https://nepjol.info/index.php/hisan/issue/feed HISAN: Journal of History Association of Nepal 2024-03-27T10:24:44+00:00 Prof. Nrishina Kumar Khatri hisan_2012@yahoo.com Open Journal Systems
HISAN: Journal of History Association of Nepal is the official multidisciplinary Research, Peer-Reviewed Journal of the History Association of Nepal. It has been publishing articles of the concerned faculty researchers annually.
https://nepjol.info/index.php/hisan/article/view/64006 Evolving Trends in Modern History Writing: A Comprehensive Overview 2024-03-22T03:09:26+00:00 Arjun Bahadur Bhandari adhikaribambahadur@gmail.com
History is the study of human civilization across various cultures, geographical locations, and historical eras. It covers various occurrences, movements, conflicts, discoveries, and relationships that have contributed to the development of the modern world. The practice of writing history has undergone significant transformations over the years, shaped by evolving methodologies, technological advancements, and changing perspectives. Modern history writing is a dynamic field that encompasses a wide range of approaches, from traditional narrative histories to the incorporation of interdisciplinary methods. This article explores the key trends in modern history writing, highlighting the diverse methodologies employed by historians and the impact of technological innovations on the field focusing on the need for accurate documentation and transmission of history. The paper uses qualitative methods, including in-depth interviews, conversations with historians, academicians, university professors, and library research.
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64007 A Brief Study on Abortion in Adolescent Girl-Students in Kathmandu Valley 2024-03-22T03:18:50+00:00 Gokarna Raj Aryal goaryal243@gmail.com Manoj Kumar Karna manojkarna77@gmail.com
Nepali girl-students of the adolescent age group adopt abortion services in justifiable as well as in unethical ways in the verge of career-making in their study and jobs. There are many responsible factors for abortion deed in Nepali society like the negative impact of social media-internet services, globalization, migration, poverty, legal facility for abortion, and so on. This act has adverse effects on their physical health and performance those who adopt this. This research work objectifies the perception and the attitude of such adolescent girl-students in Kathmandu Valley. To ascertain the study accurate, this research work mentions particular data from Kathmandu Valley as primary sources and also some secondary sources from Nepal Demographic Health Survey (NDHS) and others. It further consults Karl Marx's views as well as the psychoanalytic perspective of Georg Wilhelm Friedrich Hegel and Sigmund Freud as the theoretical tools, and the ideas of David Pavon-Cuellar on Marxist-psychoanalytic theory in the relevant context of the data used in this article suitably in the Nepalese context. It follows sharply the quasi-experimental method of writing from the library's text to the internet and also the field work. Historically, the Nepali adolescent girl-students mostly are aware of abortion than the previous time; they have a legal idea about it, its facilities, and its process now. This research shows that there are majority of such Nepali adolescent girl-students in an urban area, even in Kathmandu city, who use abortion knowingly or unknowingly causing their health poor with poor performance and ruining their career so, it is helpful for the stakeholders to work on the issue raised here.
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64009 Gender Mainstreaming in Schools, Classrooms and Textbooks: Historical Perspective 2024-03-22T03:29:09+00:00 Hikamat Bahadur Khatri hikamat9841502026@gmail.com
This study aims to explore how the gender mainstreaming process in schools. Similarly, this study has focused on gender-related content in textbooks. The gender mainstreaming is very important for Nepalese society. So this study analyses gender mainstreaming in schools, classrooms, and textbooks. In particular, gender mainstreaming empowers women in society. Therefore government need to make a good effort to create a gender-friendly environment in schools and textbooks. So how gender mainstreaming helps gender equality is the main concerning part of this study. It is based on field data generated through interaction with the participants. This study mainly dealt with two themes: gender mainstreaming in textbooks, and gender issues in school and class.
