछ छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
35

Downloads

Published

2023-02-15

How to Cite

थापा Thapa ढ. ब. D. B. (2023). विनिर्माणवादी दर्शन र भाषा शिक्षणको सम्बन्ध {The relation of constructivist philosophy and language teaching}. Innovative Research Journal, 1(1), 218–223. https://doi.org/10.3126/irj.v1i1.52521

Issue

Section

Articles