आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता

Authors

  • अम्बिकादेवी Ambikadevi रिजाल Rijal Sanothimi Campus, T.U., Bhaktapur

DOI:

https://doi.org/10.3126/irj.v1i1.52272

Keywords:

लैङ्गिकता, भाषिक पृष्ठभूमि, अनुच्छेद लेखन, Laingikata, anuchhed lekhan

Abstract

प्रस्तुत आलेखमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमताको अध्ययन गरिएको छ । यसमा आधारभूत तह अन्तर्गत कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमताको पहिचान गरिएको छ । प्रस्तुत लेखको उद्देश्य विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता पहिचान गर्नु, भाषिक पृष्ठभूमि, विद्यालय प्रकृति र लैङ्गिकताका आधारमा कक्षा सातमा अध्ययनरत् विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता पहिचान गर्नु रहेको छ । यसमा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यस लेखको तयारीका क्रममा क्षेत्रीय अध्ययन पद्धतिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । यस लेखको तयारीका क्रममा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । अनुच्छेद लेखन क्षमता सम्बन्धी जम्मा १० पूर्णाङ्कको प्रश्नावली निर्माण गरी परीक्षण गर्दा विद्यार्थीहरुको अनुच्छेद लेखनमा सहभागी विद्यार्थीहरुबाट लेखिएको अनुच्छेद मध्यम स्तरको रहेको देखिन्छ । भाषिक पृष्ठभूमीका आधारमा अनुच्छेद लेखन क्षमताको तुलना गर्दा दोस्रो नेपाली भाषीहरुको तुलनामा पहिलो नेपालीभाषी विद्यार्थीहरुको लेखन क्षमता केही उच्च रहेको पाइएको छ । लैङ्गिकतको आधारमा अनुच्छेद लेखन क्षमताको तुलना गर्दा छात्र विद्यार्थीहरुको तुलनामा छात्रा विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता केही बढी प्रतिशत अगाडि रहेको छ । विद्यालय प्रकृतिको आधारमा हेर्दा निजि विद्यालयको भन्दा सामुदायिक विद्यालयको अनुच्छेद लेखन क्षमता माथि रहेको निष्कर्ष प्राप्त भएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यसविषयमा सरोकार राख्नेहरूलाई नीतिगत तथा प्रयोगात्मक तहमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
24
PDF
27

Downloads

Published

2023-02-15

How to Cite

रिजाल Rijal अ. A. (2023). आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरुको अनुच्छेद लेखन क्षमता . Innovative Research Journal, 1(1), 182–189. https://doi.org/10.3126/irj.v1i1.52272

Issue

Section

Articles