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64010 नेपालको आर्थिक विकास होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ 2024-03-22T03:44:35+00:00 गोविन्दमानसिंह Govindamansingh कार्की Karki govindamskarki@gmail.com
सन् १९८८ देखि आधिकारिक रूपले प्रयोगमा आएको होमस्टेको पर्यटन आज विश्वका विभिन्न राष्ट्रहरूमा अनेकौ तरिकाबाट आर्थिक तथा सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण अभियानका रूपमा सञ्चालन हुँदै आएको छ । प्रत्येक राष्ट्रको पर्यटन क्षेत्रको एउटा नयां अभ्यासका रूपमा बदलिंदो विश्व पर्यटनसँगै होमस्टेको प्रयोग भएको छ । विकसित राष्ट्रहरूमा होमस्टेलाई एक महत्त्वपूर्ण लगानी र आयआर्जन गर्ने व्यापारका रूपमा उपयोग गरिएको छ भने विकासोन्मुख राष्ट्रहरूमा यसको प्रयोग उत्पादन र रोजगारीको विषयमा विशेष जोड दिइएको पाइन्छ । विकसित राष्ट्रहरू अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा आदिले होमस्टेमा ठूलो लगानी गर्दै यसलाई उच्च आर्थिक आयको औजार तथा व्यापार र मनोरञ्जनका रूपमा लिएका छन् । उनीहरूले बाल्य वातावरणीय आकर्षणको अतिरिक्त आन्तरिक र भित्री सेवा सुविधामा विशेष जोड दिदै पर्यटकको पहिचान र उद्देश्य बुझेर सोही सेवा सुविधाहरू प्रदान गर्दै आएका छन्। उनीहरूले मनोरञ्जनको रूपमा खाने, बस्ने, अध्ययन गर्ने, खेल्ने, योगा गर्ने, क्षमताको विकास गर्ने, तालिम प्रदान गर्ने आदि सुविधाहरूमा पर्यटकहरूको ध्यान आकर्षित गर्दछन्। नेपालको आर्थिक तथा सामाजिक समुन्नति र विकासका लागि पर्यटन उद्योगसँग सम्बन्धित ग्रामीण विकासको प्राथमिकतायुक्त कार्यक्रमको जल्दोबल्दो रूपमा होमस्टेलाई लिन सकिन्छ । यो घरवास कार्यक्रमले ग्रामीण क्षेत्रको आर्थिक विकास, रोजगारीको सिर्जना, कला र संस्कृतिको संरक्षण, स्थानीय क्षेत्रको प्रचार–प्रसार गर्नुको साथै ग्रामीण पूर्वाधारको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउन सक्दछ । होमस्टे कार्यक्रमबाट ग्रामीण जनताको व्यवसायमा वृद्धि, सीपमूलक उत्पादन, सामूहिक एकता र चेतनाको अभिवृद्धि गराउदै यसबाट स्थानीय उत्पादकत्वलाई विशेष प्राथमिकता दिएर शैक्षिक परिवर्तन र सामाजिक उत्थानको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नेपाल ग्रामीण क्षेत्रले भरिपूर्ण तथा प्राकृतिक तथा भौगोलिक सौन्दर्यता र हिमताजले सिंगारिएको देश भएकाले यहां होमस्टे कार्यक्रम सफलताका साथ सञ्चालन र विकास भएर देशको समग्र अर्थतन्त्रको उत्थानमा मद्धत पुग्न सक्ने आशा गर्न सकिन्छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64013 पौड्याल बंशको ऐतिहासिक घटनाक्रममाः पाल्पाली पौड्यालहरूको पहिचान 2024-03-22T04:12:38+00:00 ज्ञानेन्द्र Gyanendra पौड्याल Poudyal hisan_2012@yahoo.com
पौड्याल वंशको ऐतिहासिक पृष्ठभूमि धेरै लामो र धेरै पुरानो भएको पाइन्छ । जसको जरो किलो पत्ता लगाउन भारतको प्राचीन इतिहासदेखि नेपालको र ऐतिहासिक श्रृङ्खलाहरूलाई बुझ्नुपर्ने हुन्छ । अफगानिस्ताका तत्कालीन शासक सुल्तान मुहम्मद गजनवी मुस्लिम शासकहरूमध्येका क्रुर र निरङ्कुश शासक मानिन्छन् । सुल्तान र उनका सर्मथकहरूबाट भारतका विभिन्न राज्यहरू खास गरी हिन्दू शासकहरू माथि आक्रमण भइरहन्थ्यो । त्यसै क्रममा वि.सं.