माग्नेको गीत कवितामा ध्वन्यार्थ

Authors

  • शकुन्तला Shakuntala भण्डारी Bhandari

DOI:

https://doi.org/10.3126/irj.v1i1.52428

Keywords:

अभिव्यञ्जित, ध्वन्यार्थ, पदावली, पङ्क्ति, प्रकरण

Abstract

प्रस्तुत अध्ययन ‘माग्नेको गीत’ कवितामा निहित ध्वन्यार्थको अध्ययनसँग सम्बन्धित रहेको छ । ‘माग्नेको गीत’ कविताको शीर्षक ,पद÷पदावली र प्रकरणमा के कस्तो ध्वन्यार्थ रहेको छ भन्ने जिज्ञासालाई पुस्तकालयीय अध्ययन कार्यको अनुशासनमा बसी सङ्कलन गरिएको सामग्रीलाई गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरी समीक्षण गरिएको छ । निम्न वर्गका अतिशय उत्पीडन अभिव्यञ्जित भएको ‘माग्नेको गीत’ कवितामा मान्छेले मान्छेलाई हेला, घृणा र शोषण गर्नु हुँदैन, सहयोग गरी आत्मीयता देखाउनु पर्छ भन्नु नै यसको ध्वन्यार्थ हो । अतः उक्त कवितामा प्रयुक्त साक्ष्यबाट अभिव्यञ्जित अर्थ ध्वनि सिद्धान्तका दृष्टिले उत्कृष्ट रहेको आकलन गर्न सकिन्छ । प्रस्तुत अध्ययन कार्यबाट ध्वन्यार्थसँग सम्बन्धित क्षेत्रमा अध्ययन गर्ने अध्येताहरूलाई अपेक्षित सहयोग मिल्ने विश्वास लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
65
PDF
46

Downloads

Published

2023-02-15

How to Cite

भण्डारी Bhandari श. S. (2023). माग्नेको गीत कवितामा ध्वन्यार्थ . Innovative Research Journal, 1(1), 200–210. https://doi.org/10.3126/irj.v1i1.52428

Issue

Section

Articles