विदेह क्षेत्रको उत्खनन् सन्दर्भ भेनिस चार्टर
DOI:
https://doi.org/10.3126/hisan.v11i1.92778Keywords:
प्रागइतिहास, ताम्रप्रस्तर, इशापूर्व, पुरातात्विक उत्खनन्Abstract
नेपालमा पुरातत्वको इतिहास सन् १८९६ मा खड््ग समशेर र ए Þफुहररले लुम्विनीमा अशोक स्तम्भ फेला पारेपछि शुरुवात भएको थियो । सन् १८९९ मा पी Þसी Þमुखर्जीले लुम्विनीमा उत्खनन गरी बुद्ध जन्मेको मूर्ति, बुद्ध जन्मेको स्थान तथा विभिन्न संरचनाको भग्नावशेष भएको पत्ता लगाए । पुरातत्वविद् तारानन्द मिश्र र बाबुकृष्ण रिजालले पनि लुम्विनीको उत्खननमा महत्त्वपूर्ण योगदान दिएका थिए । पुरातत्वविद् शुक्रसागर श्रेष्ठले सन् १९९९ देखि २००४ सम्म रामग्राम स्तुपाको उत्खनन गरेपछि पण्डितपुरको पहिलो उत्खनन गरी यसलाई कपिलवस्तुको तिलौराकोट समकालीन भनेका थिए । शुक्रसागर श्रेष्ठलाई पण्डितपुर पत्ता लगाउने श्रेय दिन सकिन्छ । पुरातात्विक क्षेत्रमा उत्खनन्को ज्यादै महत्त्वपूर्ण स्थान छ । हाँडिगाउँको उत्खननबाट काठमाडौं उपत्यका पहिलो शताब्दी इशा पूर्वको भन्ने थाहा भयो । मध्यकालको भनिएको काष्ठमण्डप सातौं शताब्दीको रहेछ भने काष्ठमण्डपको वस्ती बसेको इ.पू. पहिलो शताब्दी भन्ने तथ्य भूकम्पपछि यहाँ गरिएको उत्खनन्बाट पत्ता लाग्यो । त्यस्तै लुमिनी गाउँ इ.पू. १३ औं शताब्दीदेखि नै अस्तित्वमा भएको पाइन्छ । गोटीहवा र पिप्री उत्खनन्मा पनि ताम्र प्रस्तर संस्कृति नारहन संस्कृति प्रमाणित भएको छ । लुम्बिनीका शिलालेख इ.पू.तेस्रो शताब्दीको मात्र थियो तर उत्खनन्बाट लुमिनी गाउँ नेपालकै सर्वप्राचीन प्रमाणित गाउँ भन्ने थाहा हुन आएको छ । अहिलेको जनकपुरको प्राचीन नाम विदेह थियो । मिथिको शरीर मथेर राजा बनाइएकाले विदेह नाम भएको भनिन्छ । यो मिथिलाको नाममा पनि प्रसिद्ध छ । सिमरौनगढमा कर्णाटकवंशी न्यान्यदेवले सन् १०९७ मा राज्य स्थापना गरेका थिए ।