११४१ मा भारतको कान्यकुज राज्यका हिन्दू शासकहरूमाथि सुल्तान र उनका समर्थक मुसलमानहरूले आक्रमण गरे फलस्वरुप त्यहाँका हिन्दू राजा जयचन्द्र मारिए भने परिणाम स्वरुप त्यस क्षेत्रमा मुस्लिमहरूको अत्याचारले सीमा नाग्दै गयो । मुस्लिम शासकहरूले तत्कालीन भारतवर्षअन्तर्गत पर्ने विभिन्न राज्यका हिन्दू शासक तथा उनीहरुका मठमन्दिर मात्र नभई हिन्दू जातिहरूमाथि समेत कठोर यातना दिन थाले । तत्कालीन भारतवर्षअन्तर्गत अहिलेको नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान तिब्बत, बर्मा, इरान, इराक आदि मुलुकहरू पर्दथे । यस प्रकार मुस्लिमहरूको पटक पटकको आक्रमण र धनसम्पत्तिसमेत लुटेर लगिदिने, आततायी घटनादेखि हिन्दू धर्मावलम्विहरू आफ्नो असुरक्षा र धार्मिक आस्थामाथिसमेत कुठाराघात हुँदै गएको महसुस गरिरहेका थिए । मुस्लिमहरूले हिन्दूहरूलाई दुःख दिने ज्यादती अनेत्र पनि थियो । यस किसिमको आक्रमणबाट खासगरी स्थानीय धेरैथरी आर्य ब्राह्मणहरू कान्यकुञ्ज राज्य अर्थात् वर्तमान भारतको कानपुर र वरपरका क्षेत्रबाट स्थानान्तरण हुँदै धर्म, संस्कृति र जीउ, ज्यानको सुरक्षा खोज्दै तत्कालीन भारतका उत्तरी खण्डका राज्यहरू काँगडा, कुमाउ, गढवाल, श्रीनगर आदि विभिन्न स्थानहरूमा आएर बसोबास गर्न थाले । यसरी उत्तरी भारतका पहाडी इलाका सुरक्षित स्थलतिर स्थानान्तरण हुँदै गएका ब्राह्मणहरूमध्येका आत्रेय गोत्र भएका उदय भट्ट नामका ब्राह्मण पनि भारतको कान्यकुज तथा कानपुर क्षेत्रबाट गढवालको राजधानी श्रीनगर क्षेत्रमा आई बसेका थिए । अहिलेसम्म प्राप्त स्रोतका आधारमा नेपालका आत्रेय गोत्रहरू यिनै उदय भट्टका पुर्खाहरू हुन भन्ने बुझ्न सकिन्छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64023 नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा राधाकृष्ण थारु र संसदमा उनको योगदान 2024-03-22T08:52:30+00:00 जगत Jagat नेपाल Nepal jagatnepal@gmail.com डोलराज Dolraj काफ्ले Kafle kafledol@gmail.com राजेन्द्रप्रसाद Rajendraprasad धिताल Dhital rajendraprddhital@gmail.com अतुल Atul कोइराला Koirala atulkoirala@gmail.com
प्रस्तुत अध्ययन नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा राधाकृष्ण थारु र उनको योगदानका विषयमा आधारित रहेको छ । राणा शासनकालदेखि नै गरिव किसानहरूका पक्षमा संघर्ष गर्दै उनीहरूको जीवन निर्वाह हुनसक्ने जग्गाजमिन उपलब्ध गराएर सर्वसाधारण किसानका आधारभूत अधिकार स्थापित गर्न सफल भएका थिए । उनी वि.सं.२००७ सालमा मुक्ति सेनाले प्रजातन्त्र स्थापनाका लागि गरेको क्रान्तिमा बाँके–बर्दिय क्षेत्रमा रहेको मोर्चामा सहभागी भएर युद्ध लडेका थिए । वि.सं.२०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा अत्याधिक बहुमत प्राप्त गरी विजयी भएपछि उनले जमिन्दारहरूको शोषण र अन्याय अत्याचारका विरुद्ध पीडित किसानका आवाज संसदमा बुलन्द पारेका थिए । उनले संसदमा क्रान्तिकारी भूमिसुधार, विर्ता उन्मूलन जस्ता विषयमा आफ्ना गहकिला विचार प्रस्तुत गरी जनताको आवाज स्थापित गर्ने प्रयास गरेका थिए । तत्कालीन समयमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहेका थारुले किसानको अधिकारका पक्षमा जीवन प्रर्यन्त संघर्ष गरिनै रहे । राजा महेन्द्रले वि.सं.२०१७ साल पौष १ गते नेपालकै प्रथम निर्वाचित सरकारलाई अपदस्त गरी संसद विघटन गरेपछि उनी भारत प्रवासमा रहेर पार्टीले सञ्चालन गरेको शसस्त्र क्रान्ति सफल पार्न सक्रिय रहेका थिए । वि.सं.