बी.पी.कोइरालाको संक्षिप्त जीवनी

Authors

  • विजयप्रसाद Bijaya Prasad मिश्र Mishra इतिहास केन्द्रीय विभाग, त्रि.वि, कीर्तिपुर

DOI:

https://doi.org/10.3126/hisan.v10i1.74932

Keywords:

बसुधैव कटुम्बकम, समाजवाद, साम्यवाद, राष्ट्रियता, समावेशन, मिजाज

Abstract

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बी.पी.कोइराला) को जन्म वि.सं.१९७१ साल भदौ २४ गते तद्नुसार १४ अगस्ट १९१४ मा भारतको बनारसमा भएको थियो । वि.सं.२०३९ साउन ६ गते उनको देहवसान भयो । सन् १९२७ मा कक्षा आठमा बनारसको हरिश्चन्द्र स्कूलमा बी.पी.भर्ना भएका थिए । महात्मा गान्धीले सन् १९२०–२१ मा शुरु गरेको असहयोग आन्दोलनमा बच्चाकै बेला स्कूल पढ्दा बीपीले मैले आजदेखि सरकारी स्कूल छाँडे भनेकै कारण बीपीलाई मञ्चमा लगेर गान्धीले फूलमाला लगाई दिएका थिए । त्यहाँबाट बीपीको राजनीतिक यात्रा शुरु भएको हो । नोभेम्बर १९४६ मा बीपी कोइरालाले देशका तरुणहरुलाई पार्टी खोल्नु पर्दछ भनेर एउटा बक्तव्य जारी गरेका थिए । भारतीय स्वतन्त्रताको प्रभावमा भारतमा वीपी कोइरालाको प्रयासमा नेपाली राष्ट्रिय काङ्ग्रेसको गठन भयो । कलकत्ताको सम्मेलनबाट नेपाली राष्ट्रिय काँग्रेस (बनारसवालाहरुको कमिटि) र नेपाली प्रजातान्त्रिक काँग्रेस कलकत्तावालाहरुको कमिटी मिलेर नेपाली काँग्रेस बन्यो । नेपाली काँग्रसलाई वि.सं.२०१२ सालमा बीरगञ्जमा भएको महाधिवेशनबाट समाजवादी पार्टीको रुपमा स्थापित गर्न बीपी सफल भएका थिए । वि.सं.२०१५ सालको निर्वाचनबाट नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका बीपीलाई राजा महेन्द्रको आदेशमा सेनाले  वि.सं.२०१७ साल पुस १ गिरफ्तार गरी जेलमा राखेको थियो । पछि जेलबाट छुटेर भएर निर्वासित जीवन विताउन बाध्य भएका बीपी वि.सं.२०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । वि.सं.२०३९ साउन ६ गते उहाँको निधन भएको थियो । नेपालमा प्रजातन्त्र ल्याउनका लागि बी.पी.ले गरेको योगदान अविस्मरणीय छ  । प्रस्तुत अध्ययन बी.पी. कोरालाको जीवनीमा आधारित रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
18
PDF
9

Author Biography

विजयप्रसाद Bijaya Prasad मिश्र Mishra, इतिहास केन्द्रीय विभाग, त्रि.वि, कीर्तिपुर

सहप्राध्यापक

Downloads

Published

2024-12-31

How to Cite

मिश्र Mishra व. . B. P. (2024). बी.पी.कोइरालाको संक्षिप्त जीवनी . HISAN: Journal of History Association of Nepal, 10(1), 222–230. https://doi.org/10.3126/hisan.v10i1.74932

Issue

Section

Articles