जेलाँ टोल, भक्तपुरको ऐतिहासिकता र सम्पदाहरूको अध्ययन
DOI:
https://doi.org/10.3126/hisan.v11i1.92799Keywords:
नासद्यो, चुक, हरिशंकर, अशिताङ्ग भैरव, मचो भैरवAbstract
भक्तपुरको नाम ख्वप्रिङ्गग्र्रामको रूपमा पाँचौ शताब्दीमा मानदेवको पालामा नै आइसकेको अभिलेखहरूबाट थाहा हुन्छ । बाह्रौँ शताब्दीमा आनन्द देवले भक्तपुरलाई राजधानी शहरको रूपमा व्यवस्थित गरेका थिए । हजारौं बर्षको अन्तरालमा यस शहरमा कतिपय टोलहरू थपिए । विभिन्न विद्वानहरूले यसको विकास र विस्तार थाहा पाउन अध्ययन गरेका छन् । तैपनि कति टोल, बस्ती, चुकः बाटोको संरचनाको सुक्ष्म अध्ययन हुन सकेको छैन । कतिपय सम्पदा, बाटोको संरचनाहरू बस्ती बस्नु अगाडि नै बनिसकेका हुन् । कति सम्पदा र संरचना भने बस्ती विकास र विस्तारको सिलसिलामा थपिदंै गएको हुन् । त्यसैकारण यी बस्तीको ऐतिहासिकता बुझ्न धेरै तरिकाबाट जाँच्नुपर्ने हुन्छ । प्रस्तुत शोधको उद्देश्य पनि जेलाँ टोल, भक्तपुरको बस्ती विस्तारको ऐतिहासिकता अध्ययन गर्नु रहेको छ साथै धेरै प्रकारबाट जाँच्नका लागि लौकिक÷अलौकिक सम्पदाहरू, तिनका वास्तुगत आधार, मूर्तिकला, अभिलेखहरू, अन्य ऐतिहासिक अवशेषहरू अध्ययन गरेर यहाँका संरचनाको ढाँचालाई पुराना अध्ययनसँग दाँजेर हेर्ने सकिन्छ । यस अध्ययनमा पुस्तकहरूको सहयोगले पनि यसमा थप टेवा पु¥यायो । यी अध्ययनबाट जेलाँ टोल कम्तिमा पनि सत्रौं शताब्दी अगाडि नै विकास भएको प्रमाणित हुन्छ । नासद्योले भूवन मल्लको समय र अशिताङ्ग भैरवले आनन्द देव (बाह्रौ शताब्दी) सम्म पुग्न सक्ने आधार पनि दिएको छ । त्यसैकारण गुत्सो र कोल्भरले भने जस्तो यो टोल सत्रौ शताब्दी पछि मात्र थपिएको भन्न मिल्दैन ।