२०२५ सालमा राजाबाट आममाफी पाएर स्वदेश फर्किएपछि निरन्तर प्रजातन्त्र र किसानका अधिकारका पक्षमा आवान बुलन्द पार्दै आएका थारुले वि.सं.२०४५ सालसम्म नेपाली कांग्रेस बर्दिया जिल्लाको जिल्ला सभापति भएर काम गरेका थिए । यस अध्यनको उद्देश्य जीवनभर निरन्तर समाजसेवामा समर्पित राधाकृष्ण थारुले जनताका पक्षमा गरेका कार्य र नेपालको पहिलो निर्वाचित संसदमा खेलेको भूमिका बारे खोजी गर्नु रहेको छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64034 चेपाङ जाति र यिनका सांस्कृतिक परम्पराहरू 2024-03-22T09:56:14+00:00 ढाकाराम Dhakaram सापकोटा Sapkota dhakaramsapkota13@gmail.com
नेपालमा रहेका विभिन्न जातजातिहरूमध्ये चेपाङ जाति पनि एक हो । लेखमा नेपालका केही निश्चित क्षेत्रमा बसोबास गर्ने सिमान्तकृत समूहअन्तर्गत रहेको चेपाङ जातिको सांस्कृतिक अवस्थाका बारेमा अध्ययन गरिएको छ । यो जाति निकै लामो समयसम्म राजनीतिक, शैक्षिक, आर्थिकलगायतका विभिन्न स्वरुपमा पिछडिएको अवस्थामा रहेको थियो । प्रकृतिपूजन दृष्टि, संयुक्त परिवारको सामाजिक संरचना, आदिम प्रकारको चालचलन आदि यस जातिका मुख्य विशेषता हुन्। वर्तमान समयमा भने चेपाङ जातिको यस मौलिक पहिचानमा धेरै परिवर्तन आएको छ । समयक्रमसँगै अन्य जाति र समुदायसँगको सम्पर्कले कति कुरा उनीहरूबाट सिक्दै आएका भए तापनि सांस्कृतिक परम्पराहरु सम्पन्न गर्ने सवालमा केही मौलिक संस्कारहरूलाई निरन्तरता दिदै आएका छन् । लेखमा द्वितिय स्रोतका आधारमा समाजशास्त्रीय सिद्धान्तमा केन्द्रीत भई अध्ययन गरिएको छ । अध्ययनका क्रममा चेपाङ जातिमा वर्तमान समयमा प्रसस्त परिवर्तनहरु आउदै गएको देखिएको छ । चेपाङ जातिको सांस्कृतिक अवस्थाको जानकारीसँगै जातीय परिचय गराउनु प्रस्तुत लेखको उद्देश्य रहेको छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64035 नेपाल प्रजापरिषदको सरकार र त्यसका गतिविधिहरू 2024-03-22T10:52:13+00:00 तेजबहादुर Tejbahadur के.सी. K.C. tejbdrkc243@gmail.com
नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाल प्रजापरिषद् देशमा प्रजातन्त्रको स्थायित्वका लागि कठिन यात्रा प्रारम्भ गर्ने पहिलो राजनीतिक दल थियो । जहानीया राणा शासनको समयमा अधिकार विहिन अवस्थामा रहेका शाह वंशंीय राजा र राणाहरूको निरङ्कुश शासनबाट प्रताडित नेपाली जनतालाई स्वतन्त्र तुल्याउने उद्देश्यका साथ आवश्यकता परे प्राँणको आहुती दिने अठोटका साथ पवित्र धार्मिक ग्रन्थ गीताको कसम खाएर खोलेको त्यो राजनीतिक दलको योगदान नेपालको प्रजातान्त्रिक इतिहासमा अविस्मरणीय रहेको छ । नेपालका सहिदहरूको सूचीमा संस्थापक सदस्यहरू गणेशमान सिहं वाहेक सबैलाई सामेल गरेको यस दलका एकसदस्य गण्ोशमान सिंहले भागेर ज्यान बँचाएका थिए । सस्थापक अध्यक्ष टंकप्रसाद आचार्य ब्राह्मण जातको भएको र त्यस वेलाको धार्मिक मान्यताअनुसार व्राम्ह्णलाई मृत्युदण्ड दिनु महाँपाप मानिने भएकै कारण मृत्युदण्डबाट वच्न सफल भएका थिए । राणाशासनकाल भर उनले कष्टकर जेल जीवन विताएका थिए । उनले मृत्युदण्डको सजाए पाउनेले भन्दा बढी फलामका जंजिर शरीरमा बोकेर कष्टकर जेल जीवन विताएका थिए । प्रजा परिषद्का संस्थापक सदस्यहरू मध्ये राणाहरूको पञ्जावाट फुत्केर गणेशमान सिंह्ले र राणा शासकको पञ्जामै रहेर टंकप्रसाद आचार्यले राणा शासनको अन्त्यको दिन देख्ने अवसर पाएका थिए । तिनै टंकप्रसाद आचार्यले वि.सं.२०१२ साल माघ १३ गतेका दिन नेपालको प्रधानमन्त्रीको पदमा नियुक्त भई सरकार संञ्चालन गर्ने अवसर पाएका थिए । प्रजातन्त्रका हिमायती, ज्यूँदा सहीद, सादगी जीवन तथा उच्च विचारका धनी टंकप्रसाद आचार्यले नेतृत्व गरेको नेपाल प्रजापरिषद्को सरकार प्रति नेपाली जनताको उच्च सम्मान र अपेक्षा रहेको थियो । त्यो समयका नेपालका अन्य राजनैतिक दलहरूको आचार्य मन्त्रीमण्डल प्रति दलीय विमति रहे तापनि प्रत्येक्ष शासनको नाममा राजा महेन्द्रले आफ्नो हातमा लिएको राजनैतिक अधिकार जनताकै प्रतिनिधिहरूको हातमा सुम्पेर बनेकोले त्यो सरकारप्रति आलोचनात्मक समर्थन रहेको थियो । यो सरकारको मुख्य उद्देश्य देशमा आम निर्वाचन सम्पन्न गरी प्रजातन्त्रलाई संस्थागत गर्नु थियो । तर अनुभवहीन राजनैतिक दलहरूकै बीचमा खिचातानी र दलीय स्वार्थका कारण देशमा बढेको अशान्ति र अस्तव्यस्तताले गर्दा त्यो समयमा प्रजातन्त्रको संस्थागत विकास हुन सकिरहेको थिएन । नैतिकता र आदर्शलाई आफ्नो इज्जत सम्झने टंकप्रसाद आचार्यले आम निर्वाचन सम्पन्न गर्न नसक्ने अवस्थाको पूर्वानुमान गरी स्वइच्छाले प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलका योद्धा टंकप्रसाद आचार्य नेतृत्वको १८ महिने कार्यकालको यो सरकारको नेपालको राजनैतिक इतिहासमा उल्लेखनीय योगदान रहेको छ । यस अध्ययनको उद्देश्य यही टंकप्रसाद आचार्य नेतृत्वको सरकारले आफ्नो राज्य सञ्चालनको छोटो कार्यकालमा अवलम्वन गरेका नयाँ नीतिहरू र ति नीतिहरूले देश विकासमा पारेको दुरगामी सकारात्मक प्रभाव र उपलब्धिहरूमा केन्द्रीत रही तिनै नीतिहरूको विश्लेषण गर्नु रहेको छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64107 देवदह कन्यामाईको उत्खनन् 2024-03-25T02:49:49+00:00 प्रकाश Prakash दर्नाल Darnal darnalp@gmail.com
देवदह लुम्बिनीबाट ३५ किलोमिटर.उत्तर पूर्वमा पर्दछ । यो स्थान सिद्धार्थ गौतमको मामाघर अर्थात्उनकी आमा मायादेवी, उनलाई हुर्काउने प्रजापती गौतमी तथा पत्नी यशोधराको माइतीघर थियो । रोहिणी नदी शाक्यहरूको  राज्य कपिलबस्तुको पूर्वी सीमाना थियो भने कोलीय राज्यको पश्चिमी सीमाना थियो । देवदह कोलीय गणराज्यको  राजधानी थियो । बौद्ध धार्मिक ग्रन्थमा उल्लेख गरेअनुसार कोलीय राज्य कपिलवस्तु राज्यको पूर्वी सीमाना रोहिणी  नदीको तटमा अवस्थित थियो । प्रसिद्ध लुम्बिनी प्रदिमोक्ष उद्यान दुवै गणराज्यअन्तर्गत पर्दथ्यो । दुवै गणराज्य मगध र  कोशल बीचको व्यापार र वाणिज्यको केन्द्रका रुपमा पनि रहेको थियो । प्राचीन भारतस्थित उत्तरापथ राजमार्ग  कपिलवस्तु हुँदै देवदह भएर अन्य मल्ल गणराज्यसम्म विस्तारित भएको थियो । राम नामका जोगी जो बनारसका पूर्व  राजा थिए उनले राज्य छोडेर उपवास जीवन बिताइरहेका थिए । उनी आफ्नी श्रीमती र परिवारबाट तिरष्कृत थिए ।  उनले राजा ओक्काकको पाँच छोरीमध्ये जेठी प्रियासँग विवाह गरेका थिए । उनी पनि आफन्तबाट त्यागिएर जङ्गलमा बसेकी थिइन् । उनीहरूले जङ्गलको कोल वृक्षलाई फँडानी गरी बस्ती बसाएको हुनाले त्यस स्थानको नाम कोलीय हुन गएको थियो । यसका साथै उनका सन्तानलाई कोलीय वंश भन्ने गरिएको थियो । त्यस राज्यलाई कोलीयनगर, व्याघ्रपुर, देवदह, रामग्राम जस्ता विभिन्न नामहरूबाट पनि चिन्ने गरिन्थ्यो ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64108 शमसुद्दिनको आक्रमण र नेपालको कला संस्कृतिमा परेको प्रभाव 2024-03-25T03:04:06+00:00 बलराम Balaram कायस्थ Kayastha balaram.kayastha@gmail.com
प्राचीनकालदेखि नै नेपाल उपत्यका आर्थिक रुपमा सम्पन्न थियो । आर्थिक सम्पन्नताकै पृष्ठभूमिमा यहाँ अनेक आश्चर्यलाग्दा कला, संस्कृतिको विकास भए । थोरै श्रम गरेर धेरै उत्पादन हुने भएकाले यहाँका बासिन्दालाई खान लाउनको कुनै चिन्ता थिएन । फुर्सदका समयमा यिनले एकातिर विविध किसिमका चाडपर्व, जात्राउत्सवहरू, भोजभतेर, नाचगान आदिद्वारा रमाइलो गर्न जाने भने अर्कोतिर शिल्पका हरेक विधा (धातुकला, काष्ठकला, प्रस्तरमूर्तिकला, चित्रकला, मृण्मयकला, वास्तुकला आदि) मा सिद्धहस्त कलाकारिताको ज्ञान पनि हासिल गर्न सफल भए । धार्मिक पृष्ठभूमिमा आधारित यी मौलिक कला संस्कृति सम्पदा सारा संसारका लागि बेजोड र अनुपम थिए/अझै छ । यसरी नेपालको आर्थिक सम्पन्नता, धर्म, संस्कृतिमा आधारित कलाकारिता आदिबारे मध्यकालमा वरिपरिका छिमेकी राज्यहरू विशेष गरेर दक्षिण छिमेकी राज्यका बासिन्दामा समेत नेपालका मठमन्दिरहरू सुनले बनेका छन्र यहाँ प्रशस्त सुन पाइन्छ । यो सुन यहाँ तिब्बतबाट आउँछ भन्ने कौतुहलता र जिज्ञासा रहेको थियो । तर यसका बाबजुद एउटा योग्य र शक्तिशाली शासकको अभावमा यहाँको राजनीतिक स्थिति भने अस्थिर र कमजोर रहेको थियो । कमजोर राजनीतिक परिस्थितिकै बीच यहाँ अचानक बङ्गालका सुल्तान शमसुद्दिन इलियासले वि.सं. १४०६ मा आक्रमण गरे । कुनै प्रतिकार वा प्रतिरोध बिनाको त्यस आक्रमणले नेपालको कला र संस्कृतिका क्षेत्रमा ठूलो क्षति पु¥यायो । प्रस्तुत लेख यसै विषयवस्तुमा केन्द्रीत रहेको छ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64109 पनौतीको पर्यटकीय महत्व {The Tourism Importance of Panauti} 2024-03-25T03:13:00+00:00 बमबहादुर Bambahadur अधिकारी Adhikari adhikaribambahadur@gmail.com
सन् १९५० को जुन ३ का दिन फ्रान्सका मौरिस हर्जागले संसारका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरूमध्ये प्रथम पटक नेपालको अन्नपूर्ण हिमालको आरोहण गरेपछि मात्र नेपालको पर्यटन सुरुवात भएको मानिन्छ । संसारकै सबैभन्दा ठूला उद्योगहरूमध्ये एकका रुपमा विकसित र रोजगारी सिर्जना गर्ने प्रमुख आधार बनेको पर्यटन व्यवसाय आय आर्जनको महत्वपूर्ण कडी एवं साधन हो ।

वर्तमान बदलिँदो विश्वपरिवेशमा पर्यटन व्यवसायले राष्ट्रिय आम्दानीको ठूलो हिस्सा ओगटेको सघाएको छ । अन्तर्राष्ट्रिय पर्यटनका लागि निस्केका २७० मिलियन पर्यटकहरूबाट ७५ हजार मिलियन डलर समष्टीगत रुपमा वर्तमान समयमा आम्दानी भएको तथ्याङ्क भेटिएको छ ।द्दपर्यटन यात्रा, भ्रमण मात्र नभएर देशको आर्थिक मेरुदण्डलाई मजबुत गराउने तथा जाति, जनजाति र आदिवासीहरूका बिचमा सम्बन्ध कायम गराएर विश्वका मानवजातिबिच परस्परमा सद्भाव सिर्जना गर्ने महत्वपूर्ण विषय पनि हो । विश्व पर्यटकीय महत्वका विषयवस्तुहरूले विश्वमा पौराणिक, धार्मिक, पुरातात्वक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको अन्वेषण कार्य अगाडि बढेको छ । पुराना सामग्रीहरूलाई संरक्षण गर्न सकियो भने भावी पीँढीका लागि त्यही वस्तु पर्यटकीय सामग्री बन्न सक्दछ । सिद्धान्ततः व्यापार, मनोरञ्जन वा रमाइलोका लागि विभिन्न विधि अपनाएर गरिने यात्रालाई ‘पर्यटन’ भनिन्छ । विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटक भत्राले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अन्य उद्देश्यका लागि यात्रा गरी बस्ने “मान्छेलाई जनाउँछ । विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ । मानव निर्मित धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय सामग्रीहरूले मानव समाजको धार्मिक सहिष्णुता र पर्यटकीय गन्तव्य स्थलहरूको प्रचार–प्रसारमा निकै ठूलो महत्व राख्दछ ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64111 पनौती एक धार्मिक पर्यटकीय गन्तव्य 2024-03-25T03:28:47+00:00 विश्व Bishwa उलक Ulak Biswo.Ulakkss@gmail.com
वि.सं.२०४६ को राजनीतिक परिवर्तन पश्चात वि.सं.२०५३ सालमा नगरपालिकामा पुनर्गठित पनौती गाउँ विकास समितिमा खोपासी, सुन्थान आदिलाई जोडेर बनाइएकोमा अर्को वि.सं.२०६३ को राजनीतिक परिवर्तन पछाडि  वि.सं.२०७३ सालमा पुःन संरचित नगरपालिकामा कुशादेवी, याले, बिहावर, कलाती, भूमिडाँडा, बल्थली आदि जोडियो । १२ वडामा विभाजित यो नगरपालिकाको भू–धरातल लडकेश्वर गल्ली करिव १६०० मिटरदेखि फुलचोकीको टुप्पा करिव २८०० मिटरसम्म रहेको छ । नेपालको राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दुरिले जोडिएको पःलाती दे (पनौती सहर) बागमती प्रदेशको पनौती नगरपालिका भित्र पर्दछ । रोसी उपत्यका भित्र रहेका तीन नगरपालिकाहरूमध्ये क्षेत्रफलको आधारमा यो सबैभन्दा ठूलो नगरपालिका हो ।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64114 नेपालको समृद्धिमा सांस्कृतिक र पर्यावरणीय पर्यटन 2024-03-25T04:06:30+00:00 मुरारीकृष्ण Murarikrishna गौतम Gautam prof.mgautam@gmail.com
वर्तमान परिपेक्षमा सर्वाधिक चर्चाको शिखरमा पुगेको विषय–वस्तुको रुपमा पर्यटन उद्योगलाई लिने गरिन्छ । करीव एक शताब्दीको अन्तराल मै पर्यटन उद्योगले विश्वको दोस्रो ठूलो उद्योगको रुपमा स्थापित हुने अवसर प्राप्त गरिसकेको छ । यो उद्योग एक यस्तो उद्योग हो, जो कुनै पनि भौगोलिक सीमाभित्र नबाँधिएर विश्वकै हरेक क्षेत्रमा फैलिन पुगेको छ । वर्तमान समयमा विश्वका प्रत्येक राष्ट्रहरूले पर्यटनको विकासको निम्ति अनेकौं नियम, विधान र व्यवस्थापनका अतिरिक्त विभिन्न नौला–नौला विधाहरूमा समेत योजनावद्ध तवरले कार्यक्रमहरू अगाडि ल्याएका छन्। ए. के. भाटियाको विचारमा पर्यटन शब्दलाई परिभाषित गर्दा पर्यटनले के–कस्तो र कति क्षेत्र ओगटेको छ, यसको व्यापकताको सीमाना कति छ ? त्यसलाई समेत ध्यानमा राखी एवं तथ्यांकहरूको विश्लेषण र पर्यटनसम्बन्धी विधान र प्रशासनिक पक्षलाई समेत गाभेर हेनु पर्ने हुन्छ । पर्यटनलाई परिभाषित गर्ने क्रममा सर्वप्रथम अष्ट्रियाका अर्थशास्त्री हर्मन वोन स्चुलार्ड नामक विद्वान देखा पर्दछन् । उनले सन् १९१० मा पर्यटनलाई यसरी परिभाषित गरेका थिए–
पर्यटन शब्दले देशभित्र वा देशबाहिर कुनै पनि मुलुक, शहर वा अन्य क्षेत्रमा गरिने प्रवेश, बसाइ, डुलाई जस्ता गतिविधिहरूको समष्टिगत रुपलाई बुझाउँछ, साथै यस्ता गतिविधिहरू खासगरी आर्थिक चरित्रका हुने गर्दछन्।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64120 पनौती विकासका सम्भावना 2024-03-25T04:19:03+00:00 रवीन्द्र Rabindra रिजाल Rijal rabindrarijal6843@gmail.com
भूत पाठशाला हो, वर्तमान गोरेटो हो, भविष्य गन्तव्य हो । पनौती पाठशाला, गोरेटो र गन्तव्य तीनओटै हो  अर्थात ज्ञानराशीहरूको पुञ्ज हो, दिग्दर्शन हो । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा धार्मिक, प्राकृतिक सम्पदा र  बनावटले धनी अश्मपुर पनौती क्षेत्र नेपालको महत्वपूर्ण पर्यटकीय स्थाल पनि हो । पैतिस हजार वर्ष अगाडिदेखि नै मानवजातीले प्रत्यक्ष थाकथलो बनाइसकेको पनौती क्षेत्रलाई मुख्यतः शिक्षा र पर्यटनको माध्यमद्वारा आमूल परिवर्तन गर्न सकिन्छ । “आमूल परविर्तनको शुत्र ज्ञान नै हो मुल मन्त्र” भन्ने बिचारलाई आत्मसात गरेर विकासको महासागर भेट्न सकिन्छ । १२ वडामा विभक्त पनौती बागमति प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको विकासको प्रसस्त सम्भाबना बोकेको नगरपालिका हो ।

नागवंश, किरावंशको अप्रत्यक्ष डोव यस क्षेत्रमा भेटिन्छ भने लिच्छविहरूको प्रत्यक्ष शासन सञ्चालनका प्रमाणहरू प्रशस्त पाइन्छन् । मल्लहरूको ढुकुराज्य हुँदै वि.सं.१८२० साल कार्तिक १० गते पृथ्वीनारायण शाहको विजयबाट पनौती क्षेत्र शाहहरूको अधिनस्थ हुन पुग्यो । महासत्वको पिता महारथ, भृकुटी, महामन्त्री जयसिंहरामवर्धन, श्रीपतिआराध्य शर्मा, जनक प्रसाद हुमागाईं, नरबहादुर भारती लगायतको अथक प्रयत्नबाट सिर्जित यस भूमिमा इन्द्रेश्वर, भालेश्वर, धनेश्वर तीनवटा ज्योर्तिलिङ्गहरू छन्। पाञ्चाल देशको रूपमा चिनिने यस स्थानमा नेपालकै एक मात्र द्रौपदाको मन्दिर छ । शचीतिर्थ, त्रिवेणीघाट, गोरखनाथ, लड्केश्वर, फड्केश्वर, कूर्पासी, खोपासी रेशमखेती, कुशादेवी, ब्रम्हायणी, काठँकुमारी गणेश, भद्रकाली, लायकु, भिमसेन, संकटा, सानो फुल्चोकी, कपालकोट, रानीकोट, सल्मिटार, सुन्थान, ईँटे, मल्पी, चौकोट, कँलाती भूमीडाँडा, पवित्र नदी रोषी, लिलावती, पुण्यवती, शैलेन्द्री, लड्कु, रसियन सहयोगमा निर्मित नेपालको तेस्रो पनौती जलविद्युत्केन्द्र, शारदादेवी स्थान, काले साहुको पाटी, देउती बजै, भगवान डाँडा (जेलाधेँ), च्यालाचिटी, ज्ञान विकास सामुदायिक पुस्तकालय, शीत भण्डार केन्द्र, आई.टि.पार्क, आदिले सौन्दर्यतामा थप सौन्दर्यता थपेका छन् । रोषीमा पाइने असला माछाबाट परिचित यस भूमिमा रामायण, महाभारतकालिन प्रसंग र स्थानहरू छन्।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64126 पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न हाम्रो प्रयास 2024-03-25T05:26:29+00:00 रामशरण Ramsharan भण्डारी Bhandari ramsaranbhandari2070@gmial.com
पनौती काभ्रे जिल्लाको एउटा प्रमुख शहर हो । यो काठमाडौंबाट ३२ किलोमिटर पूर्वमा पर्दछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विविधता भएको शहर हो पनौती । ११८ वर्ग किलोमिटर क्षेत्रफल रहेको पनौती नगरपालिकामा १२ वटा वडाहरू रहेका छन् । एउटै ढुंगामाथिको शहर भनेर चिनिने नगर पनौतीमा वि.सं.२०७२ सालको भूकम्पले पनि खासै असर गरेको थिएन । पनौती नगरभित्र ब्राह्मण, क्षेत्री, तामाङ, नेवार लगायतका जातिहरूको बसोबास रहेको छ भने पेसामा पनि विविधता नै पाइन्छ । पनौती बजारकै नामले यस पालिकाको नामाकरण भएको छ । यस नगरको मुटुको रुपमा पनौती बजार पर्दछ । जनगणना वि.सं.२०७८ का अनुसार १२८०६ घरधुरी र ५१५०४ जनसंख्या रहेको छ । पनौतीमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूरहेका छन्।
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023 https://nepjol.info/index.php/hisan/article/view/64128 पनौती घोषणापत्र 2024-03-25T05:55:30+00:00 नृसिंहकुमार Nrisinghkumar खत्री Khatri hisan_2012@yahoo.com
Not Available
2023-12-31T00:00:00+00:00 Copyright (c) 2023